Bidya Devi Bhandari (@BidyaDevi2018) profile picture

First Woman President of Nepal ; Former Minister for Defense ; Minister for Population & Environment ; Former VP of CPN (UML) ;Founder,Madan Bhandari Foundation

Nepal
Joined April 2023
Photo by Bidya Devi Bhandari (@BidyaDevi2018)Photo by Bidya Devi Bhandari (@BidyaDevi2018)Photo by Bidya Devi Bhandari (@BidyaDevi2018)Photo by Bidya Devi Bhandari (@BidyaDevi2018)Photo by Bidya Devi Bhandari (@BidyaDevi2018)Photo by Bidya Devi Bhandari (@BidyaDevi2018)Photo by Bidya Devi Bhandari (@BidyaDevi2018)Photo by Bidya Devi Bhandari (@BidyaDevi2018)Photo by Bidya Devi Bhandari (@BidyaDevi2018)Photo by Bidya Devi Bhandari (@BidyaDevi2018)
नेपालको मौलिक राष्ट्रिय संवत् नेपाल संवत् ११४७ प्रारम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । राष्ट्रिय विभूति शंखधर साख्वाले जनतालाई ऋणमुक्त गराई सुरु गर्नुभएको नेपाल संवत् हाम्रो मौलिक इतिहास, संस्कृति र राष्ट्रिय पहिचानको महत्वपूर्ण धरोहर हो । उहाँको लोककल्याणकारी र परोपकारी भावनाले हामी सबैलाई समाज र जनताको हितमा निःस्वार्थ भावले काम गर्न प्रेरणा दिइरहनेछ । नेपाल संवत्‌को नयाँ वर्षले हामीबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अझ प्रगाढ बनाउँदै सुख, शान्ति र समृद्धिको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस् भनी कामना गर्दछु ।
2
85
नेपालीहरूको महान् पर्व तिहारको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । तिहार प्रकृति, प्राणी जगत् र मानव जीवनबीचको अन्योन्याश्रित सम्बन्ध झल्काउने हाम्रो मौलिक सांस्कृतिक पर्व हो । काग, कुकुर, गाई र गोरुको पूजा, लक्ष्मी आराधना, गोवर्द्धन पूजा तथा दिदीबहिनी र दाजुभाइबीचको स्नेह र आत्मीयताले यस पर्वलाई विशेष बनाएका छन् । देउसी–भैलो, नाचगान र दीपावलीको उज्यालोले घरपरिवार र समाजमा खुसी र उमङ्ग थप्दछन् । हाम्रा यी सुन्दर सांस्कृतिक परम्पराको संरक्षण गर्दै देउसी–भैलोबाट सङ्कलित रकम सामाजिक हितमा उपयोग गर्ने असल अभ्यासलाई निरन्तरता दिनुपर्छ। साथै, अनावश्यक तडकभडक, फजुल खर्च र जुवा–तासजस्ता विकृतिबाट टाढा रही मितव्ययी र मर्यादित रूपमा पर्व मनाऔँ । तिहारले हामी सबैबीच आपसी प्रेम, सद्भाव, सहिष्णुता र एकताको भावनालाई अझ प्रगाढ बनाओस् । धन र ऐश्वर्यकी देवी लक्ष्मीले मुलुक र सम्पूर्ण जनताको सुख, शान्ति र समृद्धिका लागि आशीर्वाद प्रदान गरून् ।
1
2
285
नेपालीहरूको महान् चाड बडा दसैँ २०८३ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । हाम्रा चाडपर्वहरू नेपाली समाजका मौलिक सांस्कृतिक पहिचान, सामाजिक सद्‌भाव, पारिवारिक प्रेम र आत्मीयताका प्रतीक हुन् । बडा दसैँले सत्य, न्याय र सदाचारको मार्गमा अघि बढ्न प्रेरणा दिनुका साथै सबै नेपालीहरूमा आपसी प्रेम, सद्भाव र सहकार्यलाई थप सुदृढ बनाउने विश्वास लिएको छु । हाम्रा मौलिक परम्परा र सांस्कृतिक मूल्यहरूको संरक्षण गर्दै समाजका सबै पुस्ताबीच आपसी माया, सम्मान र समझदारी अभिवृद्धि गर्नु आवश्यक छ । दसैँमा अग्रजहरूबाट टीका र आशीर्वाद ग्रहण गर्ने परम्पराले ठूलाप्रति आदर र सानाप्रति स्नेहको भावना अभिवृद्धि गर्दै नयाँ र पुराना पुस्ताबीचको आत्मीय सम्बन्ध र पारिवारिक एकतालाई सुदृढ बनाउँछ । यस्ता मूल्य र मान्यतालाई जीवन्त राख्दै पारस्परिक सम्मान र सामाजिक उत्तरदायित्वमा आधारित समुन्नत, न्यायपूर्ण र समृद्ध समाज निर्माण गर्न यस पर्वले प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।
1
3
92
जितीया पर्व, २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका जितीया पर्व मनाउनुहुने सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछु । सन्तानको सुख, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै मधेशी तथा थारु समुदायका महिलाहरूले श्रद्धा र आस्थाका साथ मनाउँदै आएको जितीया पर्व हाम्रो विविधतापूर्ण सांस्कृतिक परम्पराको महत्वपूर्ण हिस्सा हो । यस्ता पर्वहरूले परिवार र समुदायमा आपसी प्रेम, सद्भाव र सहयोगको भावना बढाउनुका साथै विभिन्न जातजाति, भाषा, संस्कृति र भूगोलमा रहेका नेपालीहरूबीचको आपसी सम्बन्ध र राष्ट्रिय एकतालाई अझ बलियो बनाउन सहयोग पुर्‍याउँछन् । हाम्रा मौलिक परम्परा र संस्कृतिको संरक्षण र निरन्तरतासँगै परम्पराका नाममा प्रचलित विभेदपूर्ण वा अव्यावहारिक पक्षहरूलाई पनि सुधार गर्दै जानु आवश्यक छ । जितीया पर्वले महिलाप्रति सम्मान र समानताको भावना अझ बलियो बनाउँदै विभेद, असमानता र हिंसामुक्त समाज निर्माणका लागि हामी सबैलाई प्रेरणा देओस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
2
5
129
नेपाली वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका अग्रज नेता एवं पूर्व सांसद श्री घनेन्द्र बस्नेतको निधनको दुःखद खबरले मलाई अत्यन्त मर्माहत बनाएको छ । निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्धको लोकतान्त्रिक संघर्षमा उहाँले आफ्नो जीवनको महत्वपूर्ण समय समर्पित गर्नुभयो । राजनीतिक स्वतन्त्रता, लोकतान्त्रिक अधिकार र सामाजिक परिवर्तनका लागि संघर्ष गर्ने क्रममा उहाँले १७ वर्ष लामो जेलजीवनसहित अनेकौँ दुःख, कष्ट र कठिनाइहरू भोग्नुभयो । कठोर परिस्थितिका बाबजुद पनि उहाँ आफ्नो राजनीतिक निष्ठा र आदर्शप्रति सदैव दृढ रहनुभयो । सरल जीवन, निष्ठा, त्याग र निरन्तर राजनीतिक सक्रियताका माध्यमबाट उहाँले नेपाली वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनमा पुर्‍याउनुभएको योगदान सधैँ स्मरणीय रहनेछ । दिवंगत नेता घनेन्द्र बस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, शोकसन्तप्त परिवार, आफन्त, सहकर्मी तथा शुभेच्छुकहरूमा गहिरो समवेदना व्यक्त गर्दछु ।
2
180
संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु । लामो संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र, गणतन्त्र, संघीयता, सामाजिक न्याय, समावेशिता र समानताका मूल्यलाई आत्मसात् गरेको हाम्रो संविधानको मर्म र भावनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके मुलुकलाई स्थायित्व, विकास र समृद्धिको दिशामा अघि बढाउन सहज हुनेछ । यसका लागि राजनीतिक दलहरूले आफ्ना आन्तरिक लोकतान्त्रिक अभ्यास र एकतालाई सुदृढ गर्दै राष्ट्रिय हितका विषयमा आपसी संवाद, समन्वय र सहकार्यलाई प्राथमिकता दिन आवश्यक छ । यही सहकार्यबाट प्राप्त उपलब्धिको संरक्षण र लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउन सकिन्छ । साथै, नयाँ पुस्ताका चाहना र आकाङ्क्षालाई उचित प्राथमिकता दिँदै बालबालिका, युवा, प्रौढ तथा ज्येष्ठ नागरिक सबैका अधिकार, सम्मान र सुरक्षालाई समान महत्वका साथ सम्बोधन गर्न आवश्यक छ । संविधान दिवसले हामी सबैमा राष्ट्रिय एकता, आपसी सद्भाव र सहकार्यको भावना अझ बलियो बनाउँदै शान्त, समृद्ध र आत्मनिर्भर नेपाल निर्माणका लागि एकजुट भएर अघि बढ्ने प्रेरणा प्रदान गरोस् । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को हार्दिक शुभकामना !
2
7
164
तीज हाम्रो मौलिक सांस्कृतिक परम्परा र चेली–माइतीको आत्मीय सम्बन्धलाई जोड्ने महत्वपूर्ण पर्व हो । यसले परिवार, आफन्त र समाजमा प्रेम, सद्भाव र एकताको भावना अझ बलियो बनाउन योगदान पुर्‍याउँदै आएको छ । यस वर्ष मुलुक प्राकृतिक विपद्का कारण पीडामा रहेको अवस्थामा हामी तीज मनाउँदैछौँ । भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता प्रकट गर्दै यसपटकको तीजलाई संयमित र मितव्ययी रूपमा मनाऔँ । आफ्नो खुसीसँगै दुःखमा रहेका दाजुभाइ तथा दिदीबहिनीको पीडामा साथ दिने र सकेको सहयोग गर्ने संस्कारलाई पनि हाम्रो पर्वको अभिन्न हिस्सा बनाऔँ । तीजले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा र असमानताको अन्त्य गर्दै सम्मान, समानता र अवसरमा आधारित सभ्य तथा न्यायपूर्ण समाज निर्माणका लागि हामी सबैलाई प्रेरणा प्रदान गरोस् । सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हरितालिका तीज, २०८३ को हार्दिक शुभकामना !
1
1
105
आजभन्दा एक वर्षअघि २०८२ साल भदौ २३ र २४ गते हाम्रो देशले अत्यन्त पीडादायी र दुःखद घटना व्यहोर्नुपर्‍यो । ती घटनामा जीवन गुमाउनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइते तथा उपचाररत सबैमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । एक वर्षको अवधिमा देशको राजनीतिक परिस्थितिमा ठूलो परिवर्तन आएको छ । त्यस घटनाबाट उत्पन्न राजनीतिक असन्तुष्टि र नयाँ पुस्ताको आकाङ्क्षाले नेपाली राजनीतिमा नयाँ परिस्थिति सिर्जना गरेको छ । आज निर्वाचनमार्फत जनताले आफ्नो अभिमतसमेत व्यक्त गरिसकेका छन् । यस परिवर्तनलाई लोकतन्त्रको स्वाभाविक प्रक्रियाबाट संस्थागत गर्दै सुशासन, पारदर्शिता, जवाफदेहिता र समृद्धिको दिशामा अघि बढ्नु अब सबैको साझा जिम्मेवारी हो । तर, एक वर्ष बितिसक्दा पनि भदौ २३ र २४ का घटनाका कतिपय गम्भीर प्रश्नहरू अनुत्तरित नै छन् । ती दुई दिनका घटनालाई एउटै प्रकृतिका घटनाका रूपमा मात्र हेर्नु उचित हुँदैन । भदौ २३ गते भएको मानवीय क्षति र त्यसपछिको भदौ २४ गते देखिएको व्यापक हिंसा, आगजनी, तोडफोड तथा सार्वजनिक र निजी सम्पत्तिको विनाशका प्रकृति र परिस्थिति फरक देखिन्छन् । आन्दोलनमा उठाइएका जायज माग र त्यसको मूल भावनाभन्दा भिन्न प्रकृतिका गतिविधि देखिनुका साथै बाह्य घुसपैठ वा अवाञ्छित तत्वहरूको संलग्नताको प्रश्नसमेत गम्भीर रूपमा उठेको छ । यसको सत्यतथ्य निष्पक्ष अनुसन्धानबाट स्पष्ट हुनुपर्छ । यसबीच राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो अनुसन्धान प्रतिवेदन सार्वजनिक गरी सरकारलाई विभिन्न सिफारिस गरेको छ । सरकारद्वारा गठित छानबिन आयोगको प्रतिवेदन भने औपचारिक रूपमा सार्वजनिक नभए पनि त्यसका केही विवरण सञ्चारमाध्यममार्फत बाहिर आएका छन् । तर भदौ २३ र २४ का घटनाको समग्र प्रकृति, त्यसक्रममा भएका हिंसा, विध्वंस र त्यसमा संलग्न पक्षहरूको भूमिकासम्बन्धी सबै प्रश्न अझै पूर्ण रूपमा निरूपण भएको अनुभूति हुन सकेको छैन । त्यसैले कुनै पूर्वाग्रह वा राजनीतिक आग्रह नराखी दुवै दिनका घटनाको सत्य, तथ्य र जिम्मेवारी निष्पक्ष, स्वतन्त्र र विश्वसनीय ढङ्गले स्थापित गरिनुपर्छ । न्याय कसैलाई राजनीतिक प्रतिशोधका आधारमा दोषी ठहर गर्नु होइन । प्रमाण र कानुनका आधारमा दोषीलाई जवाफदेही बनाउनु र निर्दोषमाथि अन्याय हुन नदिनु नै न्यायको मूल मर्म हो । राज्यका निकाय हुन् वा आन्दोलनमा सहभागी नागरिक, कानुन सबैका लागि समान हुनुपर्छ । गत वर्ष मैले नयाँ पुस्ताले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र जवाफदेहिताका मागलाई सकारात्मक रूपमा लिँदै लोकतान्त्रिक विधिबाट समाधान खोज्न आग्रह गरेको थिएँ । आज पनि मेरो विश्वास त्यही छ । नागरिकका आवाज र असहमतिलाई सम्मान गर्दै लोकतन्त्रलाई अझ सुदृढ बनाउनु आवश्यक छ । तर लोकतन्त्रमा अधिकारसँगै जिम्मेवारी पनि जोडिएको हुन्छ । नागरिकको जीवनभन्दा ठूलो कुनै राजनीतिक माग हुन सक्दैन र राष्ट्रको सार्वजनिक सम्पत्तिभन्दा ठूलो कुनै आन्दोलन हुन सक्दैन । अब भदौ २३ र २४ का पीडालाई राजनीतिक विभाजन र प्रतिशोधको आधार होइन, राष्ट्रिय आत्मसमीक्षा र सुधारको अवसर बनाऔँ । सत्य र न्यायको पक्षमा उभिँदै नयाँ पुस्ताको ऊर्जा, ज्ञान र सिर्जनशीलतालाई समृद्ध नेपाल निर्माणको अभियानमा जोडौँ । सशक्त प्रश्नलाई संवादमा बदलौँ, असहमतिलाई लोकतान्त्रिक विधिबाट सम्बोधन गरौँ र विभाजनलाई राष्ट्रिय एकताले जितौँ । यही नै ती दुःखद घटनाका पीडितहरूप्रतिको सच्चा सम्मान र भावी पुस्ताप्रतिको हाम्रो जिम्मेवारी हुनेछ ।
1
3
761
दुःखद र अकल्पनीय बाढीको खबरले मर्माहत बनाएको छ । भोटेकोसी नदीमा रसुवातर्फ तिब्बतबाट ठूलो बाढी प्रवेश गरेको जानकारी प्राप्त भएको छ । यस परिस्थितिलाई ध्यानमा राख्दै अर्को सूचना नआएसम्म त्रिशूली नदीको तटीय क्षेत्र, विशेषगरी मुग्लिनसम्म, उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछु । सम्भावित जोखिमबाट जोगिन नदी तथा खोलाको किनार, तल्लो तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा नजान तथा आवश्यक सावधानी अपनाउन सबैमा आग्रह गर्दछु । उद्धार तथा राहतका लागि नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह, सम्बन्धित निकाय तथा सम्पूर्ण आम नागरिकलाई सुरक्षित रहँदै आवश्यक सहयोग र समन्वयका लागि हार्दिक आह्वान गर्दछु । सबैको सुरक्षा र जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखौँ । सतर्क रहौँ, सुरक्षित रहौँ ।
1
114
महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्ध सार्वजनिक अपील महिला तथा बालबालिकामाथि भइरहेको बलात्कार, हत्या तथा अन्य प्रकारका हिंसाका घटनासम्बन्धी समाचारहरू सञ्चारमाध्यममा आइरहेको देख्दा म अत्यन्त दुःखी र चिन्तित छु । हालै बारा जिल्लामा तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको बलात्कारपछि हत्याको घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ । यस घटनालगायत देशका विभिन्न भागमा महिला तथा बालबालिकामाथि भइरहेका हिंसाका घटनाको निष्पक्ष, शीघ्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न म सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछु । महिला तथा बालबालिकाको सुरक्षा र सम्मान कुनै राजनीतिक दल वा विचारधारासँग मात्र सम्बन्धित विषय होइन, यो मानवीय मर्यादा, सामाजिक न्याय र राज्यको आधारभूत दायित्वसँग जोडिएको राष्ट्रिय प्रश्न हो । त्यसैले यस्ता जघन्य अपराधका घटनामा राज्यका सम्बन्धित निकाय, राजनीतिक दल, महिला तथा बाल अधिकारसँग सम्बन्धित संघ–संस्था, नागरिक समाज, सञ्चारमाध्यम र आम नागरिक एकजुट हुन आवश्यक छ । घटना भएपछि दोषीलाई सजाय दिनु मात्र पर्याप्त हुँदैन । यस्ता अपराध हुनै नदिने गरी बाल सुरक्षा प्रणाली सुदृढ गर्ने, प्रभावकारी अनुसन्धान तथा न्यायिक प्रक्रिया सुनिश्चित गर्ने, पीडित तथा परिवारलाई आवश्यक संरक्षण र न्याय प्रदान गर्ने र अपराधीलाई कुनै पनि प्रकारको राजनीतिक वा सामाजिक संरक्षण हुन नदिने दृढ राष्ट्रिय प्रतिबद्धता आवश्यक छ । म सबै राजनीतिक दल, तिनका भातृ तथा भगिनी संगठन, महिला तथा बाल अधिकारकर्मी, नागरिक समाज, सञ्चारमाध्यम र सचेत नागरिकहरूलाई दल र विचारभन्दा माथि उठेर महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्ध साझा नागरिक पहलमा एकताबद्ध हुन आह्वान गर्दछु । यस्तो साझा पहल र अभियानमा मेरो साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता पनि व्यक्त गर्दछु । हाम्रा छोरीहरू र बालबालिकाको सुरक्षा, सम्मान र मर्यादाका लागि अब मौन बस्ने होइन, एकजुट भएर आवाज उठाउने र आवश्यक पहल गर्ने बेला आएको छ । कुनै पनि बालिका वा महिलाले फेरि यस्तो अमानवीय पीडा भोग्न नपरोस्, यसका लागि राज्य र समाज दुवैले गम्भीर आत्मसमीक्षा गर्दै प्रभावकारी कदम चाल्नुपर्छ । महिला र बालबालिकाको सुरक्षा तथा सम्मानका लागि हामी सबै एकजुट होऔँ ।
1
1
6
305
नेपाली तथा नेपाल भाषाका लोकप्रिय कवि तथा गीतकार दुर्गालाल श्रेष्ठको निधनको खबरले मलाई अत्यन्त दुःखी बनाएको छ । उहाँले नेपाली तथा नेपाल भाषामा दर्जनौँ कृतिको सिर्जना गर्नुका साथै आफ्ना सुमधुर गीत, कविता र साहित्यिक सिर्जनामार्फत नेपाली तथा नेपाल भाषाको साहित्य, कला र संस्कृतिको श्रीवृद्धिमा पुर्‍याउनुभएको विशिष्ट योगदान सदा स्मरणीय रहनेछ । शोकको यस दुःखद घडीमा दिवंगत दुर्गालाल श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछु । साथै, शोकसन्तप्त परिवार, आफन्त, शुभेच्छुक तथा सम्पूर्ण साहित्यिक क्षेत्रप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।
1
3
129
हालैका दिनहरूमा रोल्पा, बाजुरा, जाजरकोट, कास्की, पर्वतलगायत देशका विभिन्न जिल्लामा अविरल वर्षासँगै आएको बाढी, पहिरो तथा डुबानका कारण ठूलो जनधनको क्षति भएको दुःखद् समाचारले अत्यन्त मर्माहत बनाएको छ । यस विपदमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । विपदबाट प्रभावितहरूको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यलाई प्रभावकारी र समन्वयात्मक रूपमा अघि बढाउँदै आवश्यक सहयोग तत्काल उपलब्ध गराउन सम्बद्ध सबै निकायको गम्भीर ध्यानाकर्षण गराउँदछु । जोखिममा रहेका बस्ती तथा परिवारहरूको पहिचान गरी आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्न र विपद्पछिको पुनर्निर्माण तथा पुनर्स्थापनालाई प्राथमिकताका साथ अघि बढाउनसमेत आग्रह गर्दछु । मनसुनको अवधि अझै कायम रहेकाले बाढी, पहिरो, डुबान तथा नदी कटानको जोखिम कायमै छ । पछिल्ला केही वर्षयता मनसुनको उत्तरार्धमा, भदौ र असोजसम्मै, छोटो समयमा अत्यधिक वर्षा हुने र त्यसबाट विगतका अनुभवभन्दा फरक तथा अकल्पनीय क्षति हुने क्रम बढ्दै गएको छ । यस्ता अतिवृष्टि र चरम मौसमी घटनाको बढ्दो प्रवृत्तिमा जलवायु परिवर्तनको प्रभावसमेत महत्वपूर्ण कारणका रूपमा रहेको वैज्ञानिक अध्ययनहरूले देखाएका छन् । त्यसैले विगतको अनुभवका आधारमा मात्र विपद् व्यवस्थापन गर्ने होइन, बदलिँदो जलवायु र मौसमजन्य जोखिमलाई समेत ध्यानमा राखी पूर्वतयारी र जोखिम न्यूनीकरणका उपायलाई अझ प्रभावकारी बनाउन आवश्यक छ ।यस अवस्थामा सबै नागरिकलाई स्थानीय तह तथा सम्बन्धित निकायबाट जारी हुने मौसम तथा विपद्सम्बन्धी सूचना र पूर्वसूचनाप्रति चनाखो रहन, जोखिमयुक्त स्थानमा अनावश्यक आवतजावत नगर्न, नदी तथा खोलानालाको किनारबाट टाढा रहन र सम्भावित जोखिमबाट आफू, आफ्नो परिवार तथा समुदायलाई सुरक्षित राख्न आवश्यक पूर्वतयारी गर्न हार्दिक आह्वान गर्दछु । प्राकृतिक विपद् पूर्णतः रोक्न नसकिए पनि समयमै गरिएको पूर्वतयारी, सही सूचना, सतर्कता र प्रभावकारी उद्धार तथा राहत व्यवस्थापनबाट यसको मानवीय क्षति धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ । यसका लागि सरकार, स्थानीय तह, सुरक्षा निकाय, नागरिक समाज र आम नागरिक सबैको सहकार्य आवश्यक छ ।
3
4
98
पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) सहित पुरबहादुर गुरुङ (युक्ता), निमा शेर्पा, किलीपेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्डु शेर्पा गरी ६ जना नेपाली तथा ४ जना विदेशी आरोहीको दुःखद् निधन भएको समाचारले अत्यन्त मर्माहत बनाएको छ । स्वर्गीय निर्मल पुर्जाले आफ्नो अदम्य साहस, असाधारण क्षमता र ऐतिहासिक कीर्तिमानमार्फत नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वमञ्चमा विशिष्ट पहिचान दिलाउनुका साथै सम्पूर्ण नेपालीलाई गौरवान्वित बनाउनुभएको छ । उहाँसहित दिवंगत सबै आरोहीहरूले पर्वतारोहणको क्षेत्रमा पुर्‍याउनुभएको योगदान सदैव स्मरणीय रहनेछ । यस दुःखद् घटनामा ज्यान गुमाउनु भएका सबै दिवंगत आरोहीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूका शोकाकुल परिवार, आफन्त तथा शुभेच्छुकहरूमा गहिरो समवेदना व्यक्त गर्दछु ।
2
3
113
प्रेस विज्ञप्ति
2
7
170
राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई जनजीवनसँग जोड्दै सरल, सहज र सर्वसुलभ बनाउनुका साथै नेपाली भाषिक एकता र राष्ट्रिय सांस्कृतिक चेतनालाई सुदृढ बनाउन अतुलनीय योगदान दिनुभएको छ । उहाँद्वारा नेपाली भाषामा अनूदित रामायण आज पनि नेपाली समाजको सांस्कृतिक र नैतिक जीवनको महत्वपूर्ण आधार बनेको छ । नेपालको बहुभाषिक र बहुसांस्कृतिक विविधताबीच नेपाली भाषाले सम्पर्क भाषाका रूपमा राष्ट्रिय एकतालाई सुदृढ गर्दै आएको छ । आदिकवि भानुभक्तको भाषिक तथा साहित्यिक योगदानबाट प्रेरणा लिँदै नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, संवर्द्धन र भावी पुस्तामा हस्तान्तरण गर्न हामी सबै प्रतिबद्ध बनौँ । यस पावन अवसरमा आदिकवि भानुभक्त आचार्यप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र राष्ट्रिय एकताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
3
8
689
विश्व वातावरण दिवस, २०२६ को हार्दिक शुभकामना ! हाम्रो देश नेपाल प्रकृतिको अनुपम उपहारले सम्पन्न देश हो । हिमाल, पहाड, तराई, नदी, वनजङ्गल र जैविक विविधताले हाम्रो राष्ट्रिय पहिचान निर्माणमा महत्वपूर्ण योगदान गरेका छन् । हाम्रो सभ्यता, संस्कृति, जीवनशैली र अर्थतन्त्र पनि प्रकृतिसँग गहिरो रूपमा जोडिएका छन् । त्यसैले वातावरणको संरक्षण केवल प्राकृतिक सम्पदाको रक्षा मात्र होइन, हाम्रो अस्तित्व, समृद्धि र भावी पुस्ताको भविष्य सुरक्षित गर्ने अभियान पनि हो । आज विश्वले जलवायु परिवर्तनको गम्भीर चुनौतीहरू सामना गरिरहेको छ । यसको असर नेपालमा झन् तीव्र रूपमा देखापर्न थालेको छ । विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून भएता पनि जलवायु परिवर्तनको मूल्य हामीले असमान रूपमा चुकाइरहेका छौँ । जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा तीव्र रूपमा भइरहेको तापमान वृद्धिले हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन्, हिमताल विस्फोटको जोखिम बढिरहेको छ, बाढी, पहिरो, डुबान, खडेरी र अनियमित वर्षाजस्ता विपद्का घटनाहरू बढ्दै गएका छन् । यसको प्रत्यक्ष प्रभाव किसान, श्रमिक, महिला, बालबालिका तथा दुर्गम क्षेत्रका समुदायको जीवनमा परिरहेको छ । हाम्रा पुर्खाले प्रकृतिलाई केवल उपयोगको वस्तु होइन, जीवनको आधार र सम्मानको विषयका रूपमा हेर्ने संस्कार विकास गरेका थिए । आज त्यही चेतना र जिम्मेवारीलाई आधुनिक विज्ञान तथा प्रविधिसँग जोडेर वातावरण संरक्षणको अभियानलाई थप सशक्त बनाउन आवश्यक छ । विश्व वातावरण दिवसको यस अवसरमा, वातावरणमैत्री दिगो विकास, प्राकृतिक स्रोत–साधनको विवेकपूर्ण उपयोग तथा जैविक विविधता र पारिस्थितिकीय प्रणालीको संरक्षणमार्फत दिगो भविष्य निर्माण गर्न हामी सबै सचेत र जिम्मेवार बन्न आवश्यक छ । प्रकृतिप्रतिको हाम्रो उत्तरदायित्व नै भावी पुस्ताप्रतिको हाम्रो दायित्व हो ।
2
3
78
आठौँ राष्ट्रिय महिला अधिकार दिवसको हार्दिक शुभकामना ! पुनर्स्थापित प्रतिनिधिसभाद्वारा वि.सं. २०६३ साल जेठ १६ गते पारित महिला अधिकारसम्बन्धी ‘विशेष संकल्प प्रस्ताव’ नेपाली महिला आन्दोलनको इतिहासमा अभूतपूर्व उपलब्धिका रूपमा रहेको छ । उक्त प्रस्तावकै आधारमा नेपालको अन्तरिम संविधान, २०६३ तथा नेपालको संविधान २०७२ मा महिला अधिकारलाई मौलिक हकका रूपमा समावेश गरिनुका साथै राज्यका विभिन्न निकायमा कम्तीमा एकतिहाइ महिला प्रतिनिधित्व सुनिश्चित गरिएको छ । यसका साथै सम्पत्तिको अधिकार, सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य लगायतका महत्त्वपूर्ण अधिकारहरू पनि सुनिश्चित गरिएका छन् । यसैको परिणामस्वरूप राज्यका विभिन्न निकायहरूमा महिलाहरूको सहभागिता तथा नेतृत्वदायी भूमिका उल्लेखनीय रूपमा वृद्धि भएको छ । यद्यपि संवैधानिक तथा कानुनी उपलब्धिहरू हासिल भए तापनि समाजमा विद्यमान लैङ्गिक विभेद, महिला हिंसा, छाउपडी, दाइजोप्रथा लगायतका कुप्रथाहरू पूर्ण रूपमा अन्त्य हुन अझै बाँकी छ । त्यसैले प्राप्त उपलब्धिहरूको रक्षा गर्दै पूर्ण समानुपातिक प्रतिनिधित्व, समान अवसरको सुनिश्चितता तथा महिलाको आर्थिक, सामाजिक र राजनीतिक सशक्तीकरणका लागि अझ सशक्त ढङ्गले अगाडि बढ्न आवश्यक छ । विशेषतः नयाँ पुस्ताले लैङ्गिक समानता, सामाजिक न्याय र महिला अधिकारको पक्षमा सचेत, जिम्मेवार र सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आजको प्रमुख आवश्यकता हो । महिला अधिकारसम्बन्धी ‘विशेष संकल्प प्रस्ताव’ पारित भएको ऐतिहासिक दिनको सम्झनास्वरुप मनाउँदै आइएको आठौँ राष्ट्रिय महिला अधिकार दिवसले प्रगतिशील, समतामूलक, सभ्य र न्यायपूर्ण समाज निर्माणप्रतिको हाम्रो साझा प्रतिबद्धतालाई अझ सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।
1
2
83
१९औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई ज्ञापन गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछु । नेपालको राजनीतिक इतिहासमा जेठ १५ गते एक गौरवशाली र अविस्मरणीय दिन हो । यस गौरवमय दिनको पृष्ठभूमिमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात-अज्ञात अमर सहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनहरूमा नेतृत्व प्रदान गर्नुहुने आदरणीय अग्रजहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु | गणतन्त्रको स्थापना केवल व्यवस्था परिवर्तन मात्र होइन, यो त नेपाली जनताको जीवनस्तरमा सकारात्मक रूपान्तरण ल्याउने र राज्यका हरेक तहमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने एउटा माध्यम हो । गणतन्त्रको वास्तविक सुन्दरता र सार्थकता तब मात्र झल्किन्छ, जब समाजको किनारामा रहेका विपन्न, उत्पीडित र सीमान्तकृत नागरिकले पनि “राज्य मेरो सहारा हो” र “म यो देशको सम्मानित नागरिक हुँ” भन्ने अनुभूति गर्न पाउँछन् । गणतन्त्र दिवसको यस सुखद् अवसरमा म राज्यका सम्पूर्ण निकाय, राजनीतिक दल र आम नागरिकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यताहरूलाई अझ बढी परिपक्व र परिणाममुखी बनाउन दृढ सङ्कल्पित हुन आह्वान गर्दछु । हाम्रो राष्ट्रिय लक्ष्य अब सुशासन, आर्थिक समृद्धि र सामाजिक न्याय हुनुपर्दछ । मुलुकको स्वाधीनता, राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा हामी सबै जुट्नु आजको आवश्यकता हो । अन्तमा, यस १९औँ गणतन्त्र दिवसले हामी सबैमा राष्ट्रिय हितलाई सर्वोपरि ठानी आपसी सद्‍भाव, सहकार्य र एकताका साथ अगाडि बढ्ने नयाँ ऊर्जा र प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।
3
3
181
आज जेठ ३ गते, नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, मुलुकको सामाजिक–आर्थिक रूपान्तरणको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद (जबज)’ का प्रणेता तथा प्रखर राष्ट्रवादी जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको ३३औँ स्मृति दिवसका अवसरमा उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । मदन–आश्रितले कम्युनिष्ट आन्दोलनप्रति जनताको अपार माया, विश्वास र समर्थन जुटाउँदै आन्दोलनलाई सफलताको सिँढी चढाउन अभूतपूर्व योगदान गर्नुभएको थियो । जननेता मदन भण्डारीद्वारा प्रवर्तित ‘जनताको बहुदलीय जनवाद (जबज)’ले लोकतान्त्रिक माध्यममार्फत मुलुकमा सामाजिक न्याय, समृद्धि र रूपान्तरणको मार्गदर्शन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न ऐतिहासिक भूमिका निर्वाह गरेको छ । विगतका उपलब्धिहरूसँगै वर्तमानका अवसर र चुनौतीलाई ध्यानमा राख्दै हामी अझ जिम्मेवार र संवेदनशील बन्न आवश्यक छ । अहिले देखिएका चुनौतीहरूको सामना गर्नेका लागि महत्वपूर्ण शर्त भनेको सुदृढ सांगठानिक एकता, नेता–कार्यकर्ताको सक्रियता, त्याग र समर्पण अपरिहार्य छन् । साथै जनअपेक्षा, सुधारप्रतिको चाहनालाई ध्यानमा राख्दै पार्टी र जनता बिचको सम्बन्धलाई थप मजबुत बनाउन आवश्यक छ । यसैगरी, सिद्धान्त र व्यवहार बिच तालमेल मिलाउँदै जनविश्वास आर्जन गर्न निरन्तर प्रयास गर्नु पर्दछ । जनताको विश्वास नै कुनै पनि राजनीतिक शक्तिको सबैभन्दा ठूलो शक्ति हो भन्ने सत्यलाई आत्मसात् गर्दै यसलाई अझ मजबुत बनाउनु पर्दछ । जननेता मदन भण्डारीले देखाउनुभएको जनमुखी राजनीति, वैचारिक स्पष्टता, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक प्रतिबद्धताको मार्ग आज पनि उत्तिकै सान्दर्भिक छ । मदन–आश्रित स्मृति दिवशले हामीलाई लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि अझ जिम्मेवार भएर अघि बढ्न प्रेरणा प्रदान गरोस् ।
2
1
10
759