जसले उदेश्ययुक्त मिहिनेत र प्रतिभा-क्षमताको विकासलाई
आफ्नो स्वभाव बनाएको हुन्छ;
जसले के राम्रो के नराम्रो छुट्याउँछ,
जो सिक्न र जान्न प्रयत्नशील रहिरहन्छ,
जो स्वअनुशासन र लगनशीलतामा अविचलित रहन्छ,
भन्छन्, त्यसको जीवन सहज र सुखद हुन्छ।
शुभ होस्!
सुखद र सहज बनोस् जीवन!
तिमी विशेष हौ
विशेष मिहिनेत गरेका छौ
विशेष विचार पुऱ्याएका छौ।
विशेष तयारी गरेका छौ।
विशेष लगन छ
त्यसैले तिम्रो काम विशेष राम्रो हुनैपर्छ।
शुभ कामना!
शुभ होस्!
दिन उत्साहप्रद रहोस्।
सरकार यसरी चल्दैन
यसरी चलाउनखोज्नु हुँदैन
सुशासन यस्तो हुँदैन।
आत्मसमीक्षा हुनुपऱ्यो
गल्ती स्वीकार्नुपऱ्यो र सच्याउनुपऱ्यो
निर्णय गर्ने तरिका फेर्नुपऱ्यो, पारदर्शी हुनुपऱ्यो
र अगाडि बढ्नुपऱ्यो।
देशले स्थायित्वको मौका पाएको छ
कमजोर पार्न भएन
कानून र लोकतन्त्रको सम्मान हुनुपऱ्यो।
जसलाई आफ्नो काममा न्यायोचित गर्व र प्रेम हुन्छ,
जसले आफ्नो काम अरू कसैलेभन्दा राम्ररी गर्न मिहिनेत गर्छ,
त्यो सफल हुन्छ।
त्यो अरूको लागि पनि उदाहरण बन्छ।
त्यसको कामले समाजलाई पनि योगदान पुऱ्याउँछ।
शुभ होस्
अभिवादन!
आफ्नो व्यवस्था आफै गरौँ रे?
तर बुढापाकाले कसरी गर्ने?
अशक्तले कसरी गर्ने?
दीनहीन निर्धनले के गर्ने?
मानिसको परिवार हुन्छ
परिवारको समाज हुन्छ
समाजको देश हुन्छ।
देशको परिवेश हुन्छ।
मानिस एक्लै हुँदैन
ऊ एक्लै हुर्कन र बन्न सक्दैन
आफ्नोमात्र सोचेर बस्न मिल्दैन
हुँदैन।
शुभ होस्!
२१औँ शताब्दी अहङ्कारको शताब्दीझैँ देखिन्छ
मानिसलाई उपदेश पटक्कै मन पर्दैन
ऊ सोच्छ ऊ आफै जान्ने छ।
२१औँ शताब्दी अघिल्लोभन्दा जान्ने छ पनि
तर कति नैतिक छ थाहा छैन।
शुभ होस्!
खाना खाने तयारीमा हुनुहुन्छ?
खाना मात्र स्वस्थ भएर पुग्दैन
भाँडा पनि सफा हुनुपर्छ
हात पनि स्वच्छ हुनुपर्छ।
ध्यान पुऱ्याउनु होला।
उद्देश्य मात्र स्वच्छ भएर कहाँ पुग्छ र
साधन पनि त स्वच्छ हुनुपर्छ।
उपहार राम्रो भएर मात्र हुँदैन
दिँदा सम्मान र प्रसन्नता पनि देखिनु पर्छ।
शुभ होस!
जाडो लाग्यो भन्दैमा सुतिराख्ने होइन
गर्मी छ भन्दैमा हिँड्न छाड्ने होइन।
अनुकूलता - प्रतिकूलता भइरहन्छन्
जीवन भने अविचलित चलिरहनुपर्छ।
शुभ होस्
अभिवादन!
के लेखौँ, के लेखौँ लाग्यो यस्तो लेखियो।
त्यो पनि अङ्ग्रेजीमा।
एआइले अनुवाद गरिदेला।
शुभ रहोस् आजको दिन!
उत्पादक रहोस्,
अभिवादन!
ली क्वान यु घण्टौं भाषण दिन र श्रोताहरूलाई आकर्षित गरिरहन सक्थे। मनग्गे पढ्थे र सरल रूपमा बोल्ने प्रयास गर्थे। भाषण मलयमा शुरू गर्थे, बीचमा चिनियामा र अन्त्यमा अंग्रेजीमा बोल्थे। अंग्रेजीमा उनी निपुण थिए।
म उनको किताब पढ्दै छु। हुनत उनको बाटो नेपाललाई र अब कहिँ पनि उपयुक्त छैन।
40th Letter to Myself
The Central Question
Some established parties are reacting to their recent over-flexibility by swinging toward over-rigidity.
Yet, they should define the primary political questions of their time and shape their strategies and tactics accordingly.
मानिससित सम्मानपूर्ण व्यवहार गर, आत्मीयतासाथ कुरागर।
उसका कुनै असल काम बारे जानकारी छ भने त्यसको सराहनासाथ चर्चा गर।
उसलाई राम्रो लाग्नेछ र तिमीलाई पनि।
यसले दुबैको आआफ्नो काम गराइमा सुन्दरता थप्नेछ।
शुभ होस्!
39th Letter to Myself
Neighbours and Friends
I do not think it is appropriate to introduce concepts like a "third neighbour," a "sky neighbour," or any similar terms.
Yesterday, I was reading a news item about our relations with Russia.
के तिमीले हाँस्न जानेका छौ?
के तिमीले नहाँस्न जानेका छौ?
कहिले हाँस्ने कहिले नहाँस्ने
दुबै जानेका छौ भने राम्रो हो -
स्वास्थ्यका लागि पनि,
स्वस्थ सम्बन्धका लागि पनि।
तर प्रायः हाँस्ने गर!
शुभ होस्!
38th Letter to Myself
Gods
Good morning!
People ask me whether I believe in god. It is a very personal question.
I respect the gods of my wife who were also the gods of my parents.
जब तिमी विफलतामा झुक्दैनौ
जब तिमी सफलतामा झुक्दछौ
तिमी मानिस हौ, राम्रो मानिस।
तिमीलाई नमन!
शुभ होस!











