Pinned Tweet
ग्लोबलीस्ट हु नेपालको माया लाग्छ।मान्छेले बनाएको सीमा बन्धन को भर्त्सना गर्छु।
राष्ट्रीयता क्षेत्रीयता जातीयता केवल सोझालाइ विभाजन गरेर शासन गर्ने टुल हुन।
चरा र हवा जस्तै मानवीय आवागमन र जीवन यापन पनि स्वेच्छीक हुनु पर्छ। सबल ले नीर्वलहरुलाइ दया भाव होइन प्रेमभाव राख्नु पर्छ।
सुँगुरहरू सोच्छन
“मालिक हामीलाई कति माया गर्छ
खाना टक्र्याउँछ
बस्न न्यानो ठाउँ दिन्छ
कुनै दुःख छैन”
उनिहरूलाई थाहा छैन कि
जुन दिन जिउँदो नराख्न
फाइदा हुनेछ
उनीहरूको जीवन
मालिकको बैंक ब्यालेन्समा
परिणत हुने छ
कस्सीएको सांग्लो
मालिकको न्यानो अंगालो झै लाग्नु
सुंगुरहरुको नियति हो!
यो पदार्थमय संसारमा
मेरो अंश कति सूक्ष्म छ
अनादिदेखि बगेको समयमा
मेरोभाग कति छोटो छ
यो अपार, अगम्य अन्तरिक्षमा
मेरो पात्रता कति नगण्य छ
हरेक प्रश्नका कोटि कोण छन
हरेक उत्तरका पनि
एउटा कोणबाट उत्तर देखिने कुरा
अर्को कोणबाट फेरि प्रश्न बन्छ
किन म बाहिर हेरेर भित्र अशान्त होऊँ?
Just finished reading it. What a journey of consciousness it has been through plants, humans, animals, and insects, and outward into the universe.
I expected a journey from metaphysics to epistemology.
Instead, I found myself travelling in the opposite direction.
In 1882, Nietzsche wrote: “Consciousness is the last and latest development of the organic, and consequently also the most unfinished and least powerful.” Since then, philosophy and science have greatly expanded our understanding. Pollan's 2026 book takes inquiry to new heights.
1
194
but to reconsider our place among other forms of life. What might it mean for a world to appear to a creature whose senses and ways of being are radically different
1
27
टीकाझैं हृदयमा
करुणा फुलोस
जमराझैँ आत्मीयता,
प्रेम, स्नेहका जरामा
मलजल पुगोस
सबैले मनको रावणमाथि
विजय पाऔं
अभावले छेकेको बस्ती सम्म
खुसी पुगोस
एक्लोपनले ढप्कीएका ढोका आत्मीयताको स्पर्शले खुलुन
सबैमा प्रेम, शान्ति र
मानवीय संवेदनाले भरिएको
विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना!
यदि म एआइ भएको भए
कसैको घरको द्रव्य
आचार, स्वर र कसैको तस्विर
कृत्रिम कन्टेन्ट बन्न दीदैनथें
अँध्यारो घरमा दियो
अशक्तको काखीमा बैसाखी
नीरिहको पीठमा ढाढस
र दुखीको घाउमा मलम
बन्थें!
झूटाको गलामा क्यान्सर
अपराधीको हड्डीमा धमिरा
व्यभिचारीको आँगमा तेजाब
र पापीको घरमा डढेलो
हुन्थें!
महंगी हुनै दिन्न
सयदिनमा कायापलट गर्छु
भनेर चुनाव जीत्छ
महंगी भएपछि
भन्छ "भएकै छैन विरोधीको चाल हो"
अप्ठ्यारोमा परेपछि
भन्छ "मेरो कारण महंगी भएको हैन"
कुनै अरु बहाना नपाए पछि
भन्छ "देशको लागि महंगी सहनु पर्छ"
भन्छ "मेरो नीयत राम्रो छ"
सरकार सबै यस्तै हुन
जनता संधै उस्तै हुन!
धुवाँको मुस्लो उठछ
एक भुगोलको चिम्नीहरूबाट
धुवाँले सींगो आकाश तात्छ
अर्को भुगोलका हिमनदी पग्लिन्छन
प्रलयकारि बाढी तेश्रो भुगोल छिर्छ
शहरहरू र जीउज्यान बगाउँछ
आगो एउटाले सल्काउछ
घर अर्कैको खरानीहुन्छ
मान्छे
चिम्नीको धुवाँलाई समृद्धि भन्छ
ध्वस्त भएको भुगोललाई
प्राकृतिक दुर्घटना!
9
312
कुनै पनि सरकारको मन
र मुख उज्यालो हुदैन रहेछ
यसपाला त सरकारले
कालो चश्मा पनि पहिरिएको छ
उ चीन्तित देखिन्छ
र नीधारमा गांठा छन
हतारो गरेर हिंडछ
खल्तिमा हात हाल्छ, निकाल्छ
बेलाबेला दाह्री कन्याउछ
सरकारको दाह्रिमा
जुम्रा त छैनन होला है?
आमाको जस्तो मन भएका
सरकार कहिल्यै कतै आएनन!
छीं न बीन्दु, झीं न बीन्दु…
श्रद्धेय जनकवि दुर्गालाल श्रेष्ठज्यूप्रति भावपूर्ण श्रद्धाञ्जली। उहाँको दिवंगत आत्माले चिरशान्ति पाओस।
भाउजू, सुमनजी, सुरजजी तथा सम्पूर्ण शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।
बाटो अँध्यारो
र लामो थियो उसको
बाटोभरि एउटा मात्र
बिजुलीको खम्बा थियो
कम्मरमा झुण्ड्याएको
घरको साँचो कहा खस्यो
त्यो दिन उसले पत्तै पाएन
घर पुगेर
कम्मर छाम्यो साँचो पाएन!
लामो र अँध्यारो बाटोमा
कहाँ खोज्नु?
ऊ बत्ती नजीक गयो
र खोजिरह्यो
जहाँ उज्यालो थियो
जहाँ साँचो हराएको थिएन!
In 1882, Nietzsche wrote: “Consciousness is the last and latest development of the organic, and consequently also the most unfinished and least powerful.” Since then, philosophy and science have greatly expanded our understanding. Pollan's 2026 book takes inquiry to new heights. – at Frisco, TX
Thank you, Dr. Ivan Wu (@IvanHWu), for this wonderful gift!
I’ve just started reading it and am already looking forward to the journey.
BTW - enjoy your trip back home!
1
1
127
इतिहास साक्षि छ
जुन सरकार आए पनि
दाबी यै गर्छन
“गरिबको पक्षमा छौं”
तर विडम्बना
सबैभन्दा गरिब सरकारै हुन्छ
विचारको गरिब
दृष्टि र दृष्टिकोणको गरिब
खुलापनको गरिब
संकीर्णतामा धनी हुनु पनि
गरिबी हो
बेइजींग देखी वाशीङटन सम्म
गरिब भएर सरकारमा जाने हुन
कि सरकारमा गएर गरिब हुने हुन?
लजाउँदै
रुखको पछाडिबाट
खोलामाथि उदायो
मानौँ यो धरामा
पहिलोपल्ट उदाउँदै छ
सूर्यमुखी फूलहरूले
स्वागतगीत गाए
चराहरूले खुसी थाम्न नसकेर
कहिले रुखमाथि
कहिले तारमाथि ओर्लेर
नाच्दै उत्सव मनाए
धरा दंग छ मानौ
आजै उसले उज्यालो जन्मायो
असतोमा सद...
तमसोमा ज्योतिर्गमय
मृत्योर्मा..!


