Pinned Tweet
के लेखौ खै
लेख्नका लागि कलम उठाउछु
अनि भन्छु के लेखु म
के विषयमा लेखु म
कस्को लागि लेखु म
कसले पढ्छ र मैले लेखेको
कसले पल्टाउने छ र
मेरा ती हरेक चोटले भरिएका
गहकिला पानाहरु
कसले भन्ने छ र
पढेर यो पिडामा छे भनि
कसले देख्ने छ र
लेख्दा लेख्दै
आँखाबाट पानामा आसु खसेको……
❣️पुकुल्टी❣️ retweeted
बाटो हेरिरहनू,
म आइपुग्नेछु
तिम्रो घरको मूलढोकामा।
तर पर्ख, प्रिय!
अझै एउटा घर बनाउनुछ—
इँटा र सिमेन्टको होइन,
विश्वास, प्रेम र समर्पणको।
जहाँ समयले दूरी नबढाओस्,
परिस्थितिले साथ नछुटाओस् अनि
मौनताले पनि माया बोलिरहोस्।❤️
कहिलेकाहीँ हरेक कुरा समस्या लाग्ने रहेछ
जस्तै आज मेरो समस्या म नै हुँ।
हेर्दा जिन्दगि कति सहज देखिन्छ
अनि हेर्दा म कति सरल देखिन्छु
तर ठ्याक्कै बिपरित छ
जिन्दगि कठिन बनाउदै छु
अनि म निकै घमन्डि बन्दै छु।
खासमा मेरो समस्या
घमन्ड होइन।
मेरो समस्या आशाहरु हुन
जुन निरन्तर बढ्दै गएका छन
हरेक सँग
कसैसँग बढि त कसैसँग कम।
अनि त्यसैले त
बढि हुने सँग रिसाउछु,
कम हुने सँग बोल्दिन।
अनि बढि रिसाएर अनि
कम बोलेर नै घमन्डि बनेकि छु।
मेरो घमन्डले नै त
कठिन बन्दै छ जिन्दगि
अनि जिन्दगि कठिन भएर त
समस्या बन्दैछु म
आफ्नै जीवनको समस्या म आफै
#पुकु
म शहरको दृश्य मात्र हेरेर बसेकी
बस्ति डुबेको थाहा छैन मलाई
गाउँ पुरेको थाहा छैन मलाई
बाटो भत्किएको थाहा छैन
म त केवल शहरको……
रात र दिनमात्र हेरेर बसेकि छु😥😥
भन्नु हजुरलाई कस्ति मन पर्छ
म त्यस्तै बनिदिन्छु🤭
मोटि मन पर्छ भने मोटी बन्छु
लुरि मन पर्छ भने लुरी बन्छु
हसीली मन पर्छ हासौला
गमिलि मन परे पनि बनौला
भन्नु हजुरलाई कस्ति मन पर्छ
म त्यस्तै बनिदिउला🤭
मेरो आदत परिवर्तन गर्छु
तर मेरो रुप नै मन पर्दैन भने
त म के भनु🤭
अर्कै खोज्नु😂











