Pinned Tweet
सामाजिक सद्भाव कायम गरौँ !
नागरिकको जीवन रक्षा गरौँ !
राष्ट्रलाई हिंसा, द्वन्द्व र विनाशबाट जोगाऔँ !
शान्ति, एकता र सहकार्यको बाटोमा अघि बढौँ🇳🇵
Dibed(डाईबेड)🌸 retweeted
निःशुल्क स्वास्थ्य पोर्टल
नेपालको संविधान २०७२ को धारा ३५ ले व्यवस्था गरेको प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बन्चित नगरिने र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने भन्ने संवैधानिक व्यवस्था रहेको छ। साथै नेपाल सरकारको स्वास्थ्य संस्था संचालन मापदण्ड २०७७ को दफा ७० घ मा “अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, वेवारिसे विरामीका लागि कुल शैय्याको १० प्रतिशत शैय्या छुट्याई नि:शुल्क उपचार अनिवार्य रुपमा उपलव्ध गराउनु पर्नेछ” भन्ने व्यवस्था भएकाले सोको कार्यन्वयनको लागि अस्पतालहरुमा निःशुल्क उपचार सेवा प्रभावकारी, पहूच योग्य र पारदर्शी बनाउने उद्देश्यले यो अनलाइन प्रणालीको विकास गरिएको हो ।
थप जानकारीको लागि website मा दिइएको सम्बन्धि अस्पतालको फोकल पर्सनलाई कल गर्न सक्नुहुनेछ ।
अस्पतालहरूमा उपलब्ध निःशुल्क बेडको अवस्था थाहा पाउन Free Health Portal को यो लिंक क्लिक गर्नुहोस्:
freehealth.mohp.gov.np/
Dibed(डाईबेड)🌸 retweeted
न्यायालय जस्तो निष्पक्ष र पवित्र संबैधानिक निकायमा त यो किसिमको सेटिङ चल्दो रहेछ भने अरु सामान्य राजनीतिक नियुक्तिमा के भएको होला?
नेपालको यो पुरानो संरचनालाई पुरै ध्वस्त बनाएर नयाँ नबनाई नहुने रहेछ।
देश भित्रभित्रै सकिएको एक यो उदाहरण हो।
नयाँ पत्रिका एक्सक्लुसिभ
- न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीश फुयालको संवाद
- ‘रोहित गुप्तालाई दुई करोड धरौटी मागेका छौँ, भोलि साँझ होटेलमा भेटौँ’
nayapatrikadaily.com/news/20…
Dibed(डाईबेड)🌸 retweeted
काम नगर्ने ठेकेदारहरूको घर 🏠 खेत जफ़त हुने संभावना।
अछामको मंगलसेन-सुखाड-खेतगाइरे -जुलिमारे-ढकारी सडक निर्माणमा अपेक्षित प्रगति नदेखिएपछि ठेक्का तोडिएको छ। २०७९ वैशाख १६ गते सम्झौता भएको १० किलोमिटर सडकको निर्माण अवधि २०८३ वैशाख १६ गतेसम्म थपिए पनि भौतिक प्रगति १९.८३ प्रतिशत मात्रै रह्यो ।
योसँगै पूर्वाधार विकास मन्त्रालयको अछाम डिभिजनबाट ६ वटा रुग्ण ठेक्का अन्त्य गरिएको छ । ठेक्का अन्त्यसँगै निर्माण व्यवसायीबाट ४९ करोड ६ लाख रुपैयाँभन्दा बढी रकम दाखिला गराउन पत्राचार गरिएको छ ।
२०७६ सालदेखि निर्माण अलपत्र परेका योजनाहरुमा साँफे -मार्तडी सडक मर्मत, चौखुट्टे क्षेत्रमा सडक मर्मत तथा नाली निर्माण, बाजुराको कोल्टी कवाडी -बिच्छ्याँसैन सडक, मंगलसेन-सुवाखाँद-खेतगैरे-जुलिमारे-ढकारी सडक निर्माण लगायतका छन्।
Dibed(डाईबेड)🌸 retweeted
सदियौंदेखि बुद्द धर्म मान्ने नेवारी समुदायभित्र बौद्धदर्शन अध्ययन गरेका ज्वजल्लेमान् बिज्ञ र प्राज्ञ प्रसस्त छन् नेपलाम।
त्यहाँ मध्येबाट एकजना उत्कृष्ट प्राज्ञ खोजेर लुम्बिनी बिकास कोषमा नियुक्ती दिएको भए
भिक्षुणी बनेकी आनीको नालीबेली बाहिर आउने थिएन र उनको कद घट्ने थिएन।
🙏
Dibed(डाईबेड)🌸 retweeted
सरकारको जनप्रिय निर्णयः
अब जुनसुकै जिल्लाको नागरिकताको प्रतिलिपि काठमाडौँ उपत्यकाका सिडिओ कार्यालयबाट पाइने भएको छ।
धन्यवाद सरकार ।।
Dibed(डाईबेड)🌸 retweeted
माओवादी - भारतीय "रअ" वादी - RAW trained
झापकाण्ड बाट जन्मेको एमाले - चारू मजुमदार वादी उतैबाट तालिम लिएर आएका थिए र बङ्गालीहरूको झापकाण्डमा प्रत्यक्ष सहभागिता पनि थियो
काङ्ग्रेस त खैर उतै जन्मेकोले नाइटो जोडिएका हुन नै
नेपालको कुनैपनि पार्टीले मेरो भारतसँग सम्बन्ध छैन भन्नु सरासर झुटो हो
Dibed(डाईबेड)🌸 retweeted
Nobel laureate German biophysicist Georg Nagel gets rock-star welcome at Henan Normal University in central China.
This is how world treats the real celebrities.
अनि आउंछन् नेपालका सेलिब्रिटी नीमा गेस पेपर, MBBS from आरआर पत्रकार Einstein लाई theory of relativity सिकाउँदै।
नयाँ पत्रिका एक्सक्लुसिभ
- न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीश फुयालको संवाद
- ‘रोहित गुप्तालाई दुई करोड धरौटी मागेका छौँ, भोलि साँझ होटेलमा भेटौँ’
nayapatrikadaily.com/news/20…
Dibed(डाईबेड)🌸 retweeted
कोहि पारी बिहारको केरा सस्तो मीठो खान पाइन भन्दै रुँदै हिड्ने एक थरी उग्रराष्ट्रवादी तत्व त छँदैछन कि किसान दाजु चाहिँ फेरि घन्टे सरकारले गर्दा नेपालमै गरि खान सकियो भन्दै छन्। नेपाल किसान भाँडमा जाओस् हामीलाई बाल मतलब हामिलाई भारतीय केरा चाहिन्छ।😋😋
िम्मेवारी छाड्नका लागि सरकारले द'बाब दिएको चर्चाका बीच प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका कार्यालय प्रमुखलाई भने, “आज संगठनभित्रकै केही व्यक्तिहरूको चलखेल र अनुशासनही'न ह'र्कतप्रति म आ'क्रोशि'त छु। यति आ'क्रोश म यसअघिका बैठक र छलफलमा भएको थिइनँ।
आईजीपीका विरुद्ध विभिन्न मिडियामा अ'तिर'ञ्जित रूपमा प्रस्तुत गर्ने–गराउने काम भइरहेको छ। यस्ता गतिविधिले भोलिका दिनमा कसैलाई पनि सुरक्षित वा आ'लोचनामुक्त बनाउँदैनन्। संगठनका आन्तरिक विषयहरू बाहिर लगेर चर्चा गर्नु क्षम्य हुँदैन।
केही व्यक्तिले बर्दीबाहेक केही देखेका छैनन्। बर्दीभन्दा बाहिर पनि एउटा सिंगो दुनिया छ भन्ने कुरा बुझ्नुपर्छ। सबैका गतिविधि सूचनामा छन्। यस्ता ध'मिराहरूले संगठनलाई नै क'मजोर बनाउँछन्।
संगठनभित्रकै केही व्यक्तिले व्यावसायिक मर्यादा बिर्सेर आईजीपीविरुद्ध मिडियाबाजी गर्ने, बेनामी उजुरी पठाउने र प्रधानमन्त्रीको सचिवालयलगायतका ठाउँमा झु'टा कुरा लगाएर आफू नजिक हुन खोज्ने प्रवृत्ति देखिएको छ। नेपाल प्रहरी यही प्रवृत्तिको सि'कार भइरहेको छ ।”
(ताजा खबर नामक फेसबुक पेजबाट साभार)
Dibed(डाईबेड)🌸 retweeted
१३ बर्ष अगाडि हाम्रा देशका सार्बभौम नेताहरुले कसरी भारतीय प्रधानमन्त्री मोदिलाई नेपालमा ल्याएर संसदको ब्यवस्थापिका संसद भवन अगाडि उभ्याएर १० हजार करोड माग्न सफल भए र हाम्रा सार्बभौम नेताहरुले कसरी पररर ताली पिटेका थिए घन्टे सरकारको यस्तो दुर्लभ आँट छ ? छ हिम्मत?? #TVNEWS5
दिनमा दुयोडा गेडा स्याउ,
दुयोड़ा कोसा केरा
र
१०० ग्राम दही,
खाने अभियान जारी नै छ !
हेरौ तौल कति बढ्ने रहेछ?
यी मन्त्रीको राजीनामा मागौ त सर्मिसहरु- अत्याचार नै गर्याछन् ! आफुले सकेको- जानेको लुटधन्दा नि गर्न नपाउनु? 😀
Dibed(डाईबेड)🌸 retweeted
holy wine वाला प्रधानमंत्री देखी आज यहाँसम्म पुग्नुलाई के भन्नु हुन्छ?
पर्यटक भिषामा आइ क्रिश्चियन मिशनकालागि स्वास्थ्य सिबिर संचालन गर्ने दश जना विदेशी नागरिक पक्राउ परेकाछन ।
Dibed(डाईबेड)🌸 retweeted
राष्ट्रबादकाे खाेल ओढेर हत्याहिंसा लुटपाटमा रमाउने ठगकाे सरदारले हाेटल द्दारिकाजमा अजित डाेभाजलाई मलाई बचाउ भन्दै ढाेगेकाे तस्बिर सामाजिक सञ्जालमा छ्याप्छ्याप्ति आउन थाल्याे।
Dibed(डाईबेड)🌸 retweeted
वीचौलियाले चलाएको देश.....!
दिल्ली बाट यसो कहिलेकाही आउँदा जादा सन २०१५/१६ तीर कताबाट झूक्कीएर एउटा ठूलाबडाको दारूपार्टीमा साँझ दारू खादै एउटा ठुलै मान्छेले "ए भन आइजी लाई हटाई दिउ.." भनेर सोध्दै थियो। मोरोलाइ दारू चढेर बोलेको होला भनि ठान्थे।
वीचौलीया ठुलो मान्छे...!
पूर्वन्यायाधीश चोलेन्द्रका बिचौलिया इनम सापकोटाको मोबाइलबाट खुल्यो प्रहरी प्रमुख, उच्च अधिकारी र सांसदहरूसँगको गम्भीर 'सेटिङ' !
--
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका मुख्य बिचौलियाका रूपमा देखिएपछि असोज १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका इनम सापकोटाको मोबाइल अनुसन्धानबाट न्याय क्षेत्र, नेपाल प्रहरी र राजनीतिक वृत्तमा मच्चिएको भीषण भ्रष्टाचार तथा 'सेटिङ' को पर्दाफास भएको छ। 'दियो पोस्ट' मा प्रकाशित विशेष अनुसन्धानमूलक समाचार अनुसार हिरासतमा रहेका सापकोटाको मोबाइल मिसिल अनुसन्धान गर्दा प्रहरीका शीर्ष नेतृत्व, न्यायाधीश र सत्तारुढ दलका सांसदहरूसँगको 'सङ्गठित बिचौलिया सञ्जाल' बाहिर आएको हो।
जबराको मोबाइल अनुसन्धानका क्रममा सापकोटासँगको शङ्कास्पद सम्बन्ध देखिएपछि सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (AIG) वंशीराज दाहाललाई बर्खास्ती गरिए पनि नेपाल प्रहरीका सर्वोच्च अधिकारीहरूलाई भने सरकारले जोगाउन खोजेको दियो पोस्टको मिसिल विवरणमा उल्लेख छ। पक्राउ पर्नु ६ दिनअघि मात्रै प्रहरी महानिरीक्षक (IGP) दानबहादुर कार्कीसँग सापकोटाको ह्वाट्सएपमा कुराकानी भएको र मोबाइलमा 'आइजिपी दानबहादुर कार्की सर' भनी सेभ भएको फेला परेको छ। त्यस्तै, प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआइजी राजन अधिकारीसँग मुद्दा सेटिङ एवं सरुवा-बढाउने तथा डिआइजी विश्वराज अधिकारीसँग प्रहरीको पोशाक (युनिफर्म) खरिदबारे सबैभन्दा धेरै संवाद भएको पुष्टि भएको छ।
अनुसन्धानका क्रममा सापकोटाले सिङ्गापुरमा कम्पनी र दुबईमा अपार्टमेन्ट खरिद गरी नेपालमा मुद्दाको सेटिङ मिलाएर घुस बापतको लेनदेन विदेशमै गर्ने गरेको खुलेको छ। कारागारमा रहेका व्यवसायी दीपक भट्टलाई छुटाउने डिल, नक्कली भुटानी शरणार्थी काण्डमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई छुटाउने सेटिङ र काङ्ग्रेसका नेताहरूसँगको मिलेमतोमा सर्वोच्च अदालतका मुद्दामा प्रभाव पार्नेसम्मका काम सापकोटाले गरेको दियो पोस्टले जनाएको छ। अझ गम्भीर तथ्य त के छ भने, चोलेन्द्र निकट एक न्यायाधीश र रास्वपाका एक सांसदले सापकोटाकी अमेरिकामा रहेकी नातेदार कविता पाण्डेको बैंक खातामा घुस/सेटिङको रकम जम्मा गर्न सन्देश पठाएको समेत अनुसन्धान मिसिलमा फेला परेको छ।
## संक्षिप्त समीक्षा :
'दियो पोस्ट' ले सार्वजनिक गरेको यो खोजमूलक प्रतिवेदनले नेपालको समग्र न्याय प्रणाली, सुरक्षा संयन्त्र र नयाँ-पुराना राजनीतिक दलहरूको सक्कली र दयनीय चेहरा उदाङ्गो पारिदिएको छ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेपछि उघारिएको यो भ्रष्टाचारको 'पन्डोरा बक्स' ले बिचौलिया इनम सापकोटाको पहुँच नेपाल प्रहरीको महानिरीक्षक (IGP) देखि सुशासनको नारा दिने रास्वपाका सांसदसम्म कति गहिरो गरी गाडिएको रहेछ भन्ने देखाउँछ। सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहाललाई कारबाही गर्ने तर उस्तै र अझ गम्भीर मिसिल प्रमाण फेला परेका नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्की र एआइजी राजन अधिकारीमाथि कारबाही नगर्नुले राज्य संयन्त्रमै 'दोहोरो मापदण्ड' र राजनीतिक संरक्षण रहेको स्पष्ट हुन्छ।
अदालतका मुद्दा मिलाउने, प्रहरीको युनिफर्म खरिदमा कमिसन खाने र दुबई-सिङ्गापुर-अमेरिकाका खातामार्फत घुस लेनदेन गर्ने यो सङ्गठित अपराध नेपालको कानुन र लोकतन्त्र माथिको भीषण प्रहार हो। 'दियो पोस्ट' ले प्रहरी प्रमुखहरूसँग प्रतिक्रिया माग्दा फोन नउठाउनुले पनि यो अपराधभित्रको त्रास र मौन स्वीकृतिलाई पुष्टि गर्छ। यदि अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले निष्पक्ष रूपमा छानबिन गरी यस काण्डमा मुछिएका न्यायाधीश, आइजिपी र रास्वपा सांसदलाई कानुनको दायरामा नल्याउने हो भने नेपालमा 'राज्य नियन्त्रित बिचौलियातन्त्र' (State-sponsored Oligarchy) हाबी भएको ठहरिनेछ।
फेसबुक पेजबाट साभार !


























