
Official Account of Jay Ghanti - जय घण्टी । Email : [email protected]
Nepal
Joined July 2023
- Tweets2.6K
- Following1
- Followers3.7K
- Likes0
Pinned Tweet
**रास्वपाको नीति तथा विचार**
- हाम्रो संख्या र सामर्थ्य पुगेको दिन संविधान परिमार्जन गर्नेछौँ। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसद मन्त्री नबन्ने प्रणाली, दलविहीन स्थानीय तह एवं ७५३ को संख्यामा एकतिहाइ कटौती, प्रदेश सभाको खारेजीसहित संघीयताको पुनर्संरचना, न्यायपरिषद्लगायत अन्य संवैधानिक अंगहरूको आमूल सुधार, मान्यताप्राप्त राजनीतिक दलको पारदर्शी कोषभरणजस्ता शासकीय सुधारका एजेन्डा रास्वपाले बहसका लागि प्रवेश गराइसकेको छ ।
*प्रस्तावना*
रास्वपा सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो । यसको ध्येय वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवाफदेहीपूर्ण असल शासनमार्फत समन्यायिक समावेशी समाज निर्माण गर्नु हो ।
लोककल्याणकारी राज्यको सुनिश्चितताका लागि सार्वजनिक, निजी र सामुदायिक स्रोत–साधनको दिगो परिचालन गर्दै उद्यममैत्री, लगानीअनुकूल एवं प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको उन्नयनका लागि स्वच्छ र सुदृढ नियमनकारी संरचना बनाई राष्ट्रिय आय र रोजगारीको विस्तार, श्रमप्रति समर्पित सामाजिक पुँजीको अभिवृद्धि र जलवायु–पर्यावरणीय सन्तुलन कायम गर्न यो पार्टी सर्वात्मना प्रतिबद्ध छ ।
शान्तिपूर्ण मार्गबाट नै समाजवादका प्रधान लक्ष्य हासिल गर्ने कुरा संविधानमा निर्दिष्ट गरी तदनुकूल राष्ट्रिय नीति तथा कार्यक्रममा आधारित राज्यसञ्चालनको अठोटलाई संवैधानिक समाजवादका रूपमा व्याख्या गर्दै अप्रिय ऐतिहासिक बिरासतका रूपमा विद्यमान लैंगिक, जातीय, वर्गीय, क्षेत्रीयलगायत सबै प्रकारका संरचनात्मक विभेदहरूविरुद्ध निर्णायक प्रहार गर्न अवसरको न्यायिक वितरण, पहुँच र उपयोग गर्नेतर्फ यो पार्टीले जोड दिनेछ ।
नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक–सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मान, विश्वभर फैलिएका नेपालीको सामूहिक सामर्थ्य र एसियाको उदाउँदो भूराजनीतिक महत्वलाई आत्मसात् गर्दै नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई सदा अक्षुण्ण राख्नु नै राष्ट्रिय स्वतन्त्र पार्टीको अभीष्ट रहनेछ ।
*रास्वपाको प्रस्तावना १० वटा सरल अवधारणामा अडेको छ*
१. सबै नेपालीको समतामूलक उन्नति, जसलाई प्रतिव्यक्ति आय, मानव विकास, जिनी तथा पाल्मा सूचकांकजस्ता ‘मेट्रिक’मार्फत अन्तरदेशीय मापन र तुलना गर्न सकियोस् ।
२. नेपाली राज्य र समाजलाई बहुलवादी लोकतान्त्रिक धारमा नै अघि लैजाने हो, जसको वित्तीय टेको सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमार्फत मात्र सम्भव ठानेका छौँ ।
३. हामी विधिमा आधारित असल शासनप्रति निर्ममतापूर्वक कटिबद्ध छौँ र यो गणतन्त्रात्मक प्रणालीभित्रै सुनिश्चित गर्ने प्रयासमा छौँ ।
४. धान्न सकिने लोककल्याणकारी राज्य र अभूतपूर्व रूपमै उद्यममैत्री, लगानीअनुकूल, प्रतिस्पर्धात्मक अर्थनीतिलाई भ्रष्ट राजनीतिकर्मी र व्यापारिक स्वार्थ समूहबाट जोगाउने प्रत्याभूतिसहितको स्वच्छ नियमनकारी संरचनामा बाँध्न रास्वपा कृतसंकल्प छ ।
५. सबल सरकार र गतिशील निजी क्षेत्रलाई सँगसँगै डोर्याउन सकिने ‘नर्डिक’ प्रेरणाको सामाजिक बजार अर्थतन्त्रको ’प्याराडाइम’ अवलम्बन गर्दै छौँ ।
६. सुसंस्कृत राजनीतिको वकालत गर्ने रास्वपाले सबै परिवर्तन शान्तिपूर्ण मार्गबाट नै गर्नेछ, यसले हिंसालाई कहिल्यै राजनीतिक अस्त्रका रूपमा प्रयोग गर्नेछैन ।
७. नेपाली समाजमा विद्यमान बहुआयामिक संरचनात्मक विभेदमाथि प्रहार गर्नैपर्ने अपरिहार्यता स्विकार्दै असमानताको सम्बोधन अवसरको न्यायिक वितरण, पहुँच र उपभोगका आधारमा गर्नेछ ।
८. नेपाली माटोमै फुलेको हिन्दू–बौद्ध सनातन सभ्यताको संवद्र्धनप्रति हामी प्रतिबद्ध छौँ, जहाँ सबै अल्पसंख्यक समुदायसमेत सहअस्तित्व र पारस्परिक सम्मानको सिद्धान्तबाट सुरक्षित महसुस गर्नेछन् ।
९. विश्वभर फैलिएका नेपाली डायस्पोराको सौम्यशक्ति (सफ्ट पावर)लाई ठुलो आर्थिक–सांस्कृतिक पुँजीका रूपमा हेरेका छौँ भने एसियाको बढ्दो भूराजनीतिक महत्वलाई दुर्लभ युगीन अवसर ।
१०. देशभक्तिको नयाँ, बृहत् परिभाषामा युवा पुस्तालाई दीक्षित गर्दै गर्दा एउटा यथार्थमा राष्ट्रिय स्वतन्त्र पार्टीले कसैसित कहिल्यै सम्झौता गर्नेछैन र त्यो हो, नेपालको स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौमिकता ।
नीति मन्थन
बैशाख २७ गते, २०८३
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन
दिउँसो ३:०० बजे - ६:०० बजे
स्थानः नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौं
94
वि.सं. २०८३ वैशाख २०
ने.सं. ११४६ बछलागा द्वितीया
विज्ञप्ति
राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको पार्टी सचिवालयको बैठकले देहायका निर्णयहरु गरेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ ।
१. मुलुकभर विद्यमान अव्यवस्थित बसोबासलाई सम्बोधन गर्न सरकारले चाँडै नै यस सम्बन्धी अधिकार सम्पन्न प्राधिकरण गठन गरी वास्तविक भूमिहीनहरूको समस्या समाधान गर्न जोड दिएको हुनाले विभिन्न त्रासको शंकामा नपर्न अनुरोध गर्दै असुरक्षित रूपमा बस्न बाध्यहरुलाई सुरक्षित गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको प्राथमिकता रहेको र राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रको बुँदा नं. ८२ मा नै यसलाई व्यवस्थित गर्ने कुरा उल्लेख भएकाले असुरक्षित रूपमा बसोबास गर्दै आउनुभएका भूमिहीन सुकुम्बासी नागरिकहरूको हकमा बाहेक अन्यहरूमा प्राधिकरणको प्रतिवेदन पूर्व कुनै पनि कारबाही अगाडि नबढ्ने कुराको जानकारी गराउँदै सरकारलाई सोही अनुरुप गर्न सुझाव दिने।
साथै स्थानीय सरकारहरूले आफ्नो क्षेत्राधिकारको प्रयोग गरी संरचनाहरू भत्काइरहेको सन्दर्भलाई समेत ध्यानमा राखी स्थानीय सरकारलाई पनि यही मर्म अनुरुप व्यवस्थापन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले अनुरोध गर्ने ।
२. आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीका उम्मेदवार छनोट गर्ने विधि “स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा–२०८३” लाई पारित गर्दै उक्त रूपरेखालाई अक्षरशः र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा “उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति” गठन गर्ने ।
३. पार्टीको संसदीय दलको संशोधित विधान अनुमोदन गर्ने ।
४. पार्टीको ऐतिहासिक प्रथम महाधिवेशन सम्पन्न गर्न “महाधिवेशन कार्यविधि–२०८३” पारित गर्ने ।
५. पार्टीको बागमती प्रदेश समितिको सिफारिस बमोजिम रसुवा जिल्ला समिति विघटन गरी नयाँ प्रक्रियाबाट समिति गठन गर्ने।
मनिष झा
प्रवक्ता
1
92
राष्ट्रिय स्वतन्त्र पार्टीको संघीय संसदीय दलको उपनेता नियुक्त हुनुभएकोमा श्री गणेश पराजुलीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा निर्वाचित हुनुभएकोमा श्री रहवर अन्सारीलाई हार्दिक बधाई तथा शुभकामना।
प्रतिनिधि सभाको अर्थ समितिको सभापतिमा निर्वाचित हुनुभएकोमा श्री डा. कृष्णहरि बुढाथोकीलाई हार्दिक बधाई तथा शुभकामना।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा निर्वाचित हुनुभएकोमा श्री सुम्निमा उदासलाई हार्दिक बधाई तथा शुभकामना।
प्रतिनिधि सभाको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा निर्वाचित हुनुभएकोमा श्री गणेश कार्कीलाई हार्दिक बधाई तथा शुभकामना।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा निर्वाचित हुनुभएकोमा श्री हरि ढकाललाई हार्दिक बधाई तथा शुभकामना।
प्रतिनिधि सभाको संसदीय सुनुवाई समितिको सभापतिमा निर्वाचित हुनुभएकोमा श्री बोधनारायण श्रेष्ठलाई हार्दिक बधाई तथा शुभकामना।
प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा निर्वाचित हुनुभएकोमा श्री अशोक कुमार चौधरीलाई हार्दिक बधाई तथा शुभकामना।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा निर्वाचित हुनुभएकोमा श्री डा. ओजस्वी शेरचनलाई हार्दिक बधाई तथा शुभकामना।
प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिको सभापतिमा निर्वाचित हुनुभएकोमा श्री समिक्षा बास्कोटालाई हार्दिक बधाई तथा शुभकामना।
प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको सभापतिमा निर्वाचित हुनुभएकोमा श्री आकृति अवस्थीलाई हार्दिक बधाई तथा शुभकामना।
राष्ट्रिय स्वतन्त्र पार्टीको संघीय संसदीय दलको सचेतक नियुक्त हुनुभएकोमा श्री क्रान्तिशिखा धिताललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

























