Narayan Ghimire (अथर्ववेदाचार्यः) (@TalkVeda) header
Narayan Ghimire (अथर्ववेदाचार्यः) (@TalkVeda) profile picture

@TalkVeda. Chair - Canadian Vedic Heritage. Food & Drug Scientist; अथर्ववेदाचार्यः TalkVeda, VedicBhela, CanadianReporters

Toronto, Ontario
Joined November 2009
Photo by Narayan Ghimire (अथर्ववेदाचार्यः) (@TalkVeda)Photo by Narayan Ghimire (अथर्ववेदाचार्यः) (@TalkVeda)Photo by Narayan Ghimire (अथर्ववेदाचार्यः) (@TalkVeda)Photo by Narayan Ghimire (अथर्ववेदाचार्यः) (@TalkVeda)Photo by Narayan Ghimire (अथर्ववेदाचार्यः) (@TalkVeda)Photo by Narayan Ghimire (अथर्ववेदाचार्यः) (@TalkVeda)Photo by Narayan Ghimire (अथर्ववेदाचार्यः) (@TalkVeda)Photo by Narayan Ghimire (अथर्ववेदाचार्यः) (@TalkVeda)Photo by Narayan Ghimire (अथर्ववेदाचार्यः) (@TalkVeda)Photo by Narayan Ghimire (अथर्ववेदाचार्यः) (@TalkVeda)
नेपाली भान्सा नै उत्तम औषधालय हो' भनेर कुरा गर्नेहरू त धेरै भेटिन्छन्। तर यो कसरी हो भन्ने कुरा प्रमाणसहित बुझ्न चाहेमा यो १,२२१ पृष्ठको वैज्ञानिक पुस्तक अवश्य पढ्नुहोस्। स्थानीय पुस्तकालयमा यसलाई प्रिन्ट गरेर वा डिजिटल प्रति उपलब्ध गराएर धर्म कमाउने अवसरको सदुपयोग गर्न सक्नुहुन्छ। Free download link: dn721806.ca.archive.org/0/it… हामी आफैँलाई यस्ता पुस्तक पढ्ने खासै जाँगर नचल्ने यथार्थबिच कम्तीमा इच्छुक पाठकको हातसम्म यसलाई निःशुल्क पुर्‍याएर पुण्य कमाउने सुनौलो अवसर छ भन्न खोजेको हो — तिहारको पावन अवसरमा 'कार्तिक दान' स्वरूप। जय होस्!
11
1
53
1,860
सूर्यले बालेको दियो मेरा प्रिय मित्रहरू, आज म तपाईंलाई एउटा यस्तो कुरा सुनाउँछु जुन सुन्दा कथाजस्तो लाग्छ, तर यो कथा होइन। यो आकाशमा साँच्चै घटिरहेको घटना हो। तिहारको साँझ सम्झनुहोस्। तपाईंले आँगनभरि दियो बाल्नुभयो। घरको पेटी उज्यालो भयो, भर्‍याङ उज्यालो भयो, आँगनको डिल उज्यालो भयो। तर आँगन सकिएपछि? त्यसपछि गाउँको बाक्लो अँध्यारो सुरु हुन्छ। तपाईंको उज्यालोको एउटा सिमाना छ। त्यो सिमानासम्म तपाईंको घर हो, त्यसपछि राति हो। अब आँखा चिम्लेर यही दृश्यलाई आकाशमा उचाल्नुहोस्। हाम्रो सूर्य पनि दियो नै हो। तर यो दियोले प्रकाश मात्र छर्दैन। यसले आफ्नै शरीरका साना साना कणहरू पनि चारैतिर फ्याँकिरहेको हुन्छ, निरन्तर, एक क्षण नरोकी। त्यो कणहरूको बहावलाई वैज्ञानिकहरू सौर्य हावा (Solar Wind) भन्छन्। यही हावाले सूर्यको वरिपरि एउटा विशाल फोका बनाएको छ। त्यो फोकाभित्र पृथ्वी छ, चन्द्रमा छ, मंगल छ, बृहस्पति छ, हाम्रो सम्पूर्ण सौर्यमण्डल छ। त्यही फोकालाई हेलियोस्फियर (Heliosphere) भनिन्छ, अर्थात् सूर्यको घर। र त्यो घर सकिएपछि? त्यसपछि ताराहरूबीचको चिसो, कालो, खाली अन्तरिक्ष सुरु हुन्छ, जसलाई अन्तरतारकीय अन्तरिक्ष (Interstellar Space) भनिन्छ। त्यही हो आकाशको गाउँ, जहाँ हाम्रो दियोको उज्यालो पुग्दैन। अब मानिसलाई प्रश्न उठ्यो। हाम्रो घरको आँगन कहाँ सकिन्छ? त्यो सिमाना कस्तो देखिन्छ? सन् २००८ मा नासाले एउटा सानो उपग्रह आकाशमा पठायो, जसको नाम थियो IBEX (Interstellar Boundary Explorer), अर्थात् सिमाना खोज्ने यात्री। त्यसको काम एउटै थियो। सौर्यमण्डलको पर्खालबाट फर्किएर आएका कणहरू पक्रनु, र तिनको नक्सा बनाउनु। वैज्ञानिकहरूको अनुमान के थियो थाहा छ? उनीहरूले सोचेका थिए, दियोको उज्यालो टाढा जाँदै गर्दा जसरी विस्तारै, एकनासले मधुरो हुँदै अँध्यारोमा बिलाउँछ, सूर्यको हावा पनि त्यसैगरी किनारमा पुगेपछि चुपचाप हराउँदै जान्छ होला। कुनै हिसाबले, कुनै गणितले त्यहाँ अनौठो केही हुन्छ भनेको थिएन। तर जब IBEX ले पहिलो नक्सा पठायो, कोठामा सन्नाटा छायो। त्यहाँ एकनासको मधुरोपन थिएन। त्यहाँ आकाशको छाती चिर्दै एउटा लामो, चम्किलो, धारिलो उज्यालो फित्ता तन्किएको थियो। वैज्ञानिकहरूले त्यसलाई रिबन (Ribbon) नाम दिए। जुन ठाउँमा सबैभन्दा कम उज्यालो हुनुपर्ने थियो, ठ्याक्कै त्यहीँ सबैभन्दा बढी चमक देखियो। अब यसलाई बुझ्न फेरि तिहारमै फर्कौँ। मानौँ तपाईंले ढोकामा दियो बाल्नुभयो। उज्यालो बाहिर अँध्यारोतिर गयो र हरायो, तपाईंलाई यस्तै लाग्यो। तर रातको अँध्यारोमा, तपाईंले नदेखेको ठाउँमा, कसैले एउटा विशाल ऐना ठड्याइदिएको रहेछ। अब के हुन्छ? तपाईंको दियोको उज्यालो त्यहाँ पुग्छ, ऐनामा ठोक्किन्छ, र हराउनुको साटो फेरि तपाईंकै आँखामा फर्किन्छ। सिमानामा उज्यालो घट्नुको साटो झन् चम्किन्छ। आकाशमा पनि त्यस्तै ऐना रहेछ। हाम्रो सौर्यमण्डलभन्दा बाहिरको अन्तरिक्षको आफ्नै चुम्बकीय शक्ति (Interstellar Magnetic Field) छ। सूर्यका कणहरू जब किनारमा पुग्छन्, त्यही चुम्बकीय क्षेत्रसँग ठोक्किन्छन्। ठोक्किएपछि तिनीहरू हराउँदैनन्। तिनीहरू नयाँ रूप लिन्छन्, र फेरि पृथ्वीतिर नै फर्किन्छन्। फर्किएका त्यही कणहरूलाई IBEX ले पक्रियो, र त्यही पक्राउले हामीलाई हाम्रो घरको पर्खाल देखायो। मित्रहरू, यो कुरा सानो होइन। हामी सोच्थ्यौँ, पृथ्वी हावा र बादलको घेराभित्र मात्र सुरक्षित छ। तर अब थाहा भयो, पृथ्वीभन्दा धेरै धेरै पर, हामीले कहिल्यै नदेख्ने ठाउँमा, एउटा अदृश्य पर्दा छ। त्यो पर्दाले ब्रह्माण्डबाट आउने घातक किरणहरू (Cosmic Rays) लाई रोक्छ, मोड्छ, फर्काउँछ। त्यो पर्दा नभएको भए पृथ्वीमा जीवन यति सजिलै फुल्ने थिएन। अर्थात् हाम्रो घरको वरिपरि दियोको माला छ, र त्यो माला सूर्यले आफैँ बालेको छ। अब म तपाईंलाई अलि पुरानो कुरातिर लैजान्छु, तर सावधानीका साथ। म यो भन्न गइरहेको छैन कि ऋषिहरूसँग दूरबीन थियो वा उपग्रह थियो। त्यो भन्नु झूट हुन्छ, र झूटमाथि अडेको श्रद्धा धेरै दिन टिक्दैन। म केवल यति भन्छु कि उनीहरूले आकाशलाई हेर्ने जुन तरिका अपनाएका थिए, त्यो तरिकाले उनीहरूलाई एउटा चित्र दिएको थियो, र त्यो चित्र आज अचम्म लाग्ने गरी मिल्दो देखिन्छ। ऋग्वेदको पहिलो मण्डल, पैँतिसौँ सूक्तमा ऋषि हिरण्यस्तूप आङ्गिरस भन्छन्: आ कृष्णेन रजसा वर्तमानो निवेशयन्नमृतं मर्त्यं च। हिरण्ययेन सविता रथेन देवो याति भुवनानि पश्यन्॥ अर्थ सरल छ। सविता, अर्थात् सूर्य, कालो रजको बीचबाट आफ्नो सुनौलो रथ लिएर हिँडिरहेका छन्, र अमर तथा मरणशील दुवैलाई आआफ्नो ठाउँमा स्थापित गर्दै सम्पूर्ण लोकलाई हेरिरहेका छन्। त्यो कालो रज के हो? ऋषिले देखेको त्यो अँध्यारो माध्यम, र विज्ञानले भनेको अन्तरतारकीय बादल (Local Interstellar Cloud), दुवै एउटै ठाउँको कुरा गरिरहेका जस्ता लाग्छन्। र निवेशयन् भन्ने शब्द झन् मार्मिक छ। निवेशयन् भनेको बसाल्नु, घेरामा राख्नु, सुरक्षित ठाउँमा स्थापित गर्नु। सूर्यले जीवनलाई एउटा घेराभित्र बसालेको छ भन्ने भाव यहाँ छ। त्यही सूक्तको अर्को मन्त्रमा भनिएको छ कि सविताको तेजले नै द्यौलोक र पृथ्वीलोकलाई बाँधेको छ, येना वि रोदसी बबन्धे। बबन्धे, अर्थात् बाँध्यो। उज्यालोले बाँधेको घेरा, उज्यालोले कसेको फित्ता। IBEX ले देखाएको त्यो चम्किलो फित्तालाई सम्झिँदा यो शब्द एक्कासि नयाँ लाग्छ। अथर्ववेदको तेह्रौँ काण्डको रोहित सूक्तमा पनि यही भाव छ। त्यहाँ सूर्यलाई आकाशमा टाँसिएको एउटा गोलो थाल मानिएको छैन। सूर्यको प्रभाव जहाँसम्म पुग्छ, त्यो सम्पूर्ण घेरालाई नै आदित्य मण्डल मानिएको छ। सूर्य भनेको पिण्ड होइन, सूर्य भनेको क्षेत्र हो। यो दृष्टि आफैँमा ठूलो हो। मित्रहरू, म तपाईंलाई यहाँबाट एउटै कुरा लिएर जान अनुरोध गर्छु। वैज्ञानिकहरूले त्यो रिबन किन भेट्टाए? किनभने उनीहरूले आफ्नो अनुमानलाई सत्य मानेनन्। उनीहरूले सिमानातिर हेर्ने आँखा पठाए। जे पाइयो, त्यो उनीहरूकै अपेक्षाविपरीत थियो, तर उनीहरूले त्यसलाई लुकाएनन्। उनीहरूले आफ्नै पुरानो सोच सच्याए। अनि ऋषिहरूले के गरेका थिए? उनीहरूले पनि हेरेका थिए। बाहिर होइन, भित्र। तर हेर्ने साहस उस्तै थियो। अहिले हामीसँग दुवै छन्। उपग्रहको आँखा पनि, र ध्यानको आँखा पनि। खतरा एउटै छ। हामी हेर्न छोडेर केवल विश्वास गर्न थाल्यौँ भने, न विज्ञान बाँच्छ, न वेद। आज रात बत्ती निभाएर एक छिन आकाश हेर्नुहोस्। त्यो कालो देखिने ठाउँ खाली छैन। त्यहाँ तपाईंको घरको पर्खाल छ, र त्यो पर्खालमा उज्यालोको एउटा फित्ता झुन्डिएको छ, जुन तपाईंले कहिल्यै देख्नुहुन्न, तर जसले तपाईंलाई हरेक क्षण जोगाइरहेको छ। जे देखिँदैन, त्यो छैन भन्ने निष्कर्ष सबैभन्दा हतारको निष्कर्ष हो। सन्देशको एउटा दियो मात्र हो, पूरै माला होइन। हाम्रो आँखाले नभ्याएको ठाउँमा पनि संसार छ, त्यसैले नदेखेकै आधारमा छैन भन्ने फैसला नगर। यो दीपावलीको बौद्धिक पक्ष हो। तर तिहारको सन्देश यत्तिमा सकिँदैन, किनभने तिहार बुद्धिको मात्र पर्व होइन। मेरो दृष्टिमा मानवजातिका लागि तिहारको सन्देश चार दियोको माला हो। पहिलो दियो, नदेखेको कुरालाई इन्कार नगर। सौर्यमण्डलको त्यो पर्खाल हामीले हजारौँ वर्षदेखि देखेका थिएनौँ, तर त्यसले हामीलाई हरेक क्षण जोगाइरहेकै थियो। जीवनमा पनि यस्तै छ। आमाको निद्रा, बाबुको मौन परिश्रम, मित्रको प्रार्थना, यी कुनै पनि आँखाले देखिँदैनन्, तर यिनै घेराभित्र हामी सुरक्षित छौँ। जे देखिँदैन, त्यो छैन भन्ने निष्कर्ष सबैभन्दा हतारको निष्कर्ष हो। दोस्रो दियो, उज्यालो आफैँ बाल्नुपर्छ, मागेर पाइँदैन। तिहारमा कसैले आकाशबाट उज्यालो झारिदिँदैन। हरेक घरले आफ्नै दियो बाल्छ, आफ्नै हातले, आफ्नै तेलले। अँध्यारोसँग गुनासो गर्नेले कहिल्यै उज्यालो देख्दैन। उज्यालो गुनासोबाट होइन, सलाईबाट जन्मन्छ। तेस्रो दियो, आफ्नो उज्यालोले छिमेकीको आँगन पनि छुनुपर्छ। दियोको सबैभन्दा सुन्दर गुण के हो थाहा छ? एउटा दियोबाट अर्को दियो बाल्दा पहिलोको ज्योति रत्ति पनि घट्दैन। ज्ञान यस्तै हो, माया यस्तै हो, क्षमा यस्तै हो। बाँड्दा घट्ने भए त्यो सम्पत्ति मात्र हो, त्यो उज्यालो होइन। चौथो दियो, र यो तिहारको सबैभन्दा मौलिक सन्देश हो, उज्यालोको घेरा मान्छेमै सीमित राख्नु हुँदैन। संसारका धेरै पर्वमा मानिसले मानिसलाई सम्झिन्छ। तिहारले कागलाई सम्झन्छ, कुकुरलाई सम्झन्छ, गाईलाई सम्झन्छ, गोवर्धनको रूपमा माटो र प्रकृतिलाई सम्झन्छ, अनि म्ह पूजाको रूपमा आफैँलाई सम्झन्छ, र अन्त्यमा भाइटीकाको रूपमा सम्बन्धलाई सम्झन्छ। एउटै पर्वले चराबाट सुरु गरेर आफ्नै भित्रसम्म यात्रा गर्छ। यस्तो परिकल्पना संसारमा धेरै थोरै छ, र यही नै नेपालले मानवजातिलाई दिन सक्ने सबैभन्दा ठूलो उपहार हो। दियो त्यही हो जसले आफू जलेर अरूलाई देखाउँछ, र तिहार त्यही पर्व हो जसले चराको थालीदेखि आफ्नै आत्मासम्म उही उज्यालो पुर्‍याउँछ। बाहिरको अँध्यारोसँग नडराऊ, किनभने जे देखिँदैन त्यो छैन भन्ने निष्कर्ष सबैभन्दा हतारको निष्कर्ष हो, र भित्रको अँध्यारोसँग नहार, किनभने त्यसलाई हटाउने एउटै दियो तिम्रै हातमा छ। असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय, मृत्योर्मा अमृतं गमय॥ ॐ शान्तिः शान्तिः शान्तिः॥
1
4
10
488
हामीले केही समयअघि नै आज मुलुकमा के भइरहेको छ र त्यसको चुरो कारण के हो भन्नेबारे प्रस्तुत गरेका वैदिक तर्कहरू यहाँ भेटिनेछन्। Download Free ebook in pdf: dn720900.ca.archive.org/0/it… सत्य कहिल्यै नासिँदैन। झुट निकै छोटो समय मात्र टिक्छ, त्यो पनि ठूलो स्वर गरेर।
1
1
6
385
शुभ दीपावलीमा धर्म कमाउने अवसर: यो पुस्तक डाउनलोड गरी तपाईँको नजिकका कम्तीमा दुई जना कक्षा ९ र १० का विद्यार्थीको हातमा पुर्‍याइदिनुहोस्। हुन सक्छ, उनीहरूले यसलाई रुचिपूर्वक पढून्। Ebook Link for Free download: dn711104.ca.archive.org/0/it… जय होस्!
1
3
9
391
ऐनामा हेरौँ, हामी कता जाँदैछौँ ? हिजो भारतको आँखाबाट दुनियाँ हेर्ने मोडल थियो। आज पाकिस्तान हुँदै मुनिर मोडल (सेनाले पर्दा पछाडिबाट देश चलाउने बाटो) को दृष्टिमा बाँधिने मुलुक बन्ने खतरा छ। यो भविष्यवाणी होइन, चेतावनी हो। १. आगो लगाउने हात नै पाइप समातेर पानी हाल्न बोलाइन्छ घरमा आगो लाग्यो। आगो लगाउनेहरू नै पाइप समातेर आए, "हामी निभाउँछौँ" भन्दै। अनि गाउँभरि ताली बज्यो। नेपालमा यही भइरहेको छ। बिस वर्षसम्म प्रशासनमा बसेर देशलाई यो हालतमा पुर्‍याउने सारथि (मार्गदर्शक) हरू आज त्यही देशको सुधार कसरी गर्ने भन्ने गोष्ठीका प्रमुख वक्ता छन्। राजनीतिमा बसेर देश डामाडोल पार्नेहरू नै "समाधान" बाँडिरहेका छन्। पत्रकार र विज्ञ भनिनेहरूले यही बिग्रेको व्यवस्थालाई वर्षौँ जनअनुमोदन (जनताको नाममा सहमति) को ठप्पा लगाए, तिनै आज टिभीमा बसेर बाटो देखाउँछन्। रोगीको औषधि रोग फैलाउने डाक्टरकै हातमा छ। २. कागजको सहर, कागजको सपना तिनैका विचारमा बनेका कागजी योजना र नीतिलाई "देश कायापलट गर्ने गौरवशाली योजना" भनेर घोषणा गरिन्छ। भवन बन्दैन, तर नक्सा सजिलो पारेर छापिन्छ। जनता पनि भरौटे (चाकरी गर्ने) हरूको तालीमा लय मिलाउँछ। यो तालीले आशा होइन, चिहानको ढोका खोल्दैछ। ३. कर्मचारी तन्त्र: "कति आउँछ ?" फाइल सर्छ, तर कमिसनको गन्धले सर्छ। जनताको काम होइन, "मलाई कति आउँछ ?" भन्ने नियत पूरा भएपछि मात्र सरकारी मेसिन घुम्छ। गरिब किसानले एउटा कागजका लागि महिनौँ धाउँछ। दलालले एकै दिनमा त्यही काम गराउँछ। यही हो हाम्रो "व्यवस्था"। ४. संसद: कुर्सी छ, चिन्ता छैन संसद गयो, कुम्म मेरा (गरिमा देखाउने पोज) गर्‍यो, पहिरन देखायो, फेसबुकमा फोटो हाल्यो, अनि कस्तो देखियो भनेर लाइक गन्न बस्यो। मन्त्री र सांसद पद अब जनताको सेवा होइन, सामाजिक सञ्जालको तुजुक (शान देखाउने साधन) बनेको छ। सहकारी ठगी होस् वा सार्वजनिक ठगी, अपराधले दागिएको हिजोको इतिहासबाट उन्मुक्ति (छुटकारा) चाहिएको छ सबैलाई। जनताको पीडा सुन्ने कान कसैसँग छैन, सबैलाई बोल्नु छ। ५. न्यायालय: जहाँ संरक्षण नै सबैभन्दा ठूलो अपराध हुन्छ आजसम्मको भ्रष्टाचारलाई अन्तिम सुरक्षा कवच दिने ठाउँ यदि न्यायपालिका नै हो भने जनताले कहाँ जाने ? भित्र पस्नै अनेक सम्झौता गर्नुपर्ने संस्थाले के दिन्छ ? आफ्नै डीएनए (मूल चरित्र) दिन्छ। ६. मिडिया: पत्रकारिता कि पत्रु-कारिता ? हरेक दलालको आफ्नै पत्रकारिता छ। हरेक बिचौलियाको आफ्नै युट्युब च्यानल छ। तिनले समाज सुधार्दैनन्, बरु निराशाको खेती गर्छन्। वकिल होस् वा व्यवसायी, सबैको मूल्य एउटै प्रश्नले तोक्छ: "पहिले मलाई के ?" ७. चुनाव: नतिजा पहिल्यै लेखिसकिएको नाटक स्थानीय चुनावको लागि अलिकति हलचल देखिन्छ। तर नतिजा पहिलेजस्तै लगभग तय छ। जनता फेरि ठगिनेछ, फेरि रिसाउनेछ, र फेरि त्यही इतिहास झन् छिटो दोहोरिनेछ। ८. यो देशमा इज्जत कमाउने नयाँ तरिका तपाईँलाई आफ्नो बदनाम गर्नु छ भने सजिलो उपाय छ। सरकारी नियुक्ति खानुहोस्, दुई दिन सरकारी गाडी चढ्नुहोस्। त्यसपछि जीवनभर सञ्चार र सामाजिक सञ्जालले लगाएको लाञ्छनाको भारी बोकेर हिँड्नुहोस्। जो आज भौमन (देवदूत जस्तो देखिने) बनेका छन्, तिनै छिट्टै राक्षस बन्दैछन्। अन्त्यमा: भयानक सम्भावना यही बाटो रहिरह्यो भने जेलमा पाहुना बढ्नेछन्, मुलुक पाकिस्तानी मोडलतिर धकेलिनेछ, र सबैभन्दा बढी चकित भारत र नेपालका पूर्वराजा हुनेछन्, यो लगभग निश्चित देखिन्छ। सोच्नुहोस्। यो आगो आज अरूको घरमा देखिन्छ, तर यो हाम्रै छानामा सल्किँदैछ। जनता मौन बसे भने इतिहास हामीलाई माफ गर्ने छैन।
158
सर्वोच्च अदालतको आदेश: गाँजा खेतीको कानुन बनाउने सम्बन्धमा (मुद्दा नं. ०७९-WO-०९९४, संयुक्त इजलास: न्यायाधीश डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ) १. यो मुद्दा के हो? अधिवक्ता सरोज अधिकारी र ऋगेन्द्र गिरी (नेपाल फार्म व्यवसायी संघको तर्फबाट) ले सर्वोच्च अदालतमा रिट (अदालतलाई गरिने विशेष निवेदन) हालेका थिए। उनीहरूले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, कृषि मन्त्रालय, स्वास्थ्य मन्त्रालय, कानुन मन्त्रालय, नेपाल प्रहरी लगायत १४ वटा निकायलाई विपक्षी बनाएका थिए। उनीहरूको माग: "सरकारले गाँजा खेती, उत्पादन, बिक्री, प्रयोगमा लगाएको रोक हटाउन चाहिने नियम बनाओस्, र अदालतले सरकारका नाउँमा परमादेश (काम गर भन्ने आदेश) जारी गरिदेओस्।" २. सर्वोच्च अदालतले के निर्णय गर्‍यो? अदालतले निवेदकको पूरा माग मानेन र आधा मात्र मान्यो। (क) नमानेको भाग: गाँजालाई "अपराध होइन" भन्ने बनाइदिने (गैरअपराधीकरण) आदेश अदालतले दिएन। कारण: कुन काम अपराध हो र कुन होइन भन्ने कानुन बनाउने काम संसद (व्यवस्थापिका) को हो, अदालतको होइन। यसलाई शक्ति पृथक्करणको सिद्धान्त भनिन्छ। (ख) मानेको भाग: सरकारले ५० वर्षदेखि एउटा कानुनी जिम्मेवारी पूरा गरेको छैन भन्ने अदालतले ठहर गर्‍यो। त्यसैले अदालतले सरकारलाई नियम बनाउन आदेश दियो। ३. सरकारले के गल्ती गरेको रहेछ? सन् १९७६ (वि.सं. २०३३) को लागू औषध (नियन्त्रण) ऐन को दफा ४ मा यस्तो लेखिएको छ: गाँजा खेती, बिक्री, सेवन गर्न पाइँदैन। तर पश्चिमी पहाडी भेगमा आफैँ उम्रने जङ्गली गाँजाबाट चरेस बनाउन सरकारले नियम बनाएर अनुमति दिन "सक्नेछ।" औषधि र वैज्ञानिक अनुसन्धानका लागि पनि सरकारले छुट दिन सक्ने व्यवस्था दफा ५ र ६ मा छ। कानुनले बाटो खोलिदिएको थियो, तर सरकारले ५० वर्षसम्म एउटा पनि नियम बनाएन। त्यसैले ऐनको त्यो व्यवस्था कागजमै सीमित भयो। सरकारको बचाउ थियो: "ऐनमा 'सक्नेछ' लेखिएको छ, 'पर्छ' लेखिएको छैन, त्यसैले नबनाए पनि हुन्छ।" अदालतले यो तर्क मानेन। अदालतको भनाइ: कानुनमा कुनै व्यवस्था राखेपछि त्यसलाई चल्ने बनाउनु सरकारको कर्तव्य हो। कानुनको कुनै पनि वाक्य बिना उद्देश्य राखिएको हुँदैन। "सक्नेछ" भनिए पनि वर्षौंसम्म नियम नबनाउनु कानुनलाई बेकार बनाउनु हो। ४. आदेशको मुख्य सार (अदालतले के भनेको छ) अदालतले यस्तो आदेश दियो: यो आदेश पाएको मितिले ३ महिनाभित्र सरकारले निम्न काम गर्नुपर्छ: औषधीय, वैज्ञानिक अनुसन्धान, कृषि/बागवानी र औद्योगिक प्रयोजनका लागि गाँजाको खेती, उत्पादन, प्रशोधन, भण्डारण, प्रयोग, बिक्री-वितरण र निकासी-पैठारी गर्न इजाजतपत्र/अनुमति दिने नियमावली, मापदण्ड र कार्यविधि बनाउने। अनुमति नलिई गाँजाको गैरकानुनी खेती, उत्पादन, बिक्री आदि गर्न नपाउने गरी कडा नियमन र निगरानीको व्यवस्था बनाउने। यी सबै काम लागू औषध ऐन, २०३३ र संयुक्त राष्ट्रसंघको सन्धि (Single Convention on Narcotic Drugs, 1961) को भावनाविपरीत नहुने गरी गर्ने। साथै, मनोरञ्जनका लागि गाँजा सेवन गर्न दिने कुरामा अदालतले आदेश दिएन। तर यो विषयमा विशेषज्ञ र सरोकारवालासँग व्यापक छलफल गरेर कानुन सुधार गर्ने बारे सोच्न सरकारको ध्यानाकर्षण गराएको छ। ५. अदालतले यो निर्णय किन गर्‍यो? (कारणहरू सरल भाषामा) १. सन्धिले गाँजा पूरै बन्द गर भनेको छैन। संयुक्त राष्ट्रसंघको १९६१ को सन्धिले गाँजा औषधि, अनुसन्धान, औद्योगिक (रेसा/बीउ) र बागवानी प्रयोजनमा नियन्त्रित रूपमा प्रयोग गर्न दिन्छ। २. नेपालले सन्धिमा आरक्षण राखेको थियो। सन् १९८७ मा सन्धिमा सामेल हुँदा नेपालले "गाँजा, चरेस आदिको गैरऔषधीय प्रयोग र त्यससम्बन्धी उत्पादन, व्यापार केही समय अनुमति दिन पाउने अधिकार" सुरक्षित राखेको थियो। ३. नेपालको आफ्नै ऐनले पनि औषधीय प्रयोगलाई मान्यता दिएको छ। ऐनमा "औषधोपयोगी गाँजा" को परिभाषा छ, र चिकित्सकको सिफारिसमा लागू औषध प्रयोग गर्न मिल्ने प्रावधान छ। ४. ५० वर्षसम्म नियम नबनाउनु गल्ती हो। यसले गर्दा नेपालले गाँजाको औषधीय र वैज्ञानिक प्रयोगबाट किञ्चित् पनि फाइदा लिन सकेन। ५. अन्य देशले बाटो देखाएका छन्। क्यानडा, उरुग्वे, न्युजिल्यान्ड, अमेरिकाका धेरै राज्य, भारतका केही राज्य (उत्तराखण्ड, उत्तर प्रदेश, हिमाचल, ओडिशा) ले नियन्त्रित खेतीको व्यवस्था गरेका छन्। ६. संसदको काम अदालतले गर्न मिल्दैन। सबै खालका गाँजा प्रयोगलाई अपराध होइन भन्ने (गैरअपराधीकरण) काम संसदले गर्ने हो। ७. गाँजाका जोखिम पनि वास्तविक छन्। अदालतले WHO र अन्य अध्ययनको हवाला दिँदै लत, सम्झने शक्तिमा कमी, किशोर-किशोरीमा असर जस्ता खतरा औंल्याएको छ। त्यसैले "कडा नियन्त्रणसहितको" बाटो नै ठीक भनेको हो। ६. राज्यले कानुन मान्ने भए अव को-कसले के गर्नुपर्छ? तल संलग्न एट्याचमेन्ट हेरौ । ७. उदाहरणले बुझौँ उदाहरण १: गाउँको किसान "रामे" रामेको खेतमा आमाबाजेको पालादेखि भाङ्ग उम्रिन्छ। आजको दिनमा उसले यसलाई खेती गर्‍यो भने ऐनअनुसार अपराध ठहरिन सक्छ। आदेश पछि: सरकारले ३ महिनाभित्र नियम बनायो भने रामेले सरकारी निकायमा दर्ता गरेर इजाजतपत्र लिन सक्छ। उसले औद्योगिक रेसा (धागो, कपडा, कागज बनाउने) वा औषधीय प्रयोजनका लागि तोकिएको क्षेत्रमा खेती गर्न पाउँछ। तर: इजाजत बिना खेती गर्‍यो भने अहिले जस्तै कारबाही हुन्छ। उदाहरण २: स्कुलको नियम स्कुलको नियममा लेखिएको छ: "प्रधानाध्यापकले खेलकुद कोठा खोल्न सक्नेछन्।" तर ५० वर्षसम्म खोलेनन्। विद्यार्थीले सोध्यो, "खोल्नुहोस् न।" प्रधानाध्यापकले भने, “'सक्नेछन्' लेखिएको छ, 'पर्छ' लेखिएको छैन।” यहाँ अदालतले भन्यो: नियममा त्यो वाक्य किन राखिएको हो? उपयोग गर्नलाई हो। ५० वर्ष नखोल्नु गल्ती हो, अब ३ महिनाभित्र खोल्नुपर्छ। यही सरकारसँग भएको हो: "नियम बनाउन सक्नेछ" लेखिए पनि बनाउँदै नबनाउनु गलत हो। उदाहरण ३: संसद र अदालतको काम विद्यालयमा नियम बनाउने काम शिक्षक समितिको हो, नियम पालना भए /नभएको हेर्ने काम प्रधानाध्यापकको। प्रधानाध्यापकले आफैँ नयाँ नियम बनाउन मिल्दैन। त्यस्तै, कानुन बनाउने काम संसदको हो, नियम चलाउने काम सरकारको, र नियम पालना भए/नभएको हेर्ने काम अदालतको। त्यसैले अदालतले "गाँजा अपराध होइन" भनेर कानुन नै बदलिदिएन, तर "सरकार, आफ्नो कर्तव्य पूरा गर" भनेर आदेश दियो। ८. यो आदेशले के गर्दैन? (गलत बुझाइबाट बच्न) ❌ गाँजा खुला रूपमा बेच्न वा सेवन गर्न मिल्छ भनेको होइन। ❌अहिले नै कसैलाई गाँजा खेती गर्न छुट मिलेको होइन। ❌मनोरञ्जनका लागि गाँजा सेवन वैध भएको होइन। ✅ सरकारले नियम बनाएपछि मात्र, इजाजतपत्र लिएर, औषधि/अनुसन्धान/उद्योग/कृषिका लागि गाँजा खेती गर्न पाइने बाटो खुल्छ। ९. एक वाक्यमा सार सर्वोच्च अदालतले गाँजालाई "अपराध होइन" भनेन, तर सरकारले ५० वर्षसम्म गाँजा खेतीका नियम नबनाएर गल्ती गरेको ठहर गर्दै ३ महिनाभित्र औषधि, अनुसन्धान, कृषि र उद्योगका लागि इजाजतपत्र दिने कडा नियम बनाउन आदेश दियो। १०. केही ध्यान दिनुपर्ने कुरा आदेश जेठ ४, २०८२ (सन् २०२५ मे) को मितिमा भएको देखिन्छ। ३ महिनाको म्याद आदेश पाएको मितिदेखि गनिन्छ। सरकारले साँच्चै नियम बनायो/बनाएन भन्ने कुरा यो कागजबाट थाहा हुँदैन, त्यो छुट्टै जाँच गर्नुपर्छ। यो सरल व्याख्या हो। कानुनी प्रयोजन (मुद्दा, व्यापार, खेती इजाजत) का लागि पूरा आदेश र वकिलको सल्लाह लिनुहोस्। लिखित आदेशको अन्तिम पृष्ठमा अदालतले टिपोट र पूर्णपाठबारे छुट्टै टिप्पणी लेखेको छ: मिसिल कागजात नष्ट भएकाले निर्देशिकाअनुसार निर्णय तयार गरिएको हो। मेरो टिप्पणी यस आदेशको सबैभन्दा ठूलो कमजोरी यसको आन्तरिक विरोधाभास हो। अदालतले एकातिर गाँजालाई अपराध होइन भन्ने आदेश दिन आफूले मिल्दैन, यो संसदको काम हो भनेको छ। अर्कातिर, "सक्नेछ" भन्ने शब्दलाई "पर्छ" मा बदलेर सरकारलाई तीन महिनाभित्र नियमावली बनाउन बाध्य पारेको छ। तर एउटा "सक्ने" अधिकारलाई "गर्नैपर्ने" दायित्वमा बदल्नु आफैँमा विधायिकी मनसायको व्याख्या विस्तार गर्नु हो, जुन शक्ति पृथक्करणको त्यही सिद्धान्तसँग टकराउँछ जसको हवाला अदालतले माग अस्वीकार गर्न दिएको छ। यही अदालतले अन्य मुद्दामा "गर्न सक्ने" भन्ने शब्दावलीले दायित्व सिर्जना गर्दैन भनेको उदाहरण (उपभोक्ता अदालत र बाल अदालतको मुद्दा) लाई यहाँ फरक ढङ्गले लागू गरेको छ, र त्यो फरकको ठोस कारण आदेशमा स्पष्ट रूपमा खुलाइएको छैन। दोस्रो कमजोरी, ऐनको दफा ४ को प्रतिबन्धात्मक वाक्यांशले "पश्चिमी पहाडी भेगमा आफैँ उम्रने जङ्गली गाँजाबाट चरेस उत्पादन" मात्र सम्बोधन गर्छ। तर अदालतले यही सीमित व्यवस्थाबाट खेती गरिने गाँजा, औद्योगिक हेम्प, बागवानी र निकासीसम्मका लागि इजाजतपत्र दिने नियमावली बनाउन आदेश दिएको छ। यसले ऐनको भाषाभन्दा निकै अगाडि गएको देखिन्छ। दफा ६ र दफा २४ ले केही बाटो दिए पनि जङ्गली गाँजा र खेती गरिने गाँजाबीचको भिन्नता आदेशमा पर्याप्त रूपमा सम्बोधन भएको छैन। तेस्रो, आदेशमा तीन महिनाको म्याद तोकिएको छ, तर "कडा नियमन र निगरानी संयन्त्र" के हो, कुन निकायले के गर्ने, कसले इजाजत दिने, र नियम नबनाएमा के हुने भन्ने कुरा स्पष्ट छैन। कुन मन्त्रालय मुख्य जिम्मेवार हो भन्ने तोकिएको छैन; आदेश सामान्य रूपमा "विपक्षीहरू" का नाममा जारी भएको छ। यस्तो अस्पष्टताले कार्यान्वयन फेरि अलपत्र पर्ने जोखिम छ, जसरी ५० वर्षसम्म भयो। म्याद नाघेमा अदालतको अवहेलना कसरी लाग्ने भन्ने कुराको कुनै संकेत छैन। चौथो, आदेशले आफैँ स्वीकार गरेको छ कि उचित कानुन बनाउन थप अध्ययन चाहिन्छ, र नीति अनुसन्धान प्रतिष्ठान तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययन अझै प्रकाशन प्रक्रियामा छ। संसारमा वास्तवमै कवाड संस्थाका रूपमा बदनाम भएका तत्कालीन नीति अनुसन्धान प्रतिष्ठान तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् दुवै गाँजाको अध्ययन गर्न र रिपोर्ट दिन अनुभवी संस्था होइनन्। कुनै पनि व्यावहारिक ज्ञान र अनुभव नभएको त्यस्तो संस्थाको बुद्धिविलासी रिपोर्टलाई दुनियाँले मान्दैन। अदालतले त्यसको रिपोर्टलाई अधिक आधार मानेको देखिँदा आदेश आफैँ अपरिपक्व रिपोर्टको आधारमा बनेको भन्ने अन्तर्राष्ट्रिय बुझाइ रहन्छ। आदेशले आफैँ स्वीकार गरे अनुरुप विश्वास गर्न सकिने सस्था र अनुभवी र विज्ञ समुह मार्फत अध्ययन पूरा नहुँदै तीन महिनाको कडा समयसीमा तोक्नु व्यावहारिक रूपमा कठिन देखिन्छ, र नियम हतारमा बने कमजोर नियन्त्रणको जोखिम रहन्छ, जुन जोखिमबारे आदेश स्वयंले स्वास्थ्य र सामाजिक असरको लामो चर्चा गरेको छ। अन्त्यमा, आदेशको पूर्णपाठ मिसिल कागजात नष्ट भएकाले टिपोट र इजलासको अभिलेखका आधारमा तयार गरिएको छ भन्ने टिप्पणीले यसको प्रमाणिकता र पूर्णतामाथि प्रश्न उठाउँछ। यसले गर्दा आदेशका तर्कहरू कुनै ठाउँमा छुटेका हुन सक्ने सम्भावना रहन्छ। यी सबै कमजोरीका बावजुद, आदेशको मूल भावना (नियन्त्रित, औषधीय र औद्योगिक प्रयोगको बाटो खोल्नु) सकारात्मक छ, तर कानुनी तर्कको निर्माण र कार्यान्वयनको स्पष्टतामा यो आदेश कमजोर देखिन्छ।
1
232
हाम्रो निर्धारित समयभन्दा केही ढिलो भए तापनि यो बर्षको दशैँ र तिहारको लागि यी पुस्तकहरू हजुरहरूको सेवामा निःशुल्क उपलब्ध गराउने हाम्रो प्रयास सफल भएको छ। साधन र स्रोतको व्यवस्था गर्दै वेदका गहन पक्षहरू समेटिएका यस्ता पुस्तकहरू यहाँहरूमाझ पुर्‍याउने हाम्रो प्रयास निरन्तर जारी रहनेछ। हामीलाई हजुरहरूको शुभकामना र ईश्वरको कृपा सधैँ मिलिरहोस् भन्ने कामना गर्दछौँ। ॐ शान्ति: शान्ति: शान्ति:।
1
14
432
+ हाम्रो निर्धारित समयभन्दा केही ढिलो भए तापनि यो बर्षको दशैँ र तिहारको लागि यी पुस्तकहरू हजुरहरूको सेवामा निःशुल्क उपलब्ध गराउने हाम्रो प्रयास सफल भएको छ। साधन र स्रोतको व्यवस्था गर्दै वेदका गहन पक्षहरू समेटिएका यस्ता पुस्तकहरू यहाँहरूमाझ पुर्‍याउने हाम्रो प्रयास निरन्तर जारी रहनेछ। हामीलाई हजुरहरूको शुभकामना र ईश्वरको कृपा सधैँ मिलिरहोस् भन्ने कामना गर्दछौँ। ॐ शान्ति: शान्ति: शान्ति:।
47
वेदमा विज्ञान: वैज्ञानिक समालोचना (Science in the Vedas: A Critical Scientific Analysis) Download Free PDF e-Copy: ia600405.us.archive.org/2/it… वेद भनेको केवल पूजापाठ र कर्मकाण्डको ग्रन्थ हो कि प्रकृति, जीवन र चेतनालाई बुझ्ने गहिरो ज्ञानको भण्डार? यही प्रश्नको उत्तर खोज्ने प्रयास हो यो पुस्तक। अथर्ववेदाचार्य नारायण घिमिरेले क्यानडामा खाद्य तथा औषधि वैज्ञानिक (Food and Drug Scientist) का रूपमा काम गर्दाको अनुभव र वैदिक अध्ययनलाई जोडेर यसमा ७१ अध्याय र एक विशेष खण्ड समेटेका छन्। पुस्तकको सुरुमा आस्तिक र नास्तिक (orthodox and heterodox) शब्दको वास्तविक अर्थ, ज्ञानलाई बेच्ने वस्तु होइन, बाँड्ने दान मान्ने वैदिक भावना, र "वेदमा विज्ञान" अभियानको उद्देश्य राखिएको छ। त्यसपछि वर्णप्रणाली, वेदमाथि भएको सामाजिक अतिक्रमण, कुरीति र नयाँ पुस्ताले वेदलाई कसरी हेर्नुपर्छ भन्ने विषय आउँछन्। बिचका अध्यायले जीवनका गहिरा प्रश्न छोएका छन्। शून्य र अनन्तता (zero and infinity), सुख, दुःख र आनन्द, कर्मको फल, "म" लाई चिन्ने बाटो, गीताका सत्त्व, रज र तम गुण, सपना किन आउँछ, दायाँ र बायाँ मस्तिष्क (right brain and left brain) जस्ता विषयमा वेदको दृष्टि र आधुनिक विज्ञान एकसाथ राखिएका छन्। शिवजीको रूपको भावार्थ, देवीदेवताको पूजा कति वैज्ञानिक छ भन्ने चर्चा पनि यहीँ पाइन्छ। स्वास्थ्यसम्बन्धी खण्डमा आयुर्वेद (Ayurveda) लाई ऊर्जामा आधारित औषधि प्रणालीका रूपमा हेरिएको छ। चरक संहिता र महामारी, खोप विकासमा आयुर्वेदिक दृष्टिकोण र आत्मबलविना आरोग्य सम्भव छैन भन्ने कुरा पनि यहीँ छन्। नारीको स्थान, भ्यालेन्टाइन दिवस र आयुर्वेदिक प्रेम पनि छुटेका छैनन्। जीवन र मृत्युको रहस्य यस पुस्तकको अर्को ठूलो भाग हो। शरीर मर्दैमा मानिस मर्दैन, प्राणीमा आत्मा हुने वैज्ञानिक पुष्टि, मृत्यु के हो र मृत्युपछिको यात्रा कस्तो छ भन्ने विषय त्यहाँ छन्। साथै रैथाने धामीझाँक्री उपचार प्रणाली र गुरुकुल शिक्षा पनि पाइन्छन्। मन्त्र (mantra) सम्बन्धी अध्यायमा मन्त्रको शक्ति, गायत्री मन्त्र, दसैँको मन्त्र र बीज मन्त्रलाई कोडिङको पहिलो आइडियाका रूपमा हेरिएको छ। सिमुलेशन परिकल्पना (simulation hypothesis) पनि यहीँ छ। अन्तिम भागमा वेदमा भौतिक विज्ञान, जैव प्रविधि (biotechnology), सूक्ष्म कण र सूक्ष्मजीव विज्ञान (microbiology) का पाँच अध्याय र पर्यावरणीय सूक्ष्मजीवविज्ञान छन्। पुस्तकको विशेष खण्ड "ब्रह्माण्ड: वैदिक दृष्टि" मा हिरण्यगर्भ र नासदीय सूक्त, ब्रह्माण्डको आकार, युग र कल्पको कालचक्र, ज्योतिष वेदाङ्ग र आर्यभटको योगदान समेटिएका छन्। यो पुस्तक अन्धविश्वास र अन्धो विरोध दुवैबाट टाढा रहेर प्रश्न सोध्न सिकाउँछ। विद्यार्थी, शिक्षक, वैज्ञानिक र वेदका जिज्ञासु पाठक सबैका लागि यो सरल भाषामा लेखिएको छ। प्रायः जसो शब्दसँगै अंग्रेजी अर्थ ब्र्याकेटमा दिइएकाले नेपाली र विज्ञान दुवै सँगै सिक्न सकिन्छ।
1
2
6
269
नेपाली रैथाने तिहार INDIGENOUS NEPALI TIHAR · FROM ROOTS TO SCIENCE FREE PDF e-COPY DOWNLOAD Link: ia601606.us.archive.org/13/i… तिहारको दियोभित्र तीनवटा संसार बलिरहेका छन्: आकाशको गणित, चेतनाको दर्शन र आँगनको जीवन। यो पुस्तकले सूर्यसिद्धान्तका १४ अध्याय र ५०० श्लोक, शिवसूत्रका ७७ सूत्र र तिहारका पाँच दिनलाई एउटै धागोमा उनेर पाठकको हातमा पुर्‍याउँछ। प्रत्येक श्लोक र सूत्र चार तहमा खुल्छ: नेपाली अर्थ, शास्त्रीय व्याख्या, वैदिक सन्दर्भ र वैज्ञानिक दृष्टि। तिथि, ग्रहण र छायाको गणित आफ्नै आँगनमा प्रमाणित गर्न चाहने, चैतन्य र भाषाको दर्शन दैनिक जीवनमा उतार्न चाहने र काग, कुकुर, गाई, गोरु र भाइटीकाको कारण बुझेर पर्व मनाउन चाहने हरेक पाठकका लागि यो पुस्तक जरादेखि विज्ञानसम्मको सजिलो मार्गदर्शक हो। पुस्तकमा के छ ? खण्ड एक: सूर्यसिद्धान्त (Sūryasiddhānta): मध्यम गतिदेखि ग्रहण, ग्रहयोग, भूगोल र यन्त्रसम्म, चौध अध्यायमा कालको गणित। खण्ड दुई: शिवसूत्र (Śiva Sūtras): चैतन्य, भाषा र बन्धनमुक्तिका ७७ सूत्र, तीन उन्मेषमा। खण्ड तीन: तिहार (Tihar): काग, कुकुर, गाई, गोरु र भाइटीकाका पाँच दिनमा समय, ध्यान र हेरचाह।
3
208
पुस्तक: वर्तमानद्वारा विगतको पुनर्लेखन (Rewriting Yesterday From Today) पहिलो संस्करण: १५ फेब्रुअरी २०२६ निःशुल्क पिडिएफ (ई-कपी) प्राप्त गर्ने लिङ्क: ia600703.us.archive.org/17/i… यो पुस्तक किन पढ्ने? यो प्रश्नको जवाफ मसँग छैन। तर यो पुस्तकले विशेष गरी जीवनको मानसिक होस् वा भौतिक कारागारको चार पर्खालभित्र आत्ममन्थन गरिरहेका, अथवा जीवनको कुनै मोडमा दुवै प्रकृतिका कारागारको कठोर अनुभवबाट गुज्रिएका व्यक्तिहरूको मनमा उब्जने प्रश्नहरूलाई सम्बोधन गर्दछ। साथै, जसले आफ्नो विगतको कुनै एउटा भूलका कारण आफूलाई सधैँका लागि 'दोषी' वा 'अभागी' ठानिरहेका छन् - तिनीहरूका लागि समेत यो उपयोगी छ। समयको क्यालेन्डर फर्काएर हिजो घटिसकेको भौतिक घटनालाई मेटाउन नसकिए पनि, त्यो घटनाले मनमा छोडेको घाउलाई निको पार्दै भविष्यको दिशा बदल्ने साँचो कसरी आफ्नै हातमा पूर्ण रूपमा रहन्छ भन्ने रहस्य यसले सिकाउँछ। भगवद्गीता (४.३७) को उद्घोष छ - "ज्ञानाग्निः सर्वकर्माणि भस्मसात्कुरुते तथा"; अर्थात् ज्ञानको यस्तो पावन अग्नि आजै प्रज्वलित गर्नुहोस्, जसले तपाईंले आफ्नो जीवनबाट मेटाउन चाहेको कालो इतिहासलाई पखालेर आजैबाट नयाँ र स्वर्णिम जीवनको पुनर्लेखन गर्न सहयोग गरोस्। जब तपाईंको आजको कर्मले हिजोको विगतलाई सच्याउने तागत बोक्दछ, तब त्यसैभित्र तपाईंको सुन्दर भविष्यको निश्चितता पनि स्वतः जोडिएर आउँछ। यो कुरा कुनै खेलाँचीमा भनिएको होइन। पूर्वीय वेदान्तको कर्मयोग, आधुनिक स्नायुविज्ञान (Neuroplasticity) र क्वान्टम भौतिकशास्त्र तीनवटै पक्षबाट यो आश्चर्यजनक एवं क्रान्तिकारी सत्य एकै स्वरमा पुष्टि हुन्छ। तपाईंको वर्तमानको एउटा सचेत सङ्कल्प, सच्चा प्रायश्चित्त र ज्ञानको उज्यालोले हिजोको विगतसमेत सच्याउने सामर्थ्य कसरी राख्दछ भन्ने विधि यसले देखाउँछ। तपाईंको आजको कर्मले कसरी सम्पूर्ण विकारलाई खरानी बनाई हिजोलाई सच्याएर आज र भोलिलाई स्वर्णिम बनाउँछ? हिजोको भूल तपाईंको जीवनको अन्तिम फैसला होइन, त्यो त जागरणको प्रस्थानविन्दु मात्र हो भनी प्रमाणित गरिदिने त्यो दिव्य ज्ञान तपाईंसम्म पुगोस् भनी मैले यो पुस्तक लेख्ने निश्चय गरी तपाईंसामु निःशुल्क उपलब्ध गराउने प्रयास गरेको हुँ। यो पुस्तक अब तपाईंको हातमा छ। यसलाई कसरी ग्रहण गर्ने, त्यो तपाईंको आफ्नै विवेकले निर्णय गरोस्। यहाँको जीवनमा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।
2
174
पुर्व शैनिक प्रमुख समेत रहेका बिपक्षी दलका तर कुनै अचम्म भएन भने भावी प्रधानमन्त्री गादी आइजेनकोट भन्दै छन् : लिकुद र नेतान्याहुले निर्वाचन परिणामलाई अवैध साबित गर्न सुनियोजित तथा संगठित अभियान सुरु गरेका छन्। त्यसलाई विफल पारिदिने हाम्रो योजना मुताविक निर्धारित योजना अनुसार हुने नेसेटको सपथ ग्रहण समारोह जुन समयमा तोकिएको हो त्यहि समयमा हुन वाट एक पल पनि यताउता हुन दिने छैन। मेरा साथीहरू, अबको एक हप्ता वा दश दिनभित्रै इजरायल राज्यमा नयाँ नेसेटको सपथ ग्रहण हुनेछ। जीवन, पुनरुत्थान र परिवर्तनको पक्षमा १९ जना अरब नेसेट सदस्यहरू सहित ६७ जना सदस्यहरू हुनेछन्। यो उनको नयाँ निर्मित मोर्चा भयो । यति हुँदा उनि दोश्रो ठुलो पार्टी भएपनि सरकार बनाउन बहुमत पुग्छ । विपक्षी खेमामा रहने कुल ५३ जना सांसदहरू मध्ये १४ जना " कानुनले अनिवार्य गरेको सैन्य सेवा छल्ने जायोनवादी विरोधी" (anti-Zionist draft dodgers) हुने छन् । साथै विपक्षी खेमाका जसमा बाँकी ३९ जना बेन्जामिन नेतान्याहु, लिकुद पार्टीका अन्य सदस्यहरू तथा उनीहरूका दक्षिणपन्थी र धार्मिक-राष्ट्रवादी गठबन्धन साझेदारका सांसदहरू पर्छन् तिनीहरु "मसिहावादी, भ्रष्ट र सरासर पागलहरू" को झुण्ड हरु रहने छन् । त्यसैले आउनुहोस्, फेरि मुस्कुराऔं, मानवीयता, नैतिकता, विवेकशीलता र मानव जाति प्रतिको प्रेममा फर्कौं । मानवीयता, नैतिकता, विवेकशीलता र मानव जाति प्रतिको प्रेम आदि अव फेरी इजरायली संसद्‌मा फर्कने छ । र हामी सबैको जीवनमा पुनः वहार आउने छ ।
ראש הממשלה הבא, גדי איזנקוט, בהצהרה מיוחדת: "הליכוד ונתניהו יצאו למסע מתוזמר ומאורגן ליצירת דה-לגיטימציה לתוצאות הבחירות. לא אאפשר חריגה של סנטימטר מהשבעת הכנסת כמתוכנן." חברותיי וחבריי, עוד שבוע-עשרה ימים, תושבע במדינת ישראל כנסת חדשה. בגוש החיים, התקומה והשינוי יהיו 67 חברי כנסת מתוכם 19 חברי כנסת ערבים, בצד השני יהיו 53 חברי כנסת מתוכם 14 חברי כנסת משתמטים אנטי ציונים, כל השאר אצלהם משיחיסטים, מושחתים וסתם מטורללים. אז בואו נחזור לחייך, האנושיות, המוסר, השפיות ואהבת האדם, יחזרו לפרלמנט הישראלי כמו גם לחיים של כולנו ❤️🙏 @gadi_eisenkot
2
6
2,383
आधार बलियो भए मात्र शिखर चढ्न सकिन्छ विज्ञान, प्रविधि तथा नवप्रवर्तनका दुई अध्यादेश: पूर्ण होइनन्, तर सही सुरुवात हुन् प्रिय मित्रहरू, घर बनाउँदा पहिलो दिन नै सुन्दर झ्याल, रङ र बगैँचाको कुरा गर्ने मानिस हामी कोही हुँदैनौँ। पहिले जग (foundation) हाल्छौँ। जग देखिँदैन, तर माथिका सबै तला त्यसैमा अडिन्छन्। जग अलि साँघुरो भए पनि बलियो र सही दिशामा छ भने पछि तला थप्न सकिन्छ। जग नै हालिएन भने सपनाको महल कागजमै रहन्छ। २०८३ आश्विन ३० गते प्रमाणीकरण भएका दुई अध्यादेश (Ordinance) लाई म यही दृष्टिले हेर्छु। एउटा अध्यादेश नं. १२ "विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३" हो। अर्को अध्यादेश नं. १३ "नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्राज्ञ-प्रतिष्ठान अध्यादेश, २०८३" हो। यसलाई छोटकरीमा "नास्टी" (NAST) भनिन्छ। यी कानून आदर्श छैनन्, यो कुरा पहिलै स्वीकार गरौँ। तर तिनमा के छ भनेर पढ्दा हामीले कुन आधारमा "यो राम्रो सुरुवात हो" भन्न सक्छौँ, त्यो आज तथ्यका साथ राख्छु। १. दुई अध्यादेश, दुई फरक काम पहिलो अध्यादेशले देशमा विज्ञान र नवप्रवर्तनको प्रणाली (system) बनाउँछ। यसले नीति, पैसा, अनुमति र नियमनको ढाँचा तय गर्छ। यसमा राष्ट्रिय परिषद् (National Council), विज्ञ परामर्श समिति, विज्ञान, प्रविधि तथा नवप्रवर्तन केन्द्र (कोस्टी) र अनुदान कोष (Fund) छन्। दोस्रो अध्यादेशले एउटा संस्था (institution) बनाउँछ। यो वैज्ञानिकहरूको स्वायत्त घर हो, जहाँ अनुसन्धान हुन्छ, विद्वान् जोडिन्छन् र देशको आधिकारिक वैज्ञानिक आवाज बन्छ। बाटो र गाडी दुवै चाहिन्छ। बाटोमात्र भएर चल्ने गाडी छैन भने बाटो बेकार हुन्छ। यी दुई अध्यादेशले एकै पटक दुवै राखेका छन्। २. यो किन राम्रो आधार हो: तथ्यहरू (क) शीर्ष तहको स्वामित्व (Ownership) अध्यादेश नं. १२ को दफा ३ अनुसार राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्का अध्यक्ष प्रधानमन्त्री हुन्। उपाध्यक्ष सम्बन्धित मन्त्री हुन्, र अर्थ, उद्योग, शिक्षा मन्त्री र योजना आयोगका उपाध्यक्ष सदस्य छन्। यससँगै अध्यक्षले मनोनयन गर्ने छ जना विज्ञ पनि छन्, जसमा कम्तीमा दुई महिला हुनुपर्छ। बैठक वर्षमा कम्तीमा दुई पटक बस्नुपर्छ (दफा ४)। विज्ञान "अर्को मन्त्रालयको काम" होइन, यो राष्ट्रिय एजेन्डा हो भन्ने सन्देश यही हो। अर्थमन्त्री र योजना आयोग एउटै टेबलमा बसेपछि पैसा र योजना जोडिन्छन्। यही हाम्रो पुरानो रोग थियो। (ख) पैसा सुरक्षित, र प्रशासनमा हराउँदैन (Ring-fenced Fund) अनुसन्धानमा सबैभन्दा ठूलो समस्या बजेटको हुन्छ। सरकारी प्रणालीमा आर्थिक वर्षको अन्त्यमा रकम फ्रिज (freeze) हुने चलन हामीले धेरै पटक देखेका छौँ। यो अध्यादेशले यसको उपचार गरेको छ: कोषमा जम्मा भएको रकम आर्थिक वर्षको अन्त्यमा फ्रिज हुँदैन र अर्को वर्ष पनि खर्च गर्न सकिन्छ (अध्यादेश १२, दफा १८ को उपदफा ५)। कोषको रकम प्रशासनिक कार्यमा खर्च गर्न पाइँदैन (दफा १८ को उपदफा ६)। अर्थात् तलब, गाडी र भत्तामा बजेट खाने बाटो बन्द गरिएको छ। प्राज्ञ-प्रतिष्ठानको कोषको ७५ प्रतिशत रकम अध्ययन, अनुसन्धान र विकासमै प्रयोग गर्नुपर्छ (अध्यादेश १३, दफा ३२ को उपदफा ७)। प्राज्ञ-प्रतिष्ठानमा प्रशासनिक कर्मचारी कुल संख्याको एक चौथाइभन्दा बढी हुनुहुँदैन (दफा ३४ को उपदफा २)। सबैलाई थाहा छ, नेपालका धेरै संस्थामा बजेट कार्यालय चलाउनमै सकिन्छ। यहाँ कानूनले नै पैसाको दिशा तोकिदिएको छ। (ग) पारदर्शिता र स्वार्थ बाझिने कुराको रोकथाम (Transparency and Conflict of Interest) दफा ४५ अनुसार आफ्नो स्वार्थ बाझिने विषयमा कुनै पनि व्यक्ति निर्णय प्रक्रियामा बस्न पाउँदैन, र उसले अग्रिम जानकारी दिएर अलग हुनुपर्छ। केन्द्रले बैठकका निर्णय, अनुदान आह्वान, मापदण्ड, सफल अनुदानग्राही, रकम, परियोजनाको शीर्षक र अन्तिम प्रतिवेदनको सारांश विद्युतीय माध्यमबाट प्रकाशन गर्नुपर्छ। यसमा अर्को सूक्ष्म तर महत्त्वपूर्ण व्यवस्था छ। कोषबाट अनुदान पाएको दुई वर्ष पूरा नभएको व्यक्तिलाई परामर्श समितिको सदस्यमा सिफारिस गरिँदैन। कार्यकाल सकिएपछि पनि दुई वर्षसम्म उसले कोषबाट अनुदान पाउँदैन (दफा ७ को उपदफा ७)। यानी निर्णय गर्ने ठाउँमा बसेर आफैँ पैसा खाने बाटो बन्द छ। (घ) स्वतन्त्र मूल्याङ्कन (Independent Audit) मन्त्रालयले कम्तीमा प्रत्येक दुई वर्षमा बाह्य स्वतन्त्र मूल्याङ्कन (audit) गराउनुपर्छ र प्रतिवेदन सार्वजनिक गर्नुपर्छ (दफा ३४)। प्राज्ञ-प्रतिष्ठानले पनि प्रत्येक वर्ष बाह्य विज्ञको टोलीबाट स्वतन्त्र वैज्ञानिक तथा संस्थागत कार्यसम्पादन समीक्षा गराउनुपर्छ र त्यो प्रतिवेदन सार्वजनिक गर्नुपर्छ (दफा ४०)। यो सबैभन्दा सुन्दर कुरा हो। कानूनले आफ्नै सुधारको यन्त्र (self-correction mechanism) साथै लिएर आएको छ। कमजोरी देखियो भने लुकाउने होइन, देखाएर सुधार्ने बाटो यसमै छ। (ङ) असल नियतले गरेको प्रयोग असफल भए पनि सजाय छैन (Protection for Good-faith Failure) अनुसन्धानको प्रकृति नै यस्तो हो कि प्रयोग असफल हुन सक्छ। दफा ४७ ले भन्छ, स्वीकृत वैज्ञानिक विधि र प्रक्रिया पालना गरी असल नियतले काम गर्दा अपेक्षित परिणाम प्राप्त नभए त्यसैका आधारमा पदाधिकारी, कर्मचारी, वैज्ञानिक वा संस्थालाई जिम्मेवार ठहराइँदैन। भ्रष्टाचार, जालसाजी वा नैतिक पतन देखिने नियतले कानून मिचेको प्रमाणित भए भने यो संरक्षण पाइँदैन। यो नपाए कुनै अधिकारीले जोखिम लिँदैन, र जोखिम नलिई नयाँ कुरा जन्मिँदैन। यहाँ भ्रष्टाचारको ढोका बन्द गरिएको छ, तर असफलताको डर पनि हटाइएको छ। (च) गाउँको ज्ञानलाई पनि मान: प्रविधि प्रवीण (Technology Masters) यस अध्यादेशको सबैभन्दा नेपाली विशेषता यही हो। प्राज्ञ सभामा कुल १११ सदस्य हुन्छन्। तीमध्ये ६६ जना प्राज्ञ सदस्य, १५ जना प्रविधि प्रवीण सदस्य र ३० जना आबद्ध युवा सदस्य हुन्छन् (दफा ११)। प्रविधि प्रवीण सदस्यका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट औपचारिक शिक्षा पाएको वा नपाएको कुराले फरक पार्दैन। परम्परागत ज्ञान र प्रविधिमा संलग्न भई उत्कृष्ट योगदान पुर्‍याएको र अनुभव एवं दक्षता हासिल गरेको भए पुग्छ, र उमेरको बन्देज पनि लाग्दैन (दफा १२)। प्रतिष्ठानको काममा स्वदेशी, परम्परागत, स्थानीय र सीपमा आधारित ज्ञानको अन्वेषण, संरक्षण, आधुनिकीकरण र प्रवर्द्धन समेत छ (दफा ५ को खण्ड ग)। अध्यादेश नं. १२ ले अर्को सुरक्षा पनि राखेको छ। जैविक वा आनुवंशिक स्रोत र परम्परागत वा स्थानीय ज्ञानमा आधारित अनुसन्धान गर्दा सम्बन्धित समुदाय वा ज्ञान धनीको स्वतन्त्र र पूर्वसूचित सहमति (Free and Prior Informed Consent) लिनुपर्छ (दफा २७ को उपदफा २)। सहमति नलिए कसुर ठहरिन्छ र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिबाना, साथै अनुसन्धान रोक्का हुन्छ (दफा ३८ र ४०)। (छ) उत्कृष्ट दिमागलाई फर्काउने बाटो (Brain Gain) विदेशमा रहेका नेपाली वैज्ञानिकलाई देशमै जोड्ने स्पष्ट प्रावधान छ। प्राज्ञ-प्रतिष्ठानमा "ब्रेन गेन इकाई" हुन्छ। अनुसन्धान गरी फर्कने वा आमन्त्रित विज्ञको व्यक्तिगत अनुसन्धान उपकरणको भन्सार सहजीकरण गर्ने व्यवस्था यसको काममा समावेश छ (अध्यादेश १३, दफा २८)। विदेशी र नेपाली मूलका विदेशी विज्ञका लागि भिसा सिफारिसको व्यवस्था पनि छ (अध्यादेश १२, दफा ३०)। (ज) बौद्धिक सम्पत्ति नेपालमै सुरक्षित (Intellectual Property) नेपाल सरकारको पूर्ण अनुदानमा गरिएको अनुसन्धानबाट प्राप्त बौद्धिक सम्पत्ति वा पेटेन्टको पहिलो दर्ता नेपालमै गर्नुपर्छ। नेपालमा दर्ता नगरी अन्यत्र दर्ता गरेको पाइए सरकारबाट कुनै अनुदान दिइँदैन (अध्यादेश १२, दफा २७)। सरकारी अनुदानबाट भएको अनुसन्धानको बौद्धिक सम्पत्ति वा संवेदनशील डाटा विदेशमा हस्तान्तरण गर्नुपर्दा सरकारको पूर्वस्वीकृति चाहिन्छ (दफा २८ को उपदफा ४)। प्राज्ञ-प्रतिष्ठानले आफैँले गरेको वा गराएको अनुसन्धानबाट सिर्जित बौद्धिक सम्पत्तिको ७० प्रतिशत स्वामित्व प्रतिष्ठानमै रहन्छ (अध्यादेश १३, दफा ४२)। हाम्रा उत्पादन र ज्ञान विदेश गएर अर्काको नाममा दर्ता हुने खतरा यहाँ घटाइएको छ। (झ) राजनीतिबाट टाढा, योग्यताको नजिक (Merit and Political Neutrality) प्राज्ञ सदस्यका लागि विगत दश वर्षदेखि कुनै राजनीतिक दलको सदस्य नभएको वा दलगत राजनीतिक गतिविधिमा संलग्न नरहेको हुनुपर्छ (दफा १२ को खण्ड घ)। अध्यक्ष र उपाध्यक्षका लागि कम्तीमा दश वर्षदेखि कुनै दलको सदस्य नरहेको वा निर्वाचनमा उम्मेदवार नभएको हुनुपर्छ। साथै अन्तर्राष्ट्रिय स्तरको जर्नलमा कम्तीमा दशवटा शोधपत्र प्रकाशन, दुईवटा प्रमुख अनुसन्धान परियोजनाको नेतृत्व र कम्तीमा चार जना विद्यावारिधि शोधार्थीको सफल सुपरीवेक्षण चाहिन्छ (दफा २२)। छनौट सहकर्मी समीक्षा (Peer Review) प्रणालीबाट हुन्छ (दफा १३)। वैज्ञानिक पद खुला प्रतिस्पर्धाबाट पूर्ति हुन्छ (दफा ३४ को उपदफा ४)। अन्तर्राष्ट्रिय स्तरको जर्नलमा कम्तीमा दशवटा शोधपत्र प्रकाशन गर्नु पर्ने प्राबधान भने इनोभेसनको मैत्री होइन । यसले इनोभेसन हाताहाती विकास भन्दा तत्काल फाइदा नदिने करमा परजीवी हुने एकेडेमिक रिसर्च मनस्थिति बोकेको नेतृत्वको खोजि गर्दछ। यो दुषितता लाइ कालान्तरमा सच्चाउन सकिन्छ । यी सर्त पूरा गर्ने व्यक्ति सजिलै पाइँ न्छ । तर यस्तो नेतृत्व उत्पादन दिने भन्दा नदिने पद ओगट्ने बहिला बाच्छी बन्ने गरेको प्रमाणित अनुभव संसारको छ । त्यसैले यो मापदण्ड कडा होइन इनोभेसन र हाता हाती विकास मैत्री हुनु पर्दछ । तर यसो गरिनुको पछाडी "को चिनेको" भन्दा "के गरेको" हेर्ने दिशातिर धयान केन्द्रित होस् भन्ने सफा नियत भने देखिन्छ । (ञ) नयाँ प्रविधिको परीक्षण, तर लक्ष्मण रेखासहित (Regulatory Sandbox) कृत्रिम बुद्धिमत्ता (AI), ड्रोन, स्याटेलाइट, जैविक प्रविधि, फिनटेक जस्ता उदीयमान प्रविधि (Emerging Technology) को जिम्मेवार परीक्षणका लागि नियामकीय स्यान्डबक्स (Regulatory Sandbox) स्थापना गर्न सकिन्छ। यो एउटा सुरक्षित परीक्षण क्षेत्र हो, जहाँ तोकिएको समयसम्म नियामकको निगरानीमा प्रयोग गर्न दिइन्छ। तर मौलिक हकमा बन्देज लगाउने वा मानव स्वास्थ्य, राष्ट्रिय सुरक्षा र वातावरणमा प्रतिकूल असर गर्ने काम स्यान्डबक्समा पनि छुट पाउँदैन (दफा ३६)। मानव स्वास्थ्य, जैविक, वातावरण, सामाजिक हित र राष्ट्रिय सुरक्षामा प्रतिकूल असर पार्ने अनुसन्धान सरकारको पूर्वस्वीकृतिबिना गर्नै पाइँदैन (दफा ३७)। अर्थात् पर्खेर बस्ने होइन, तर नियन्त्रणबिना दौडिने पनि होइन। (ट) समावेशिता (Inclusion) प्राज्ञ-प्रतिष्ठानको सदस्य, नियुक्ति र अनुदानमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, अपाङ्गता भएका व्यक्ति र पिछडिएको क्षेत्र र समुदायको समावेशी प्रतिनिधित्वमा ध्यान दिइन्छ (अध्यादेश १३, दफा ४४)। प्रदेशस्तरमा सम्पर्क बिन्दु (कार्यालय) स्थापना गर्न सकिने व्यवस्था पनि छ। ३. यी प्रावधानले जीवनमा के फरक पार्न सक्छन्: यसलाई बुझ्न तिन व्याख्यात्मक नमुना हेरौं । तल मैले दिएको तीन कथा उदाहरणका लागि हुन्। पात्र काल्पनिक छन्, तर प्रत्येक प्रावधान कानूनबाटै लिइएको हो। पहिलो चित्र: गाउँको विद्यार्थी। पश्चिम नेपालको एउटा विद्यालयमा एक किशोरीले स्थानीय जडीबुटीबाट सुरक्षित कीटनाशक बनाउने विचार निकाल्छे। अहिलेसम्म यस्तो विचारलाई न कसैले नमूना (prototype) बनाउन पैसा दिन्थ्यो, न कसैले सोध्थ्यो। अध्यादेश नं. १२ को दफा ९ ले अनौपचारिक क्षेत्र र विद्यालय तहका विशिष्ट प्रतिभावान विद्यार्थी, सिर्जनशील व्यक्ति र नवप्रवर्तकको पहिचान, प्रोटोटाइप र उत्पादन विकास, बजारको सुझाव सङ्कलन र व्यवसायीकरणको सम्भाव्यता अध्ययन गर्ने विशेष कार्यक्रम चलाउने जिम्मा केन्द्रलाई दिएको छ। दफा १९ ले प्रविधि उद्यमका लागि बीउ पूँजी (seed capital) समेत उपलब्ध गराउन सकिने बाटो खोलेको छ। दोस्रो चित्र: परम्परागत ज्ञान भएको वैद्य। एक गाउँका वृद्ध वैद्यले पुस्तौँदेखि चलेको जडीबुटी उपचारको विधि जान्दछन्। कुनै कम्पनी वा संस्थाले उनीसँग सोधपुछ नगरी त्यो ज्ञान लिएर पेटेन्ट गराउने जोखिम पहिले रहन्थ्यो। अब अनुसन्धान गर्दा उनको स्वतन्त्र र पूर्वसूचित सहमति अनिवार्य हुन्छ। नलिए कसुर ठहरिन्छ र जरिबाना तथा अनुसन्धान रोक्का हुन्छ। साथै उनको जस्तो अनुभवी व्यक्तिलाई प्रविधि प्रवीणको रूपमा प्राज्ञ सभामै बस्ने मौका पनि कानूनले दिएको छ। जहाँ डिग्री होइन, योगदान र दक्षता नै मापदण्ड हो। तेस्रो चित्र: विदेशबाट फर्किने वैज्ञानिक। विदेशमा बस्ने एक नेपाली अनुसन्धानकर्ता केही वर्ष नेपालमा काम गर्न फर्कन चाहन्छन्। उनी आफ्नो सानो अनुसन्धान उपकरण ल्याउँछन्, तर भन्सारमा महिनौँ अल्झिन सक्छन्। अध्यादेश नं. १३ को दफा २८ ले यस्ता उपकरणको भन्सार सहजीकरण गर्ने र तोकिएबमोजिमका सुविधा दिने काम ब्रेन गेन इकाईलाई दिएको छ। उनले काम गरेबापत पारिश्रमिक पाउने व्यवस्था पनि अर्थ मन्त्रालयको सहमतिमा गर्नुपर्ने कानूनी दायित्वका रूपमा राखिएको छ। ४. इमानदार कुरा: कमजोरी पनि छन् कुनै पनि कानूनको प्रशंसा गर्दा कमजोरी लुकाउनु दोष हो। यी अध्यादेशका प्रमुख चिन्ता यी हुन्: स्वायत्तता (Autonomy) र नियन्त्रणको तनाव। अध्यादेश नं. १३ को दफा ४ ले प्रतिष्ठानको वैज्ञानिक निष्कर्ष, स्वतन्त्र राय र प्रतिवेदनमा कुनै निकायले हस्तक्षेप गर्न नपाउने पूर्ण प्राज्ञिक स्वायत्तता दिएको छ। तर प्राज्ञ सभाको सभापति विज्ञान मन्त्री हुन् (दफा ८), मन्त्रालयले निर्देशन दिन सक्छ र पालना नभए अनुदान कटौती गर्न सक्छ (दफा ३८), र सरकारसँगको सम्पर्क मन्त्रालयमार्फत मात्र हुन्छ (दफा ३७)। यो विरोधाभास हो। त्यसैले व्यवहारमा स्वायत्तता कति सुरक्षित रहन्छ भन्ने कुरा नियम र अभ्यासले निर्धारण गर्छ। सभापतिले प्राज्ञिक निष्कर्षमा निरीक्षण वा निर्देशन दिन नपाउने स्पष्ट सीमा दफा ९ को उपदफा ३ मा छ, जुन राम्रो रक्षा कवच हो। धेरै कुरा "तोकिएबमोजिम" मा छोडिएको छ। कर्मचारीको दरबन्दी, पारिश्रमिक, मापदण्ड, प्रक्रिया र निर्देशिका धेरै ठाउँमा "नियममा तोकिए बमोजिम" भनिएको छ। नियम (Rules) कति छिटो र कत्तिको राम्रो बन्छन्, त्यसैमा कानूनको वास्तविक शक्ति निर्भर गर्छ। दुई संस्थाबीच दोहोरोपन (Overlap)। कोस्टी र नास्टीको क्षेत्र मिल्न सक्छ। दफा ३५ को उपदफा ४ ले मन्त्रालयले कार्य विभाजन गर्ने भनेको छ, तर व्यवहारमा समन्वय परीक्षा हुनेछ। अध्यादेशको प्रकृति। यी अध्यादेश संविधानको धारा ११४ अनुसार संघीय संसद्को अधिवेशन नचलेको बेला जारी भएका हुन्। त्यसैले अधिवेशन सुरु भएपछि संसद्बाट तोकिएको प्रक्रियाअनुसार अनुमोदन गराउनुपर्ने हुन्छ। संसदीय छलफलमा सुधारका सुझाव दिने अवसर यहीँ हुन्छ। ५. त्यसो भए यसलाई किन "बलियो आधार" भन्ने? कारण सरल छ। नगर्नुभन्दा सुरु गर्नु राम्रो हो। साथै यो कानून "बन्द कोठाको अन्तिम फैसला" होइन, आफैँ सुधार हुने ढाँचामा बनेको छ। यसमा तीन किसिमको सुधारको ढोका खुला छ: १. वार्षिक र द्वैवार्षिक स्वतन्त्र मूल्याङ्कन। कमजोरी सार्वजनिक भएर बाहिर आउँछ। २. नियम र निर्देशिका निर्माणको चरण। नागरिक, वैज्ञानिक र उद्योगीले सुझाव दिन सक्ने ठाउँ यहीँ छ। केन्द्रले आफ्ना कार्यविधि र मापदण्ड वेबसाइटमा प्रकाशन गर्नुपर्छ (दफा ५०)। ३. सार्वजनिक सूचना। अनुदानको विवरण र नतिजा खुला हुँदा नागरिकले नै निगरानी गर्न सक्छन्। पुरानो ऐन, अर्थात् नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान ऐन, २०४८ यस अध्यादेशले खारेज गरेको छ (अध्यादेश १३, दफा ५४)। त्यसलाई करिब साढे तीन दशकको अनुभवपछि बदलिएको नयाँ प्रयास मान्न सकिन्छ। पुराना कर्मचारीको सेवा, शर्त र सुविधा सुरक्षित राखिएको छ, जसले संक्रमणकाल सहज बनाउँछ। अध्यादेश सुरु भएको छ महिनाभित्र प्राज्ञ सभाको पहिलो निर्वाचन र अध्यक्ष तथा उपाध्यक्षको नियुक्ति गरिसक्नुपर्ने समयसीमा पनि तोकिएको छ (दफा ५४ को उपदफा ६)। समापन: पहिलो भर्‍याङ मित्रहरू, पर्वत चढ्न सुरु गर्ने मानिसले पहिले टुप्पो देख्दैन, पहिलो भर्‍याङ देख्छ। ती भर्‍याङ बलिया छन् कि छैनन्, त्यो हेर्नु उसको काम हो। यी दुई अध्यादेश पूर्ण छैनन्, तर यिनले यो दिशा देखाएका छन्: पैसा अनुसन्धानमै खर्च हुनुपर्छ, कार्यालयमा होइन। पद योग्यताले पाउनुपर्छ, राजनीतिक निकटताले होइन। गाउँको ज्ञान र प्रयोगशालाको ज्ञान एउटै टेबलमा बस्नुपर्छ। असफलताबाट डराएर प्रयोग रोकिनु हुँदैन, तर भ्रष्टाचारलाई कहिल्यै छुट हुँदैन। देशको ज्ञान देशमै दर्ता र सुरक्षित हुनुपर्छ। प्रत्येक दुई वर्षमा आफ्नो काम आफैँले जाँचेर सार्वजनिक गर्नुपर्छ। आधार बलियो भएपछि मात्र उत्कृष्टता (excellence) सम्भव हुन्छ। त्यो मार्ग दुई दिनमा तय हुँदैन, तर नेपालले आज एउटा ठोस, लिखित र जाँच्न सकिने पहिलो भर्‍याङ टेकेको छ। यसमा महावीर पुनको योगदानको कथा छुटाउनु हुदैन । जुन प्रेरणाको कथा हो । एक महावीर भन्ने भुइँमान्छे, जो आफैँ नवप्रवर्तन (इनोभेसन) मा प्रत्यक्ष प्राविधिक रूपमा नलागे पनि नवप्रवर्तनबिना मुलुक बन्दैन भन्ने सोच विकास गरेर आफ्नो सम्पूर्ण जीवन त्यसलाई पूरा गर्न लगायो। धेरै हन्डर खायो, ठक्कर खायो। ऊसँग केही थिएन; थियो त केवल इमानदार प्रयास, सकेको काम गर्ने सोच र कहिल्यै जस नखोज्ने बानी। यतिसम्म कि मन्त्री बन्छु भन्ने लालचा पनि कत्ति थिएन। एक भुइँमान्छेको लगन र इमानदार प्रयासले मुलुकका लागि यो हदसम्मको योगदान पुग्नु संसारमा कसैको सोचसम्मको विषय थिएन। यो एक व्यक्तिले मुलुकका लागि दिन सक्नेभन्दा अधिक हो। यसले मानव चेतनाको शक्तिको सम्भावनालाई पुष्टि गर्दछ। अब हाम्रो काम यसको प्रशंसा वा विरोधमा बस्नु होइन। नियम बन्दा सुझाव दिने, कार्यान्वयनमा निगरानी गर्ने र आफ्नो ठाउँबाट योगदान दिने काम हाम्रो पनि हो। यो के चिज हो र यसको महत्त्व बुझ्ने जिम्मा अब राष्ट्रको काँधमा आएको छ, जसलाई तपाईंको विवेकले निर्देशित गर्नेछ। तपाईंले व्यक्तिगत रूपमा यसलाई कसरी सहयोग गर्नुहुन्छ वा असहयोग गर्नुहुन्छ, त्यो निर्णय गर्नुअघि एकपटक तपाईं आफ्नो नातिको नातिलाई कस्तो नेपाल हस्तान्तरण गर्न चाहनुहुन्छ, त्यसबारे गहिरिएर सोच्नुहोस्। जग हालिएको छ। अब तला थप्ने जिम्मा हामी सबैको हो। तपाईं आफ्नै विवेक र आफ्ना कर्महरूको मालिक हुनुहुन्छ, त्यसलाई तपाईं आफैँले सम्हाल्नुहोस्। जय नेपाल! जय मातृभूमि!
214
Must Read
#Nepal #NepaliCongress #Democracy मैले अन्नपूर्ण पोस्ट मा प्रकाशित आफ्नो लेखमा नेपाली कांग्रेसको लोकतान्त्रिक विरासत, नेतृत्वमा पुस्तान्तरणको बहस र नेपालको संस्थागत संकटलाई विश्लेषण गरेकी छु। मेरो मुख्य तर्क छ - लोकतान्त्रिक नवीकरण भनेको पुरानो नेतृत्वलाई विस्थापित गर्नु मात्र होइन, लोकतन्त्रको इतिहास, संस्थागत मर्यादा र जवाफदेहितालाई जोगाउँदै राज्यका संस्थाहरूलाई बलियो बनाउनु पनि हो। राजनीतिक परिवर्तनलाई कुनै एक नेता वा दलमा सीमित गरेर हेर्नु र डिजिटल माध्यममा लोकप्रिय बनेको भाष्यलाई जनमतको सर्वमान्य अभिव्यक्ति ठान्नु लोकतन्त्रका लागि जोखिमपूर्ण हुन सक्छ। राज्य सञ्चालन कुनै व्यक्ति वा सत्तारूढ शक्तिको स्वविवेकमा होइन, संविधान, विधि र उत्तरदायी संस्थागत प्रक्रियामा आधारित हुनुपर्छ। annapurnapost.com/story/5101… पुस्तान्तरण आवश्यक छ, तर लोकतान्त्रिक स्मृतिको मूल्यमा होइन। भाइरल हुनु संवैधानिक वैधता हुनु होइन। @Annapurna_Post @bk_basnet
1
1
3
391
ह्यापी तिहार र भाइटिका।
1
1
5
228