मनको आकाशमा विवेकको जून उदाओस्, विचारका क्षितिजमा सकारात्मकताको उज्यालो फैलियोस् र आत्मअनुशासनको दीपले सत्कर्मको मार्ग सधैँ प्रकाशित गरिरहोस्।
शुभ दीपावली! 🪔 🙏
नेपाली क्रिकेटले नयाँ उचाइ चुमिरहोस्। NPL - ३ को हार्दिक शुभकामना! 🇳🇵🏏
#NepalCricket #NPL2026
जागोस् विवेक, जागोस् सद्बुद्धि, जागोस् आत्मज्ञानको दिव्य ज्योति ।
#कोजाग्रत_पूर्णिमा 🙏
हामी सबैमा आत्मबल, संवेदना र सद्भाव अझ प्रगाढ बनोस्। असत्यमाथि सत्य, अन्यायमाथि न्याय र अमानवीयतामाथि मानवताको विजय सदैव भइरहोस्।
शुभ विजयादशमी! 🙏
बडादसैँ, दीपावली, नेपाल सम्वत् तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना ! 🙏
यी पावन पर्वहरूले सुख, शान्ति, सद्भाव र समृद्धि बढाऊन् । विपत्तिबाट प्रभावित सबैमा आशा, साहस र पुनःउत्थानको ऊर्जा मिलोस्।
"म असाध्यै बुद्धिमान भएर सफल भएको होइन, म त समस्याहरूसँग धेरै समयसम्म धैर्यपूर्वक लडिरहेको हुनाले सफल भएको हुँ।"- अल्बर्ट आइन्स्टाइन
🙏
"It's not that I'm so smart, it's just that I stay with problems longer." - Albert Einstein
यो हर्ष वा विषादमा अल्झिने समय होइन। रुपान्तरण, पुस्तान्तरण र सुदृढीकरणको मार्गमा अगाडि बढ्ने समय त धेरै पहिल्यै आएको थियो; ढिलो भए पनि सही बाटोमा हिँड्दा मात्रै देशको समुन्नतिका साझा लक्ष्यहरू हासिल गर्न सकिन्छ। +
बालबालिकाको डिजिटल पहुँच विश्वभर प्रतिबन्धको लहर, नेपालमा नीतिगत शून्यता ekantipur.com/feature/2026/0…
सत्कर्ममा भक्ति, शक्ति, विद्या, बुद्धि, साहस र विनम्रता सहित सकारात्मक बन्न सकौँ। हामी सबैमा पवनपुत्र हनुमानजीको आशीर्वाद सधैं रहिरहोस्। जय बजरंगबली!🙏
#HanumanJayanti
आदर्श जीवन, सत्य, कर्तव्यनिष्ठाको मार्गमा हिँड्ने प्रेरणा हामी सबैलाई प्राप्त होस् । भगवान श्रीरामको कृपा सदा हामी सबैमा रहिरहोस् । जय श्रीराम ! 🙏
नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई र शुभकामना! तपाईंहरूको उत्कृष्ट प्रदर्शन, अटुट जोश र पूर्ण समर्पण यस्तै निरन्तर कायम रहोस्। जय नेपाल !🇳🇵
देवाधिदेव भगवान शिवको कृपा, आशीर्वाद र सकारात्मक ऊर्जा हामी सबैमाथि सधैं रहिरहोस्। हार्दिक शुभकामना! 🙏
ज्ञान, विद्या, विवेक र सुसंस्कृत वाणीकी
पूज्य देवी माँ सरस्वतीको कृपाले
हाम्रो जीवन उज्यालो होस्,
अज्ञानको अन्धकार हटोस्,
बुद्धिमा स्पष्टता, कर्ममा शुद्धता
र भविष्यमा सफलताको मार्ग प्रशस्त होस्।
बसन्त पञ्चमी तथा सरस्वती पूजाको हार्दिक शुभकामना ! 🙏
सुधार र परिवर्तन समयको पुकार हुन्, तर ती फुटको बाटोबाट होइन- एकतामा गाँसिएर, सहअस्तित्व र समझदारीको मार्गमा अघि बढ्नुपर्छ।
जसरी एउटै रङ्गले इन्द्रेणी बन्दैन, त्यसरी नै एउटै विचारले संसार चल्दैन। विविधता हाम्रो विशेषता हो भने, एकता हाम्रो शक्ति हो। जब हामी फरक भएर पनि एउटै लक्ष्यमा जोडिन्छौँ, तब मात्र संसार सुन्दर देखिन्छ।








