Pinned Tweet
Raj Ballav Koirala (राजबल्लभ कोईराला) retweeted
...अहिले साँझमा...
सुर्यास्त भै सके पछि
मलाई घाम देखाईदेउ भन्छ्यौ
तिमी नै भन,
अब मैले घाम कहाँ बाट ल्याउँ ?
“दशैँको शुभकामना”
दशैँमा घर जान नपाएको परदेशी
कल्पनामै भए पनि
पुगेछ गाँउको घर।
अनि देखेछ
आँगनभरी छिरलिएर बसेका
आफ्नै मनका टुक्राहरू।
3
397
दुई पुस्ता,
एउटै दृष्टि।
ऊ हेर्दैछ,
म पनि त्यही बाटो हेर्दैछु
फरक यत्ति हो,
ऊ संसार हेर्दैछ,
म उसको संसार सोच्दैछु।
2
233
म ती व्यक्तिहरूप्रति अगाध सम्मान राख्छु, जो सम्बन्धमा स्वभावैले एक कदम अघि बढेर साँचो माया र आत्मीयता व्यक्त गर्छन्—कुनै बाध्यता वा कर्तव्यबोधले होइन, मनभित्रको दया, सद्भाव र असल भावनाले।
157
पोहोरको कविता ☕️
उमेर हुँदा
रौसी
खाँदै
झ्याप् हुन्थे
साथीले समाल्थ्यो
साथी छ
भनेर नै झ्याप हुन्थे म
आजकल
झ्याप हुन पनि डर लाग्छ
साथी
समुद्र पारी बस्छ
मलाई कसले समाल्छ?!
3
403
प्रविधिले
झ्याङ्गिएको यो समयमा
कहिलेकाहीँ
मेरो याद आयो भने,
र म सञ्जालबाहिर छु भने,
साँच्चै…
कसरी भेट्टाउँछौ मलाई?
269
Before the majestic mountains,
the quiet depth of
lakes and oceans—
what is this small,
fleeting human life?
what do we actually bring?
one swift slide,
one subtle shift
and all our quiet strength
turns into utter helplessness
between nature and us
we always
are the second!
2
360
In the boundless oceans
of thought,
amid the sighs
of waves and tides,
I keep
drowning
endlessly
Into these depths
where I am
so completely immersed,
come,
you too,
and descend
just once
Perhaps
you will feel it
that even this emptiness
has
a music
of its own.
🖊️ RajBKoirala
☕️
मानव सम्बन्धको एउटा निकै महत्त्वपूर्ण र संवेदनशील यथार्थ के हो भने- कुनै पनि सम्बन्ध संवाद र सामिप्यताले सिँचाइ गर्छ। संवाद छैन या सामिप्यता छैन भने, पातलिँदै जाँदा रहेछन् सम्बन्धका धागोहरू...
दूधको बटल वा प्याकेटमा थोरै पानी हालेर हल्लाउँदै, अन्तिम थोपा सम्म निखारेर चियामा हाल्ने साथीहरूलाई "असली नेपाली गुड मर्निङ” ☕️
3
596
हुन त जिन्दगीले तेसै पनि कम बोल्ने बनाउने रहेछ, तर परदेशमा मिल्ने साथीको अनुपस्थित बढो खड्किदो रहेछ यार ।
बद्लिदो सोच र समाज, स्वदेशतीर पनि तेस्तै हो र?
परखना मत, परखने में कोई अपना नहीं रहता।
किसी भी आईने में कोई चेहरा हमेशा नहीं रहता।
बड़े लोगों से मिलने में हमेशा फासला रखना।
जहाँ दरिया समुद्र से मिला, दरिया नहीं रहता।
- बशीर बद्र साहब
6
656
☕️
फुर्सत हुने बित्तिकै
घरको त्यै कुनामा
डुङ्ग्रुङ्ग गरेर बस्छु म
एकाग्रताले
सिद्धार्थलाई मात्रै
बुद्ध बनायो
मलाई पो खै के बनायो
राजबल्लभ कोइराला
6
629
☕️
मुखले "माया छ" भन्नु त
केवल ओठको अभ्यास हो,
तर आँखाको मलिनता पढेर
"के भयो?" सोध्नु
साँचो मायाको आभास हो
संसार व्यस्त छ,
सृष्टि आफ्नै लयमा अभ्यस्त छ,
सबैको आफ्नै स्वार्थ र मियो छ
यहाँ भीड त छ,
तर बुझ्ने मन खै कहाँ छ?
3
427
न कसैसँग बोल्ने,
न कसैलाई सम्झाउने,
न तर्कको भीडमा हराउने,
न जित–हारको खेल खेल्ने।
जिन्दगी बस्
बिना प्रभाव जिउँने—
आफ्नै लयमा,
आफ्नै ढङ्गले,
अनि
शब्दले होईन
मौनताले
संसार र सृष्टि नियाल्ने,
बिना नियन्त्रण,
कसैलाई थाम्न नखोजी,
बस्
बगिरहने जिन्दगीसँग…
आफू पनि
- राजबल्लभ
6
373






