Just Another Guy (@GpdGopal) header
Just Another Guy (@GpdGopal) profile picture

ॐ सह नाववतु । सह नौ भुनक्तु । सह वीर्यं करवावहै । तेजस्वि नावधीतमस्तु मा विद्विषावहै ।

Lalitpur, Nepal
Joined May 2013
Photo by Just Another Guy (@GpdGopal)Photo by Just Another Guy (@GpdGopal)Photo by Just Another Guy (@GpdGopal)Photo by Just Another Guy (@GpdGopal)Photo by Just Another Guy (@GpdGopal)Photo by Just Another Guy (@GpdGopal)Photo by Just Another Guy (@GpdGopal)Photo by Just Another Guy (@GpdGopal)Photo by Just Another Guy (@GpdGopal)Photo by Just Another Guy (@GpdGopal)
मान्छे न खुसि खरिद गर्न सक्छ, न त दु:ख बिक्री गर्न सक्छ । तैपनि बजारमा यति भीडभाड छ कि मान्छेसंग मान्छे ठोकिन्छ !!
5
75
128
Just Another Guy retweeted
धेरै पसल खोले मैले, सधै घाटा खाएँ ! आजकल, ग्राहक कहिल्यै टुटदैनन नोट गन्दागन्दा थाक्छु गज्जब व्यपार गरेको छु मुखुण्डोको पसल खोलेको छु ... ( सम्बन्धहरु, पृ १११ )
5
3
92
10,388
जब बिहान कसैले तिमीलाई उठाउदैन, साँझ कोही तिम्रा लागी पर्खेको हुदैन तिमी आफुलाई जे मन लाग्यो त्यही गर्न सक्छौ, जब तिमीलाई रोक्ने कोही हुदैन; मलाई भन के त्यस बखत तिमीलाई आफु स्वतन्त्र जस्तो लाग्छ कि एक्लो जस्तो लाग्छ? जवाफ देउ। जवाफ मलाई दिनु पर्दैन, आफ्नो मनलाई देउ -बुकोस्की
95
महोदय ! ऐना त धेरै पुछ्नु भयो, अनुहार कहिले छाम्नुहुन्छ ?
1
1
376
Just Another Guy retweeted
बालेन सरकारले सत्तामा आउनेबित्तिकै ‘सुकुम्बासी बस्ती’मा डोजर चलाएको छ । सुकुम्बासी बस्तीमा कैयौँ ‘नक्कली सुकुम्बासी’ पनि छन्, जसलाई हटाउनु जरुरी थियो । बालेनले हटाए, राम्रो गरे। तर, त्यही ठाउँमा सक्कली सुकुम्बासी पनि यथेष्ट थिए । सक्कली र नक्कलीबीच फरक नछुट्याईकन त्यसरी निर्ममतापूर्वक डोजर चलाउनु हुन्थ्यो ? जुन देशमा रोजगारी, गरिबी, स्वास्थ्य र शिक्षालगायतका यति धेरै समस्या छन्, के त्यस्तो देशमा गर्नुपर्ने पहिलो र अनिवार्य काम नै डोजर चलाउनु थियो ? यो सवालको जवाफ म नेपाल सरकार र नेपाली जनताको विवेकलाई छोडिदिन्छु । तर, सुकुम्बासी बस्तीबाट विस्थापित भएका कतिपय गरिब र तिनका सन्तानको आँसु देखिसकेपछि मैले शासकहरूलाई दोस्तोयेभ्स्कीको यो भावना स्मरण गराउनैपर्छ– ‘कुनै पनि समाजको मूल्यांकन त्यसले सेलेब्रिटी र राम्रा देखिने मानिसको कति जयजयकार गर्छ भनेर होइन, त्यसले गरिब, निसहाय र अपराधीहरूप्रति समेत कति समानुभूति राख्छ भन्ने आधारबाट हुनुपर्छ ।’ #अनकट बाट
77
56
14
369
28,781
Just Another Guy retweeted
मलाई पढ्ने नै हो भने, किताबझैँ पढ। तिमी त मलाई बिहानको अखबारझैँ पढ्छौ ! यति सजिलै कहाँ बुझिन्छु र म? मलाई पढ्ने नै हो भने, किताबझैँ पढ, तिम्रो सञ्जालको भित्तो हुँ र म ! (अजहर इकबालको कविताबाट प्रेरित)
2
10
67
6,433
एउटा व्यक्तिको घमण्डको कारण कतिजना निरीह बन्नुपर्ने हो ?
2
78
तिम्रो हर प्रश्नको जवाफ मेरो Statusहरूमा खोज्नू यदि चित्त तिमीलाई बुझ्दैन भने मेरो सचिवालयमा आएर सोध्नू !!
64
कुरा मेरो कलेज पढ्ने बेलाको हो । हाम्लाई नेपाली पढाउने सरले एक दिन झुक्किएर आफ्नो नोटकपी कक्षामै छोडेर जानुभो । म परें फर्स्ट बेन्चमा बस्ने विद्यार्थी, हत्तपत्त त्यो नोटकपी आफ्नो झोलामा राखेँ । भोलिपल्टदेखि म पहिलै त्यो कपि हेरेर जान थालें ।
1
1
91
म कैलेकाहिँ कक्षामा नबसे पनि, बीचबीचमा कक्षा छोडेर निस्के पनि मलाई "कोर्स" छुट्ला कि भन्ने समस्या भएन । मेरो यो पारा देखेर कोही साथी रिसाएका पनि थिए, कोहि मेरो स्वतन्त्रता देखेर डाहा पनि गर्थे ।
1
48
तर पनि मलाई यस्ता कुराले केही फरक परेन किनभने आखिर बोर्ड परिक्षामा सबैभन्दा बढी नम्बर ल्याउने म नै भएँ ।
1
33
Just Another Guy retweeted
राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले बालेन्द्र शाहले आज संसदमा जे-जस्तो व्यवहार गरे, त्यसका निम्ति संविधानका संरक्षक राष्ट्रपति पौडेलले या त प्रधानमन्त्रीलाई सचेत गराउनुपर्छ, या आफ्नो पद त्याग गरी राष्ट्रपति पदको लाज जोगाउनुपर्छ। साथै, सभामुख डीपी अर्याल, यति सब भइसकेपछि तपाईं भोलिका लागि आज केही नभएकोझैँ लाज पचाएर सदन चलाउनुहुन्छ कि रुलिङ दिनुहुन्छ? गगन थापा र एमाले पनि डिच्च हाँसेर बस्ने त होलान्। रास्वपाका सांसदलाई धेरै भन्नु नै छैन। किनभने राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई जना मात्र सांसद स्वतन्त्र छन् — रवि लामिछाने र पार्टीभन्दा माथि रहेका बालेन शाह। आजपछि त मलाई लाग्न थाल्यो, रास्वपामा जम्मा एउटा सांसद छ। त्यो पनि पार्टीभन्दा माथि विराजमान, राष्ट्रपतिभन्दा माथि आसिन। बधाई छ, प्रिय बालेन शाह — घन्टी पार्टी र अरू पार्टीका कायर, लोभी, सिद्धान्तहीन र नामर्दहरूको जत्थालाई एकै पटक ऐना देखाइदिएकोमा बधाई छ । सायद यिनीहरू, यो समाज र यो संसद यही लायक हुन् कि? एउटा एउटा संसद भवन अस्ति जलेर सकियो। अर्को संसदको चीरहरण आज भयो। बधाई छ, रवि — एउटा मात्रै सांसद भएको पार्टीको सभापति भएकोमा बधाई छ। @RcPaudelNepal @ShahBalen @hamrorabi @dolprasadaryal @thapagk @hark_sampang
146
283
67
886
76,560
Just Another Guy retweeted
प्रधानन्यायाधीश नियुक्तिसम्बन्धमा ! कतिपय परम्पराहरू तोडिनु आवश्यक हुन्छ। तर केही स्थापित चलन र परम्परा चाहिँ कायम राख्दा नै उचित हुन्छ। कुन स्थापित परम्परा तोड्ने र कुन परम्परा कायमै राख्ने ? भन्ने फैसला संविधानका अक्षर र संवैधानिक परिषद्को विवेकमा निर्भर गर्छ। संविधानका अक्षर स्पष्ट लेखिएका हुन्छन्, तर सत्ता र विवेक दुबै थोक - एउटै मानिसभित्र हुन सक्नु दुर्लभ मानवीय गुण हो, नेपालमा त झनै दुर्लभ ! लोकतन्त्रको जननी बेलायतमा कुनै लिखित संविधान नै छैन। विवेक र परम्पराहरूबाट चलेको छ - विश्वको सम्पन्न र शक्तिशाली राजतन्त्रात्मक मुलुक बेलायत। नेपाललाई गणतन्त्र भनिन्छ। राजा ज्ञानेन्द्रले गद्दी त्याग गरेपछि नेपालमा नयाँ नयाँ छोटे ‘राजाहरू’ आउने क्रम चलेको थियो, जारी नै छ। म दशकौँदेखि अदालतमा वरिष्ठताको मर्यादा पालन गर्ने परम्पराको पक्षमा छु। यसकारण होइन कि म यो संविधानको कुनै ठूलो प्रशंसक हुँ वा मलाई सपना मल्ल, कुमार रेग्मी, हरि फुयाँल, मनोज शर्मा वा अरू कसैलाई प्रधान न्यायाधीश पदमा देख्ने वा नदेख्ने कुरामा कुनै विशेष अभिरुचि छ। तर पनि म वरिष्ठताको मर्यादाको पक्षमा छु, किनभने भावी प्रधान न्यायाधीश को हुनेछ ? भन्ने अग्रिम स्पष्टताको अभावमा सर्वोच्च अदालतको आन्तरिक स्थिरता, निर्णय प्रकृया, मनोबल र पदप्रति आसक्ति आदि कयौ कुरा प्रभावित हुने जोखिमले अन्ततः सबैभन्दा बढी नोक्सानी अदालत र नेपाल राज्यलाई नै गर्न सक्दछ। त्यो जोखिम न्युन गर्ने कामनाले गर्दा पनि बरिष्ठताको परम्पराको अवधारणा ल्याइएको हो । भारतमा वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्ने परम्परा र कानुनी व्यवस्था अकारण गरिएको होइन। मलाई थाहा छ, अमेरिकामा त्यो हुँदैन। राष्ट्रपतिले प्रधान न्यायाधीशलाई सोझै मनोनित गरेपछि, सेनेटले स्वीकृति दिएपछि नियुक्ति हुन्छ। लिखित संविधान नै नभएको देश बेलायतको आफ्नै परम्परा छ। नेपाली सेनामा प्रधान सेनापति वरिष्ठताका आधारमा नियुक्त हुने परम्परा छ। बरिष्ठ नै हुनु पर्छ भन्ने कुनै लिखित कानुन छैन । परम्परा छ । प्रचण्ड सरकारले नेपाली सेनामा रचाउन खोजेको असफल ‘कटुवाल काण्ड’ हामीले बिर्सनु हुँदैन। म तपाईँहरू सबैलाई एउटा सवाल सोध्न चाहन्छु , जो मेरो मनमा आएको छ - ' के आज संवैधानिक राजा गद्दीमा भएका भए सर्वोच्च अदालतमा यति सजिलै वरिष्ठताको परम्परा मिचिन्थ्यो, जसरी अहिले मिचियो ? ' यो भनिरहँदा मेरा मनमा न सपना मल्लजीप्रति कुनै बिशेष अनुराग छ, न मनोज शर्माजीप्रति कुनै द्वेष। न म , राष्ट्रपति सम्माननीय रामचन्द्र पौडेल ज्युलाई व्यङ गर्ने धृष्टता गर्दैछु। यो मनमा आएको एउटा निर्दोष सवाल हो । संविधानभन्दा माथि रहेको अवस्थामा पनि नेपालमा राजाहरूले वरिष्ठता मिचेनन् भने, त्यसका पछाडि कारण थियो। म यो मल्टिमिडिया स्तम्भ ‘अनकट’मा तपाईँहरूलाई विभिन्न कोणबाट एैना देखाउने प्रयास गर्नेछु। एैनामा देखिएको मुहारको जसअपस मलाई नदिनु होला । (सोमबार प्रकाशित हुने मल्टिमिडिया स्तम्भ ‘अनकट’का अंशहरू)
53
33
7
176
20,308
त्वाड्डा कुत्ता 'टमी', साड्डा कुत्ता 'कुत्ता' ? ⚖️
68
Still relevant !!!
जनता एकै दिनमा तात्दैन। नेता पनि एकै दिनमा उम्लिँदैन। नेता उम्लिएपछि पोखिन्छ; जनता तातेपछि सबैथोक भत्किन्छ। तात्ने र पोखिने यो क्रम चलिरहन्छ। हरेक देशले आफ्नो योग्यताअनुसारको जनता पाउँछ, र जनताअनुसारको नेता। अनि पृथ्वीमा, देश होस् या मान्छे, प्रायः सबै कुरा पहिले नै निर्धारण भइसकेको हुन्छ। धनी देश र गरिब देशमा जन्मने बित्तिकै नियतिको भिन्न-भिन्न खेल सुरु भइसकेको हुन्छ। त्यसलाई ‘नियति’ भन्न मन नलागे, वैज्ञानिक भाषामा ‘objective conditions of the situation’ भन्न सकिन्छ। मानिसले होस् वा देशले, इतिहास त बनाउन सक्छ, तर पूर्वनिर्धारित परिधिभित्र मात्र। पोखरीभन्दा ठूलो माछा कहाँ हुन सक्छ? जस-जसले यो सत्य पत्याएनन्, समयक्रममा सबै पोखिए। (करिब ३५ वर्षअघि लेखेको वाक्य। १०–१० वर्षमा एक पटक झिकेर पढ्छु, शनिवारको दिन पारेर।)
42
🤔🤔
खासै केही छैन, यस्तै हो। झरीमा नाच्ने रहर धेरैलाई हुन्छ। लुगा भिजिन्छ भनेर डराउँछन्। यस्तै हो ।
14
त्वाडा कुत्ता टॉमी, साड्डा कुत्ता कुत्ता ? #अध्यादेश #राजनीतिक नियुक्ति
44
Just Another Guy retweeted
Rhododendrons cover the Himalayan forests of Nepal during the spring bloom.
38
438
30
2,669
84,847
Just Another Guy retweeted
Heaven is myth, Nepal is real.❤️
5
90
4
529
16,974
Just Another Guy retweeted
यहाँ हरेक मान्छे धनी बन्न चाहन्छ यहाँ हरेक मान्छे शासक बन्न चाहन्छ यहाँ हरेक मान्छे चर्चित बन्न चाहन्छ तर सबैथोक पुगेर पनि खै किन हो, कोही–कोही मान्छे रुन पनि चाहन्छ। 💔
12
48
6
278
14,483
Just Another Guy retweeted
घन्टिले पाएको मत देखेर रास्वपा नेतृत्व आफैं पनि छक्क परेको होला । दन्त्यकथाको त्यो नायकझैं, जसको हातमा अनपेक्षित रूपमा साम्राज्य परेको थियो । रबि–बालेन पनि आंकलन गर्दै होलान - रास्वपाले पाएको मतादेशको साम्राज्यका सिमाना कहाँबाट कसरी सुरु भएर कहाँ सकिन्छन ! दसकौ अघि, सगरमाथाका प्रथम आरोही सर एडमण्ड हिलारीले मसँगको अन्तर्वार्तामा भनेका थिए – ‘सगरमाथा आरोहण आफैंमा ठूलो कुरा होइन । तर शिखरमा टिक्नु मुख्य कुरा हो । चुचुरोमा टिक्ने ठाउँ धेरै हुँदैन र अक्सिजन थोरै हुन्छ । यो कुरा पर्वतारोहणका लागि मात्र होइन, जीवनका हरेक क्षेत्रमा लागू हुन्छ, विजय ।’ पहिला कसैले पाउँदै नपाएको बहुमत चाही होइन यो । दुनियामा, दक्षिण एसियामा र नेपालमा पनि विगतका कैयौं उदाहरण छन् प्रचण्ड बहुमत पाएका उदाहरण —र त्यो मतादेशलाई सम्हालेर, संगालेर राख्न नसकिएका उदाहरण पनि त्यतिकै धेरै छन् । भोलिका कुरा भोलि नै गरौँला । आजको दिन रबि लामिछानेको संगठनात्मक क्षमता, बालेनको क्रेज र जनताले रास्वपालाई दिएको जीतको दिन हो । बधाई छ । सफलताको कामना छ । ओलीजी र गगन थापाजीको पराजय मामुली पराजय होइन । उनीहरु, आआफ्नो केन्द्रीय समितिका महत्वपूर्ण पदाधिकारी समेत जसरी ‘सुपडा साफ’ भएका छन्, यसले गम्भीर आत्मनिरीक्षणको माग गर्छ । मतदानको केही दिनअघि, अमरेश सिंहको अनुरोधमा कफीमा भेट सम्झन्छु । उनले मलाई भनेका थिए – ‘दाजु, मलाई तपाईंको आशीर्वाद दिनुहोस् ।’ म सोचमग्न भएँ । विनीत भावले कोही मसँग यस्तो कुरा माग्दै थियो, जो म उसलाई दिन सक्दिनथेँ । मैले भनेँ – ‘अमरेशजी, गगनसँग मेरा सम्बन्धहरू धेरै पुराना छन् ।’ ‘मलाई थाहा छ दाजु । तपाईंले आफ्नो मिडिया शक्ति र प्रभाव जसलाई दिए पनि हुन्छ, आशीर्वाद चाहिँ मलाई दिनुहोस्। आशिर्वाद माग्न त म पहिला आएको छु नि ! म जितिन भने तपाईंलाई मुख देखाउँदिन ।’ त्यो सुनेर मैले अमरेश सिंहजीलाई हल्का झपारेँ – ‘यस्तो कुरा मेरा अगाडि नगर्नुस प्लिज । राजनीति ठूलो हो, चुनावमा जितहारको महत्व छ तर त्यो नै सबथोक होइन नि। जितहार त चलिरहन्छ नि । ’ आज आइतबार बिहान यो लेख्न बस्दा समाचार देखेँ – ‘अमरेश सिंहले गगन थापालाई हराए ।’ अंग्रेजी भाषामा एउटा शब्द छ Giant Killer – राजनीति र खेलकुदमा प्रयोग हुन्छ, जब कसैले कुनै धेरै ठूलो स्थापित खेलाडीलाई पराजित गरिदिन्छ । नेपालीमा अनुवाद गर्दा दिग्गज-विजेता भन्न सकिन्छ होला, डा.अमरेश सिंहलाई वा झापा ५ मा जित्ने बालेनलाई । म सक्रिय पत्रकारितामा छैन । जब थिएँ, तब पनि खासै थिइनँ । अल्बर्ट कामुको कृति ‘आउटसाइडर’ को नायक जस्तै। तैपनि, म कृतज्ञ छु पत्रकारिता विधाप्रति, जसले मलाई जीवनका कति धेरै रङहरू देख्ने मौका दियो । यो कोलम लेख्न बस्दा मेरो मनमा धेरै रङका मान्छे र क्षणहरू आउँदै छन् । मलाई लाग्छ, अहिले ती रङहरूले, सम्झनाहरुले मलाई थिच्दै छन् । मलाई लाग्छ, म एउटा लामो हिँडाइमा जानुपर्छ । त्यसपछि लेख्न अलि सजिलो हुन्छ .. (भोलि सोमबार अक्षर र भिडियो दुबैमा प्रसारित हुने मल्टिमिडिया कोलम ‘अनकट’ का अंश)
22
39
1
349
29,088