Omshree Narasingha KC ✨🇳🇵 (@omehz09) header
Omshree Narasingha KC ✨🇳🇵 (@omehz09) profile picture

A humble Nepali citizen who inspires to serve my country and its community with passion and all my strength. 🇳🇵🇳🇵🇳🇵

Kathmandu, Nepal
Joined August 2009
Photo by Omshree Narasingha KC ✨🇳🇵 (@omehz09)Photo by Omshree Narasingha KC ✨🇳🇵 (@omehz09)Photo by Omshree Narasingha KC ✨🇳🇵 (@omehz09)Photo by Omshree Narasingha KC ✨🇳🇵 (@omehz09)Photo by Omshree Narasingha KC ✨🇳🇵 (@omehz09)Photo by Omshree Narasingha KC ✨🇳🇵 (@omehz09)Photo by Omshree Narasingha KC ✨🇳🇵 (@omehz09)Photo by Omshree Narasingha KC ✨🇳🇵 (@omehz09)Photo by Omshree Narasingha KC ✨🇳🇵 (@omehz09)Photo by Omshree Narasingha KC ✨🇳🇵 (@omehz09)
Have no worry about how others may judge you. Only God can judge you. #onlygod #judgenot
5
Omshree Narasingha KC ✨🇳🇵 retweeted
आज ८ मङ्सिर २०८३मा नया पत्रीका दैनिक मा प्रकाशीत " भोटेकोसी बाडी पीडित " बारेको मेरो लेख । पीडित–केन्द्रित’ अवधारणा र थातथलोको रक्षा ​भोटेकोशी–त्रिशूली बाढीपीडित सरोकार समितिका प्रतिनिधिसँगको छलफलले पीडितका वास्तविक पीडा, भावना र व्यावहारिक मागलाई स्पष्ट पारेको छ । सिंहदरबार वा सदरमुकामका वातानुकुलित कोठामा बसेर तयार पारिने ‘टप–डाउन’ योजना र नीतिहरू अब खारेज हुनुपर्छ । ‘माथि’बाट लादिएका परम्परागत र असफल ढाँचाले भुइँमान्छेको मर्म र वास्तविक आवश्यकता बुझ्न सक्दैनन् । त्यसैले, पुनर्निर्माण कुनै शासकीय दया वा अनुकम्पा होइन, पूर्ण रूपमा ‘पीडित–केन्द्रित’ हुनुपर्छ ।nayapatrikadaily.com/news/20…
2
7
436
The Genz movement didn't just happen because of corruption alone. It happened because of the constant impunity enjoyed by the three main parties and their members that were accused of it.
8
Omshree Narasingha KC ✨🇳🇵 retweeted
आदरणीय नुवाकोटका प्रतिनिधि दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक जय नेपाल ! ​आज सम्पन्न हुन गइरहेको ऐतिहासिक नुवाकोट जिल्ला अधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र होइन, हाम्रो सुन्दर र समृद्ध भविष्यको आधारशिला निर्माण गर्ने एक पवित्र महाउत्सव पनि हो। गुट, उपगुट, पक्ष र विपक्षका साँघुरा घेरा वा गिरोहहरू भन्दा माथि उठेर जिल्लाको समग्र विकास, संगठनको सुदृढीकरण र सर्वसाधारण जनताको सपना साकार पार्न सक्षम नेतृत्व आजको प्रमुख आवश्यकता हो। ​तसर्थ, कसैको प्रभाव वा दबाबमा नपरी उम्मेदवारको विगतको अतुलनीय योगदान, उहाँको कार्यक्षमता, जनतामाझको जनप्रियता र वैचारिक योग्यतालाई नै मुख्य आधार मानेर आफ्नो निष्पक्ष स्वविवेक प्रयोग गर्नुहुन हार्दिक आग्रह गर्दछु। ​हाम्रो एउटा विवेकपूर्ण मतले देश तथा नुवाकोटको गरिमामय इतिहास र उज्ज्वल भविष्यको फैसला गर्नेछ। आउनुहोस्, व्यक्तिगत स्वार्थ त्यागेर सत्य, निष्ठा र रास्ट्रीय बैचारिक पुनर्जागरण र रूपान्तरणको पक्षमा आफ्नो अमूल्य मतदान गरौँ। ​जय नुवाकोट ,जय नेपाल !
2
4
11
621
hree months before the catastrophic glacial lake outburst on August 26, MP Arjun Narsingh KC stood in Parliament on May 27, 2026, explicitly warning the government of this impending disaster. Foresight was ignored—action must follow. #GLOFNepal #ClimateAction #DisasterWarning
1
41
The youth have energy and the elders have knowledge and experience. Both should work together in solving complex problems as the great flood of August 26th, 2026. #nuwakotflood #rasuwaflood #nepalgovernment #trishulikhola #nepalflood – at Nepal
1
41
Omshree Narasingha KC ✨🇳🇵 retweeted
परिवारले आफ्नो प्रियजनको पहिचान गर्न र अन्तिम संस्कार गर्न पाउनु केवल कानुनी अधिकार मात्र होइन—यो मानवीय संवेदनाको अन्तिम सीमा, धर्मको आस्था र संस्कृतिको पवित्र कर्तव्य पनि हो। शोकले थिलथिलिएका आफन्तलाई शव एक पटक हेर्न, छोएर बिदाइ गर्न नदिई हतारमा माटोमुनि गाडने राज्यको सोच असक्षम्ता मात्र होइन, मृतकप्रति र जीवित परिवारप्रति गरिएको गहिरो अपमान र संवेदनहीनता हो। यस्तो संबेदनसिल बिसयमा प्रविधि र स्रोतको अभाव देखाएर पन्छिनु पलायनवाद हो। शीतभण्डार, संरक्षण रसायन वा अस्थायी प्रविधि प्रयोग गरेर केही दिन शव सुरक्षित राख्न सकिन्छ। साना प्रक्रियागत झन्झटबाट भाग्ने होइन, नागरिकको पीडा र भावनाको कदर गर्नु राज्यको कर्तव्य हो। कानुनी प्रक्रिया र उपलब्ध प्राविधिक विकल्प अपनाएर परिवारलाई सम्मानजनक अन्तिम बिदाइको मौका दिनु नै न्यायोचित र मानवीय कदम हो। यस विषयमा सरकार गम्भीर बनोस्। शोकमा परेका परिवारको आँसु र मौन पीडामा अरु पिडा थप्ने काम राज्य बाट नहोस।
4
14
1
42
2,591
Omshree Narasingha KC ✨🇳🇵 retweeted
भाद्र १० गते चीनको तिब्बतबाट सुरु भई रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनसम्म फैलिएको अभूतपूर्व कहालीलाग्दो बाढी र जलप्रलयले पुर्‍याएको अपूरणीय क्षतिले सिङ्गो देश स्तब्ध र मर्माहत भएको छ। भौतिक सम्पत्तिको नोक्सानी कालक्रममा पुनर्भरण होला, तर अनायासै जीवन गुमाएका हाम्रा प्रियजनहरूको क्षति सधैँका लागि अपूरणीय रहनेछ। ​एक हजारभन्दा बढी नागरिक अझै बेपत्ता छन् भने हालसम्म दुई सयभन्दा बढी शव भेटिएका छन्। हराइरहेका प्रियजनको पर्खाइमा तड्पिएका परिवारको वेदना शब्दमा व्यक्त गर्न सकिँदैन। ४० किलोमिटर सडक, २४ पुल, ४५० मेगावाट बिजुली, बैंकका शाखा र टेलिफोन टावरहरू सखाप भएका छन्। भौतिक संरचना शुन्यमा झरेको छ। मैले जीवनमा अनेकौँ संकट देखेँ,भोगे तर अनायासै यति कठोर प्रलय आउला भन्ने आँकलन गरेको थिइनँ। ​हामी तल्लो तटीय क्षेत्र (Lower Riparian Side) का भुक्तभोगी पीडित मात्र हौँ। अन्तर्राष्ट्रिय समुदायले यसलाई गम्भीर चासो र संवेदनशीलताका साथ हेर्नु जरुरी छ। यो जलवायु प्रणालीको गडबडीसँग समेत जोडिएको बिसय हो। यश विषयमा बर्षा सुरु हुनु अगिनै पनि सन्सदमा मैले गम्भीरता साथ उठाएको थिए । यस्मा नेपालले पाउनुपर्ने क्षतिपूर्तिका लागि सरकारले अविलम्ब कूटनीतिक पहल गर्नुपर्छ। २ खर्ब रुपैयाँभन्दा बढीको नोक्सानीको अनुमान रहेकाले सरकारले तत्काल विपत्तिको आवश्यक मूल्याङ्कन Post-disaster needs assessment (PDNA) यथा सिघ्र तयार गरी विकास साझेदार र अन्तर्राष्ट्रिय दाताहरूको सम्मेलन आयोजना गर्न अति आवश्यक छ। ​यस हृदयविदारक क्षणमा शोकलाई शक्तिमा बदल्दै धैर्यधारण गर्न म सबैमा विनम्र अनुरोध गर्दछु। अघिपछिका राजनीतिक तथा व्यक्तिगत तिक्तता आग्रह पुर्बाग्रह पन्छाएर सद्भाव र सहकार्यको वातावरण बनाउनु आजको प्रमुख आवश्यकता हो। यस संकटको महासागरबाट मुक्ति दिलाउने प्रयत्नमा हिजै सम्सद मा आफ्नो बिचार प्रस्तुत गरेको थिए र हिजै नुवाकोट जिल्लामा घटना स्थलहरुमा पुग्नु को साथै स्थानीय प्रसासन सग पनि साथिहरुको भावना को प्रतिनिधित्व गरेको थिए । हामी आफ्नो सम्पूर्ण क्षमताका साथ उद्धार र राहतमा समर्पित हुनेछौं । ​उद्धार तथा राहत कार्यलाई द्रुत, संवेदनशील र प्रभावकारी बनाउन सरकारले तत्काल उच्चस्तरीय आपत्कालीन राहत तथा पुनर्निर्माण कार्यदल गठन गरी निम्न कार्यहरूलाई प्राथमिकता दिनुपर्छ: ​एकीकृत खोजी तथा उद्धार: सेना, प्रहरी र स्थानीय प्रशासनको संयुक्त टोलीमार्फत बेपत्ता नागरिकहरूको खोजी कार्यलाई तीव्रता दिने। ​अस्थायी आवास र खाद्यान्न: विस्थापितहरूका लागि सुरक्षित सेल्टर, न्यानो लुगा, खाद्यान्न र शुद्ध खानेपानीको तत्काल प्रबन्ध गर्ने। ​स्वास्थ्य तथा महामारी नियन्त्रण: सम्भावित रोग नियन्त्रण गर्न र घाइतेको उपचारका लागि मोबाइल मेडिकल टोली परिचालन गर्ने। ​पूर्वाधार मर्मत र कूटनीतिक समन्वय: अवरुद्ध बिद्युत गृह सडक तथा पुलको द्रुत मर्मत गर्ने र उत्तरी छिमेकी चीनसँग हिमताल एवं नदीको अवस्थाबारे निरन्तर पूर्वसूचना समन्वय कायम राख्ने। ​यो प्राकृतिक विपत्तिमा सम्पूर्ण राजनीतिक दल, प्रदेश र स्थानीय सरकारहरू विवाद थाती राखेर एकजुट हुनु राष्ट्रिय आबस्यक्ता हो। ​यस महाविपत्तिमा ज्यान गुमाउने सम्पूर्ण दिवङ्गत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ताहरूको कुशल उद्धारको कामना गर्दछु। यो कठिन समयमा धैर्य रहौँ, आपसमा हातेमालो गरौँ र पुनरुत्थानको बाटोमा एक ढिक्का भएर अघि बढौँ।
1
3
2
13
1,069
What a disastrous day for so many people today. In parliament today. #nuwakotflood #rasuwaflood #trishulikhola #nepalgovernment #nepalflood
17
Omshree Narasingha KC ✨🇳🇵 retweeted
आजको (साउन १४ २०८३) शून्य समयमा प्रस्तुबिचार ! आजको ४४ दिन चलेको दुइ अधिवेशनमा प्रधानमन्त्री ७ दिन लगभग २/ ३ घन्टा संसदमा उपस्थित ,स्पष्टीकरणको माग निरन्तर उठिरहँदा प्रमको उपेक्षा र अनुत्तरर्दाइत्व ले संसदको चरम अपमान । यस्तो आत्म केन्द्रीत सोच र अहंकार (Grandiosity) हुकुमी प्रवृत्ति हो। नागरिकका आधारभूत आबस्यक्ता प्रति राज्यको चरम उपेक्षा आत्मदाह र आत्म हत्याको बड्दो क्रम ,सुनसरी,देवानगञ्जको गोली कान्ड र सेना परिचालनको स्थिति दुर्भाग्यपूर्ण मात्र नभही यो धर्म सम्प्रदाय र संस्कृति बिचको हाम्रो एकता र बिशेसता लाई गम्भीर चुनौती पनि हो। सुकुम्बासी र लघुवित्त पीडित बिचल्ली मा छन्। महँगी र आर्थिक मन्दीले जनजीवन कष्टकर छ। तर सरकारमा गाम्भिर्यता देखिन्न । के अत्यधिक बहुमतको सरकारको नयापन भनेको सम्सदीय प्रक्रिया बाट होइन face book status बाट चल्ने हो? समयमा प्रस्तुत बिचार !
3
14
813
Omshree Narasingha KC ✨🇳🇵 retweeted
आजको सम्सद को बिशेश समयमा प्रस्तुत बिचार ! १. सरकारको ‘मधुमास’ अवधि समाप्त भइसकेको छ। अब सरकारको मूल्याङ्कन आश्वासन, प्रचार, भासण र आत्मप्रशंसाबाट होइन, परिणाम, उत्तरदायित्व र उपलब्धिबाट हुनेछ। २. सम्माननीय प्रधानमन्त्रीले जेठ १७ गते संसदमा व्यक्त गरेको भनाइले गम्भीर संवैधानिक, राजनीतिक र संसदीय प्रश्नहरू खडा गरेको छ। त्यसपछिका दिनदेखि संसद निरन्तर यही विषयको बहसमा अल्झिएको छ। लोकतन्त्रमा प्रधानमन्त्रीको अभिव्यक्ति व्यक्तिगत विचार मात्र हुँदैन; त्यो संस्थागत जिम्मेवारी र संवैधानिक संस्कारको प्रतिबिम्ब पनि हो। कसैको पनि स्वभावको बन्दी सार्वभौम संसद हुन सक्दैन,हुनुहुदैन। ३. आज करिब पाँच हप्ता बितिसक्दा पनि प्रधानमन्त्री स्वयंले संसदमा उभिएर स्पष्ट जवाफ दिन आवश्यक ठानेका छैनन्। यो केवल प्रतिपक्षको प्रश्नबाट भाग्ने प्रयास मात्र होइन, सार्वभौम जनताको प्रतिनिधि संस्थाप्रतिको उपेक्षा पनि हो। यही कारणले कैयौं दिनदेखि संसदको शून्य समय प्रभावित भएको छ, जसले सांसदहरूलाई आफ्ना जिल्लाका विकास, जनजीविका र जनताका समस्याहरू उठाउने संवैधानिक बिशेश अधिकारबाट समेत वञ्चित गरेको छ। ४. संसदीय व्यवस्थामा संसद सरकारको निर्माता, नियन्त्रक र आवश्यक पर्दा विस्थापक संस्था पनि हो। संसदको निरन्तर अवमूल्यन र अपमानले लोकतान्त्रिक संस्कारलाई कमजोर बनाउँछ। त्यसैले सम्माननीय प्रधानमन्त्रीले आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टिकरण दिने, आवश्यक परे सच्याउने वा फिर्ता लिने राजनीतिक साहस र परिपक्वता देखाउनैपर्छ। ५. संसदको अपमान प्रतिपक्षको मात्र अपमान होइन; यो सम्पूर्ण संसद, सभामुख संस्था र सार्वभौम जनतामाथिको अपमान हो। यस सन्दर्भमा बेलायतको संसदमा १७ नोभेम्बर २०२१ मा भएको Prime Minister's Questions (PMQs) को घटना स्मरणीय छ। तत्कालीन प्रधानमन्त्री Boris Johnson र विपक्षी नेता Sir Keir Starmer बीच चर्को विवाद हुँदा House of Commons का सभामुख Sir Lindsay Hoyle ले प्रधानमन्त्रीलाई कडा रूपमा रोक्दै भनेका थिए: "Sit down. You may be the Prime Minister of this country, but in this House, I am in charge.तेस्तै भारतको संसदीय इतिहासको सबैभन्दा महत्वपूर्ण उदाहरण मानिन्छ -पहिलो लोकसभा अध्यक्ष गणेश वासुदेव मावलंकरले संसद सरकारको अधीनस्थ संस्था नभई स्वतन्त्र र सर्वोच्च संसदीय निकाय भएको धारणा स्थापित गरे। प्रधानमन्त्री नेहरूले अध्यादेश (Ordinance) को बारम्बार प्रयोग गर्दा मावलंकरले सार्वजनिक रूपमा असहमति जनाएका थिए । यी घटना सम्मानिय सभामुख ज्यु लाई स्मरण मात्र गराउन खोजे को हु। रामायण युगमा जाम्बवानले हनुमानको शक्ति स्मरण गराए जस्तै !अब सभामुख महोदय दृढता साथ प्रधानमन्त्रीलाई संसदमा उपस्थित हुन निर्देशन दिन आग्रह गर्दछु वाहाको अभिव्यक्ति सन्सद को रेकर्ड बाट हटायोस । ६ यी दृष्टान्तहरु ले स्पष्ट गर्छ कि लोकतन्त्रमा प्रधानमन्त्रीभन्दा माथि संसदको गरिमा र नियम हुन्छ। त्यसैले संसदको मर्यादामाथि प्रश्न उठ्ने अवस्था सिर्जना हुँदा त्यसलाई हल्का रूपमा लिनु लोकतन्त्रकै उपहास गर्नु हो।
3
1
14
1,049
We all have our truths. But you do not simply deny your partner's reality. Your partner deserves better. Or else, sooner or later, you will have another partner.
7
You are not alone. You are loved. You are always worth it.
11
Omshree Narasingha KC ✨🇳🇵 retweeted
काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुम्बासी बस्ती हटाउने सरकारी अभियानले अहिले व्यापक बहस र विवाद सिर्जना गरेको छ। सरकारले यसलाई शहरी व्यवस्थापन, सार्वजनिक जग्गाको संरक्षण तथा बाढी जोखिम न्यूनीकरणसँग जोडेर प्रस्तुत गरेको छ। यो स्वागत योग्य र अत्याबस्यक हो। तर यसको कार्यान्वयन शैली मानवीय, कानुनी र सामाजिक दृष्टिले गम्भीर प्रश्नहरूको घेरामा परेको छ। सबैभन्दा ठूलो प्रश्न विकल्पबिनाको विस्थापन हो। वर्षौंदेखि भूमिहीन र विपन्न अवस्थामा बस्दै आएका नागरिकलाई वैकल्पिक आवासको सुनिश्चितता नगरी डोजर प्रयोग गर्नु केवल प्रशासनिक कठोरता मात्र होइन, संवेदनशील राज्यको करुणा र मानबिय दायित्व हीनता पनि हो। सर्वोच्च अदालतले समेत सुकुम्बासी हटाउनुअघि पुनःस्थापनाको स्पष्ट व्यवस्था गर्नुपर्ने उल्लेख गरिसकेको अवस्थामा छोटो सूचना दिएर घरटहरा भत्काइनु न्यायोचित देखिँदैन। सुकुम्बासी समस्या कुनै एक दिनमा पैदा भएको होइन। यो दीर्घकालीन गरिबी, असमानता, बेरोजगारी र राज्यको योजनाहीनता, राजनितिकरण को गम्भीर दुस्परिणाम हो। विभिन्न आयोग र अध्ययन समितिहरू गठन भए पनि वास्तविक सुकुम्बासीको पहिचान, व्यवस्थापन र पुनःस्थापनाका विषयमा प्रभावकारी कार्य हुन सकेन। यस्तो अवस्थामा “पहिले हटाउने, पछि सोच्ने” शैलीले हजारौं परिवारलाई थप असुरक्षित बनाएको छ। यसको प्रत्यक्ष असर बालबालिका, ज्येष्ठ नागरिक, महिला र दैनिक ज्यालादारी गरेर जीवन चलाउने वर्गमा परेको छ। इन्द्र बहादुर राई र रबिन तामाङ आत्मा हत्या गर्न बिबस बनेका छन। अर्कोतर्फ, सार्वजनिक जग्गा र नदी किनार अतिक्रमणमुक्त हुनुअत्यावश्यक विषय हो। अव्यवस्थित बसोबासले वातावरणीय र शहरी जोखिम बढाएको वास्तविकता अस्वीकार गर्न सकिँदैन। तर राज्यले वास्तविक गरिब र योजनाबद्ध अतिक्रमणकारी बीच स्पष्ट भिन्नता गर्न सक्नुपर्छ। सबैलाई एउटै दृष्टिले हेरेर कठोर कदम चाल्नु सामाजिक न्यायको भावना विपरीत हुन्छ। लोकतान्त्रिक शासन व्यवस्थामा राज्यको शक्ति संवेदनशीलता, संवाद ,बिधि र न्यायसँग जोडिनुपर्छ। डोजर आतंक र मुडभेड होइन सहमति र विधि सम्मत समस्या समाधान नखोज्ने प्रवृत्तिले असन्तोष, अविश्वास र सामाजिक तनाव मात्र बढाउने खतरा हुन्छ। त्यसैले सरकारको प्राथमिकता केवल हटाउने होइन, पहिचान, कानुनी व्यवस्थापन, राहत, पुनःस्थापना र दीर्घकालीन समाधानतर्फ केन्द्रित हुनुपर्छ। अन्ततः, सुकुम्बासी समस्या केवल प्रशासनिक विषय होइन, यो मानवीय र सामाजिक न्यायसँग जोडिएको प्रश्न हो। गरिब नागरिकको आश्रय खोस्ने ,आत्म हत्या गर्न बिबस बनाउने होइन, सम्मानजनक जीवनयापनको आधार सुनिश्चित गर्ने जिम्मेवारी राज्यको हो। त्यसैले सरकार संवाद, सहमति र पुनःस्थापनाको स्पष्ट योजनाको खाका सहित अघि बढ्नु नै लोकतान्त्रिक र दिगो समाधानको मार्ग हुनेछ। पृयताबाद भित्रको अहंकारवाद र बिधिबिहिनता ले निरन्कुसता वाद उन्मुख नहोस।
5
2
17
2,451
Omshree Narasingha KC ✨🇳🇵 retweeted
आह्वान गरिसकेको सम्सद रोकेर आज सरकारले ल्याएका संबैधानिक परिसद र सहकारी सम्बन्धित महत्वपूर्ण दुई अध्यादेशले लोकतान्त्रिक संसदीय शासनप्रणाली को सर्बमान्य आदर्स प्रति गम्भीर प्रश्न उठ्नु साथै उपहास गरेको छ। संविधानले अध्यादेशलाई विकल्पहिन अवस्था र अती जरुरी अपवादका रूपमा बाहेक झण्डै २/३ को सरकार ले नियमित विधायिकी प्रक्रियालाई छलेर यसरी प्रस्तुत गर्नुको सट्टा fast tack (द्रुत मार्ग ) अबलम्बन गर्नु उपयुक्त हुन्थ्यो । यी अध्यादेशहरूले कार्यपालिकाको अधिकारमा असन्तुलित वृद्धि र व्यबस्थापिका लाई कम्जोर बनाउदै शक्ति सन्तुलन र नियन्त्रण को सिद्धान्त कमजोर बनाउने दिशा निर्देश गरेको छ। संबैधानिक र कानुनी छिद्र लाई आधार बनाएर यस्तो बाटो अवलम्बन गर्नु संवैधानिक जनप्रतिनिधि संस्था सम्सद को अपमान हो।
2
3
23
1,200
Omshree Narasingha KC ✨🇳🇵 retweeted
हार्दिक वधाई एवम् शुभ कामना ! *************************** ⁦@ArjunNarasingha⁩
1
1
2
7
1,646