Pinned Tweet
आज मान्छेहरु संसार परिवर्तन गर्ने चाह राख्दैछ्न मलाई भन्न मन लागेकोछ संसार हैन पहिले आफुलाई बदल संसार एक दिन संवत् बदलिने छ ।।
थाहा छैन
मान्छेहरु कसलाई सम्झिन्छन,
कसलाई बिर्सन्छन
तिनीहरु जो उनीहरूको दुखमा
हात बनेर उनका आँसु पुछेका थिए
या
तिनीहरु जसलाई
सुखमा साथि सम्झेर रमाइरहेका छन ।
एउटा ससक्त पुस्तक जसले सोच्न बाध्य बनाउछ,राज्यलाई प्रश्न गर्छ । राज्यका उपेक्षित नजरलाई पहिचान गर्न सिकाउछ र यो महसुस गराउछ कि साच्चै राज्यले असमान व्यवहार गरेको छ र हाम्रो एकता नै यो असमान व्यवहारप्रतिको विद्रोह हो । धन्यवाद लेखक @ppariyar यति ससक्त पुस्तक हामीसम्म ल्याइदिएकोमा
मैले मेरा
हरेक प्रार्थनामा
तिम्रो सलामति
मागेकि छु
सम्बन्धका
हर कसौटिमा
मैले पहिला स्वयमलाई
उभ्याएकि छु
फेरिपनि
प्रेम
किन यति कमजोर पर्छ होला
कहिलेकाहीँ
प्रेम माग्नेहरु नै
किन अग्निपरिक्षा
साँचेर बस्छन होला
काँडा बनेर प्रस्तुत हुन्छन् होला
#उफ
नोभेम्बरका रातहरु
चिसा हुन थालेका छन
हिँउ पाखामा
फूल्न थालेका छन
थाहा छैन
समयको कठोरता बढ्दौ छ कि
चिसो रातको गहिराइ
मान्छेहरुका व्यवहार चिसा
भएपछि
मनसंगको उम्मिद पनि
सकिने रहेछ
हर मौसमले आफ्नो रङ्ग
बदल्छ स्वभाविक हो
तर मान्छेहरु
आफ्नो कुरुपपनलाई
बदल्न नसक्ने रहेछन
#विडम्बना
यो देश यस्ता मान्छेहरुको हातबाट चलिरहेको छ जहाँ न्यायलयको कुनै इज्जत छैन,प्रधानमन्त्री सस्तोमा प्रयोग भइरहेका छन,न्याय पैसामा बिक्री भइरहेको छ,एकजना मान्छेले राज्यका सारा अङ्गहरुलाई हल्लाएको छ,हल्का बनाएको छ तर यसको विरुद्धमा छनविन गर्ने, जवाफ माग्ने काम कहि कतैबाट भएको देखिदैन ।
आरोपितलाई निलम्बन गरेर निष्पक्ष छानबिन थालियोस् onlinekhabar.com/2026/10/204…
प्रीय जुन
कहिलेकाहीँ सोच्छु
तिमि समिप भइराखु
ताराहरुबाट चोरेर
तिमिलाई
आफ्नो संसारमा बसाउ
पूर्णिमासम्म तिमिलाई
कुर्नु पनि असह्य हुन्छ कहिलेकाहीँ
म कायल हुन्छु
तिम्रो उज्यालोसंग, तिम्रो सुन्दरतासंग
तर फेरि खै के सोच्छु
मलाई हराउन मन लाग्छ
तिमिसंगै त्यो औशिको रातसंग ।
थाहा छैन
मान्छेहरु यादको थैलिमा
के बोक्छन
तर म सम्झिन्छु तिमिलाई
प्रेममा,प्रीतमा
भूलेर ति
अमिला क्षणहरु
म हराउछु ति हसिन
पलहरुमा
तिसंगै भएका साथहरुमा
आज कयौं
समय बितेको छ
दिनहरु रातहरु बदलिएर
मौसममा,वर्षमा
परिणत भएका छन
फेरिपनि
म कहिलेकाहीँ हराउन पुग्छु
तिनै पुराना दिनहरुमा।
कहिलेकाहीँ भेटिनु पर्छ
छुट्टिनलाई
यहाँ को र छ
नभेटिकन छुट्टिएको
कहिलेकाहीँ छुट्टिनु पर्छ
प्रेमको निम्ति
प्रेम सहित
मनमा प्रेमको भाव
अनि ओठमा मुस्कान
सहित
भेटिदा आखाँ जुधाउन
सकियोस
मुस्कुराउन सकियो
सन्चो विसन्चो सोध्न सकियोस
हो,
कहिलेकाहीँ भेट्नु पर्छ
छुट्टिनलाई ।।
२०८३ सालको दशै आजका दिनबाट बिदा भएको छ । यो दशैले गाउँसम्म पुर्यायो गाउँसंगका यादहरु ताजा बनायो । ति धानले भरिएका खेतहरु,कोदो फूलेका बारीहरु गाइबाख्रा चराएका बनहरु, त्यो पानि खाने धारा,ति भारी विसाउने चौतारी उस्तै थिए ति सबैले तिनै दिनमा पुर्याए जुन आफ्ना थिए तिमिप्रति आभार दशै ।
प्रीयतम
तिम्रा प्रतीक्षाका पलहरुमा
कयौं पटक
मैले कागज कोरेकी छु
र ती कागजमा छरेकी छु
अनगिन्ती प्रेमभावहरु
तिम्रा निम्ति
रोपेकी छु मैले कयौं फूलहरु
र हुर्काकि छु
तिनलाई सम्पूर्ण प्रेमभाब सहित
प्रत्येक साझ
उदाउने ती ताराहरुसंग
मैले तिम्रा कुरा गरेकी छु
र बाढेकी छु प्रेमका बिजहरु
आज विजया दशमीको पहिलो दिन, घटस्थापनाको पावन अवसरको हार्दिक मंगलमय शुभकामना ! माता दुर्गा भवानीको आशीर्वाद हामी सवैलाई प्राप्त होस ।
कहिलेकाहीँ सोच्छु
सिरमा सजाएको सिन्दुर
किन यति मंहगो पर्छ
शिरको ताज बनेको ऊ
किन पलपल ओरालो लाग्छ
प्रेमको डोरले बाध्दाबाधै पनि
किन कोहि बाध्यताको
सिमामा अढिन पुग्छ
विश्वास बनेको ऊ
किन हेर्दाहेर्दै
भरोसा विहिन बन्दै जान्छ
किन कोहि प्रेमको
मन्दिरमा तुच्छ हुन मन पराउछ
उफ!!
एउटा सम्बन्धमा
कयौ नदेखिने कुराहरु हुन्छन
कतिबेला कुन बोलि
छुरा बन्ने हो
कतिबेला कुन
व्यवहारले मनै चुढाल्ने हो
केहि थाहा छैन
सम्बन्ध जोडिसकेपछि
सहजै कहाँ छुटिजाला र
"यति त हो"
भन्दाभन्दै जिन्दगी सकिएला
फेरि पछुताउने ठाउँ
कहाँ रहयो र !
हिजोआज
सम्बन्ध के हुन
प्रेम के हो
शुन्य भएको छ मस्तिष्क
प्रेम वास्तविक भन्दा पर
कहि छ
प्रेमप्रतिको भ्रम पनि
यसरी नै टुट्दै छ
म आफै
प्रेमको केन्द्रविन्दुवाट
पर रहेर
वास्तविकताको धरातरमा
बाँच्न चाहन्छु
मात्र आफूसंग समाहित भएर ।







