Pinned Tweet
बन्दुक बेच्नेलाई कलमको मूल्य के थाहा
चोट दिनेलाई मलमको मूल्य के थाहा
पैसाका खातिर धर्म परिवर्तन गर्नेलाई
संस्कृति र चालचलनको मूल्य के थाहा
आज बुबाको मुख हेर्ने दिन । सृष्टि सम्हाल्ने र आफ्नो खुसीलाई तिलाञ्जली दिएर सन्तानको संसार सजाउने सम्पूर्ण बाहरूमा कोटी कोटी प्रणाम ।
संसारमा रहनु भएका सबै बाहरूमा दीर्घायुको कामना र सम्झनामा रहनुभएका बाहरूमा हार्दिक श्रद्धासुमन।
तपाईं हाम्रा सबैका बाको जय होस् ।
मेरो कविताको शीर्षक छ भएन ।
यो भएन ।
त्यो भएन ।
ऊ भएन ।
यहाँ भएन ।
त्यहाँ भएन ।
तर
मरे भन्दिनँ,
मेरो
ढंग भएन ।
आज नाग दिवस ।
टाँस्नै परेपछि जुर्मुराएकै नाग टाँस्दा बढी फल मिल्छ । यस प्रकारको नाग अरु नागभन्दा फरक हुन्छ । अरु प्रजातीको नाग टाँस्नलाई गम खोजेर ल्याउनुपर्छ भने यस प्रजातीको नागले आफैँ गम निकाल्छ ।
आफ्नो बुढीलाई माया गर्नुपर्छ त थाहा थियो । तर, औधी धेरै माया गर्न हुँदो रहनेछ भन्ने चाहिँ आज थाहा भयो ।
अहिलेसम्म फेसबुकतिर देखिएका औँलाहरुः-
१. नङ पालेका र नङ पालिस लगाका चिटिक्क परेका औँला
२. नङ नकाटेका काती परेका नङ्ग्राजस्ता औँला
३. गाँठा परेको अदुवाजस्तो गाँठे औँला ।
नङको सफाइमा ध्यान दिऊँ, सफा टाइमलाइन बनाऔँ । धन्यवाद ।
यसलाई विडम्वना नै भन्नुपर्छ म जलेर खरानी भै सकेँ तर तिमी अझै आगो झोसी राखेकै छ्यौ । अब आगो झोस्न छोड है । तिम्रो हात पनि गले होला । मेरा खरानीले तिमी थाकेको कसरी हेर्न सक्छन् र !!
मानिसले सास बन्द भाको त सहनुपर्छ र मर्नुपर्छ । सहन सिकौँ । यो अवधिमा कोभिडमा झैँ लुडौँ खेलौँ, नाइटोको आयतन निकालौँ, तिलको लड्डुमा कतिवटा तिल छन् गनौँ । हस् त धन्यवाद ।
म पूर्ण रुपमा जलिसके पछि मात्र म मरेको खबर उनलाई सुनाइदिनोस् ।
उनी धुँवा सहन सक्दिनन्, म उनको आँखामा आँशु आएको सहन सक्दिनँ ।
