Pinned Tweet
र सबै संग सबै कुरो ठ्याक्कै त कहाँ मिल्छ र? सहमति, विमति, मतभेद यी सब दृष्टिगत आयाम मात्र हुन
यसले ब्यक्तिगत जीवनमा फरक पर्नु हुदैन...
शरीर सङ्गको प्रेम, शारीरिक भोग सङ्गै फिका हुदै अन्त्य हुन्छ।
प्रेम त आत्मा सङ्ग हुनुपर्छ, जो हृदयको अन्तस्करणमा अननतकाल सम्म मधुर भाव बनि प्राणमा महकी रहोस...
मैले गरेको गल्तीहरुमा पनि म खुसी नै थिए
र सोच्ने गर्थे मैले उ सङ्ग प्रेम सुख र खुसी मा जीएको पल अनि यादहरु मेरो जीवनको अनन्त काल सम्म मन भरि सङ्गालेर मुस्कुराउने छु
तर तिनै गल्तीहरुले मलाई घरि घरि गिज्याए जस्तो लाग्छ र मन विक्षिप्त हुन्छ...
जीवन सङ्घर्षमा कैले नथाकेकी नहारेकी म
आफ्नै #मन सङ्गको सङ्घर्षमा गल्दैछु...
अक्सर उनको मायामा #बेवकुफ बनी लुटपुटिन मन लाग्छ
तर कता कता बाट #स्वाभिमान बिचमा आइदिन्छ...
लेख्नु छ एक थान प्रेम कथा
प्रेममा डुबेर निस्सासिएको
प्रेम पिडाले छट्पटिएको
प्रेमको लागि तड्पिएको
प्रेममा भाव शून्य भएको
प्रेम ईर्ष्यामा आत्तिएको
अनि प्रेमिल भावहरुमा
मदहोस भै मात्तिएको,
लेख्नु छ एक थान
मेरो आफ्नै प्रेम कथा...☘️
मन खुसी हुदा संसार खुसी लाग्ने गर्छ,
र आफ्नो मन खुसी हुनु नै त आफु खुसी हुनु रहेछ अनि आफुले आफैलाई प्रेम गर्नु नै प्रेम रहेछ
आफु दुखी भएर, आफै रितिएर अरुलाई प्रेम दिन नसकिने रहेछ...
#स्वार्थी_म #स्वार्थी_मन #स्वार्थी_माया ☘️
