Pinned Tweet
डाक्टरहरु टेक्ने ठाउँ नपाएर विदेश जाँदैछन्,
सरकार डाक्टर नपाएर उत्पादन डबल बनाउदै छ। – at Nepal
रञ्जित🇳🇵 retweeted
हजारौँ न्यूयोर्कवासीहरू हिजो आफ्नो मातृभूमिबाट आएको हृदयविदारक खबरसँगै उठे। नेपाल–तिब्बत सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीले सयौँ जीवन गुमाएको छ, र अझै बेपत्ता भएका प्रियजनहरूको खोजीकार्य निरन्तर जारी छ।
हाम्रा नेपाली र तिब्बती छिमेकीहरूप्रति: आफूले छोडेर आए पनि मन र सम्झनामा सधैँ आफ्नो घर भएर बसिरहने ठाउँ गुमाउँदाको पीडा यो शहरले गहिरोसँग बुझ्दछ । यो दुःख र शोक तपाईहरूले एक्लै बोक्नुपर्दैन। यस कठिन घडीमा न्यूयोर्क शहर तपाईहरूको साथमा छ।
सर्वे नागाः प्रीयन्तां मे ये केचित् पृथ्वीतले।
ये च हेलिमरीचिस्था येऽन्तरे दिवि संस्थिताः॥
ये नदीषु महानागा ये सरस्वतिगामिनः।
ये च वापीतडगेषु तेषु सर्वेषु वै नमः॥
108
A short trip to Puerto Rico … youtu.be/UHT46ID71I0?is=6VJe… via @YouTube
1
235
रञ्जित🇳🇵 retweeted
ए ! हामीले फिल्डमै गएर गरेका सुकुमवासीका रिपोर्टिङ चाहिँ 'भ्रमका भाइरस', अनि सिंहदरबारका कोठाबाट तिमीले सुने/देखेका सबै सत्य ?
हिजोकाहरु यस्तै अहंकारले ढले, आजकालाई चाहिँ मात नचडोस् भनेको, उल्टै दाह्रा पो किटिरहेका छन् । तोइट ।
@KaushalKaphle
रञ्जित🇳🇵 retweeted
मन्त्री र प्रधानमन्त्री संसदप्रति व्यक्तिगत् र सामुहिक रूपमा जवाफदेही हुन्छन।बैठकमा उपस्थित हुने नहुने, जवाफ दिने नदिने यो मन्त्री प्रधानमन्त्रीको स्वेच्छाको विषय नभै संवैधानिक वाध्यता हो।सरकारको नीति कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री आफैले दिनु पर्छ।
रञ्जित🇳🇵 retweeted
यो "नियत ठीक, प्रक्रिया गलत" भन्ने भाष्य spineless equivocation हो । क्रुर प्रक्रिया नै नियत हो, गरिब जनतालाई आतंकित बनाउनु design हो । सरकारको नियत नै खराब हो । गरिबलाई उठिबास लगाउँदै गर्दा अध्यादेशबाट शासन गर्नु नियत र प्रक्रिया दुबै हो ।
रञ्जित🇳🇵 retweeted
हामी तानाशाहीभन्दा पनि फासीवादतिर गैरहेका छौं। फासीवादमा जनता नै तानाशाहीलाई आफ्नो ठानिरहेका हुन्छन्। मैले अहिले सरकारको विरोध गर्दा मेरै साथीभाइ र आफन्तलाई चोट पर्छ!
- दोभान राई
रञ्जित🇳🇵 retweeted
अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला? १ हप्ता? २ हप्ता ? ३ हप्ता ?त्यस्तो के आपत्काल लागेको थियो र १-२ हप्तापनि कुर्न नसकिने?यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ,नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ। यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो।यो तत्काल फिर्ता हुनपर्छ।
जेन्जी आन्दोलनका घाइते मध्य एक जनाको मात्रै डाक्टर बन्ने सपना त थिएन होला, अरु घाइते पनि डाक्टर, इन्जिनियर बन्न चाहे भने सरकारले सिट थपेरै पढाउने हो?
@sasmitp @ShahBalen
3
47
सरकारले स्थापना गर्न खोजेको विधीको शासन कति बलियो छ?
के प्रधानमन्त्रीले ऐन विपरित एक छात्रालाई MBBS पढाउन खोज्दा यो विधीको शासनले रोक्न सक्छ?
2
51
एमालेको संसदीय दल चलाउनु भनेको देश चलाउनु जस्तो चानचुने कुरा हो र ३०-३५ बर्षको केटोलाई विश्वास गर्न?
41
रञ्जित🇳🇵 retweeted
भ्रष्टाचार अन्त्य: समाधानको केन्द्रमा सम्मानजनक आम्दानी
नेपालमा नयाँ सरकार गठनसँगै देशको राजनीतिक बहस फेरि एकपटक भ्रष्टाचार नियन्त्रणतर्फ केन्द्रित भएको छ। लामो समयदेखि जरा गाडेको भ्रष्टाचारले केवल राज्यको स्रोतसाधन मात्र क्षति पुर्याएको छैन, यसले जनताको विश्वास, युवाको भविष्य र समग्र राष्ट्रको विकास यात्रालाई नै अवरुद्ध गरेको छ। नयाँ सरकारले “भ्रष्टाचार अन्त्य” भन्ने नारालाई प्राथमिकतामा राखेको देखिन्छ, तर प्रश्न उठ्छ; के परम्परागत उपायहरूले मात्र यो समस्या समाधान हुन सक्छ?
विगतमा पनि विभिन्न सरकारहरूले भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुन, अनुसन्धान आयोगहरूको सक्रियता, र छापा–कारबाहीजस्ता कदमहरू चाल्दै आएका छन्। तर यस्ता उपायहरू प्रायः सतही उपचारमा सीमित देखिन्छन्। भ्रष्टाचारको वास्तविक जड के हो भन्ने प्रश्नको गहिरो विश्लेषण गर्दा एउटा स्पष्ट तथ्य बाहिर आउँछ; आर्थिक असन्तुलन र न्यून तलब संरचना।
नेपालमा सरकारी कर्मचारीदेखि निजी क्षेत्रका कामदारसम्मको आम्दानी संरचना जीवनयापनको वास्तविक लागतसँग मेल खाँदैन। राजधानी काठमाडौं लगायत शहरी क्षेत्रहरूमा घरभाडा, स्वास्थ्य सेवा, शिक्षा, यातायात र दैनिक उपभोग्य वस्तुहरूको मूल्य निरन्तर बढिरहेको छ। तर तलब वृद्धि त्यसअनुसार भएको छैन। यस्तो अवस्थामा एक इमानदार कर्मचारीले आफ्नो आधारभूत आवश्यकताहरू पूरा गर्न पनि संघर्ष गर्नुपर्छ।
यही आर्थिक दबाब भ्रष्टाचारको प्रमुख प्रेरक बन्छ। जब एक कर्मचारीले आफ्नो परिवारको आवश्यकताहरू पूरा गर्न असमर्थ हुन्छ, तब उसले “सिस्टम” भित्रैबाट अतिरिक्त आम्दानी खोज्न थाल्छ। घुस, कमिशन, सेवा ढिलाइ गरेर लाभ उठाउने प्रवृत्ति; यी सबै व्यवहारहरू व्यक्तिगत नैतिक कमजोरी मात्र होइनन्, ती संरचनागत असन्तुलनका परिणाम पनि हुन्।
यसैले, नयाँ सरकारले यदि साँच्चै भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी हुन चाहन्छ भने, उसले कानुनी कारबाहीभन्दा अघि आर्थिक सुधारलाई प्राथमिकतामा राख्नुपर्छ। विशेष गरी तलब संरचनाको व्यापक पुनरावलोकन अपरिहार्य छ। सरकारी कर्मचारीहरूका लागि मात्र होइन, निजी क्षेत्रका कामदारहरूको न्यूनतम तलब पनि जीवनयापन योग्य स्तरमा पुर्याउन आवश्यक छतलब वृद्धि केवल पैसाको विषय होइन; यो सम्मान, प्रेरणा र आत्मसम्मानसँग जोडिएको विषय हो। जब कर्मचारीले आफ्नो कामको उचित मूल्यांकन भएको महसुस गर्छ, तब उसमा इमानदारीपूर्वक काम गर्ने प्रेरणा बढ्छ।
युवाहरूको सन्दर्भमा यो मुद्दा अझ गम्भीर छ। नेपालका हजारौं युवा हरेक वर्ष राम्रो आम्दानी र अवसरको खोजीमा विदेशिन बाध्य छन्। उनीहरूका लागि विदेश जानु केवल आकर्षण होइन, आवश्यकता बनेको छ। देशभित्रै पर्याप्त आम्दानी, करियर विकास र स्थायित्व नहुँदा “ब्रेन ड्रेन” तीव्र बन्दै गएको छ। यसले राष्ट्रको दीर्घकालीन विकास क्षमतामा गम्भीर असर पारिरहेको छ।
यदि नयाँ सरकारले तलब संरचना सुधार, रोजगारी सिर्जना र निजी क्षेत्रको सुदृढीकरणमा ध्यान दिन सक्छ भने, युवाहरूलाई देशभित्रै अवसर दिन सकिन्छ। प्रतिस्पर्धी तलब र सुरक्षित कार्य वातावरणले मात्र युवाहरूलाई नेपालमै बस्न प्रेरित गर्न सक्छ। यसले न केवल श्रमशक्ति जोगाउँछ, बरु नवप्रवर्तन, उद्यमशीलता र आर्थिक वृद्धिलाई पनि गति दिन्छ।
यससँगै पारदर्शिता र उत्तरदायित्वका संयन्त्रहरू पनि सुदृढ हुनुपर्छ। डिजिटल गभर्नेन्स, ई-प्रोक्योरमेन्ट, अनलाइन सेवा वितरण, र स्वतः अनुगमन प्रणालीहरूले भ्रष्टाचारका अवसरहरू घटाउन सक्छन्। तर यी सबै उपायहरू तब मात्र प्रभावकारी हुन्छन् जब कर्मचारीहरू आर्थिक रूपमा सुरक्षित हुन्छन्। अन्यथा, प्रविधि पनि नयाँ प्रकारका अनियमितताको माध्यम बन्न सक्छ।
अर्को महत्वपूर्ण पक्ष भनेको सामाजिक मानसिकता हो। नेपालमा लामो समयदेखि “पदमा पुगेपछि कमाउने” संस्कार मौलाउँदै आएको छ। यो सोच परिवर्तन गर्नका लागि केवल शिक्षा र नैतिक उपदेश पर्याप्त हुँदैन। जबसम्म प्रणालीले इमानदारीलाई पुरस्कृत र भ्रष्टाचारलाई निरुत्साहित गर्ने वातावरण सिर्जना गर्दैन, तबसम्म व्यवहार परिवर्तन कठिन हुन्छ।
नयाँ सरकारले यदि साहसिक निर्णय लिएर तलब संरचनामा सुधार, कर प्रणालीमा सन्तुलन, र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति ल्याउन सक्छ भने, यसले भ्रष्टाचारविरुद्धको लडाइँमा नयाँ मोड ल्याउन सक्छ। यो सजिलो मार्ग होइन; यसका लागि ठूलो आर्थिक योजना, बजेट व्यवस्थापन र दीर्घकालीन प्रतिबद्धता आवश्यक हुन्छ। यदि नेपालले आफ्ना नागरिकलाई इमानदारीपूर्वक काम गरेर पनि सम्मानजनक जीवन बाँच्न सक्ने वातावरण दिन सक्छ भने, भ्रष्टाचार स्वतः घट्दै जानेछ। त्यस दिन, युवाहरू विदेश जाने सपना भन्दा आफ्नै देश निर्माण गर्ने सपना देख्न थाल्नेछन्। र त्यही दिन, नेपाल वास्तवमै समृद्धि र सुशासनतर्फ अघि बढ्नेछ।
@ShahBalen @party_swatantra @hamrorabi
अरुको राष्ट्रका नाममा संबोधन आउॅछ, हाम्रो प्राणमन्त्रीको राष्ट्रका नाममा र्याप आउॅछ।
दुश्मन हेरेको हेर्यै।
53














