प्रणेता retweeted
किन भन्नु हुँदैन ‘आइमाई’?
अभिनेत्री @reecchasharrma ले एउटा सार्वजनिक कार्यक्रममा ‘आइमाई नभन्नुस्’ भनेपछि उहाँलाई खेदो गर्ने र ‘आइमाई’ शब्दको औचित्य प्रमाणित गर्न खोज्नेहरू बग्रेल्ती देखिएका छन्।
यो बहस नयाँ होइन। आजभन्दा दुई वर्षअघि, २५ जुन २०२४ मा मैले यही विषयमा एउटा फेसबुक स्टाटस लेखेको थिएँ। त्यसबेला उठाएका प्रश्न र राखेका तर्क अहिले पनि उत्तिकै सान्दर्भिक लागेकाले पुरानो स्टाटसलाई केही परिमार्जनका साथ पुनर्लेखन गरेर यहाँ राखेको छु।
कुनै शब्दको शाब्दिक अर्थ, व्युत्पत्ति वा प्रयोगकर्ताको मनसायभन्दा त्यस शब्दले समाजमा बोकेको ऐतिहासिक अर्थ, सामाजिक प्रभाव र सम्बोधित व्यक्तिको आत्मसम्मान बढी महत्त्वपूर्ण हुन्छ। त्यसैले अरूलाई हेप्ने वा अपमानित गर्ने अर्थमा जतिसुकै स्थापित शब्द भए पनि त्यसको प्रयोग नगर्नु भाषिक मात्र होइन, सामाजिक र नैतिक जिम्मेवारी पनि हो।
यस सन्दर्भमा केही कुरा बुँदागत रूपमा राखौँ।
१. शब्दको व्युत्पत्ति र सामाजिक अर्थ एउटै कुरा होइनन्।
कुनै शब्दको उत्पत्ति कहाँबाट भयो, त्यसको शाब्दिक अर्थ के हो र त्यसलाई प्रयोग गर्ने व्यक्तिको मनसाय के थियो भन्नेभन्दा पनि त्यस शब्दले लामो सामाजिक अभ्यासबाट के अर्थ बोकेको छ भन्ने महत्त्वपूर्ण हुन्छ। शब्दकोशमा राम्रो अर्थ भेटिँदैमा समाजमा त्यसले बोकेको अपमानजनक अर्थ मेटिँदैन।
२. ‘आइमाई’ शब्दको समस्या यही हो।
नेपाली समाजमा यो शब्द लामो समयदेखि महिलालाई हेप्ने, होच्याउने र निम्नस्तरको ठान्ने भाषिक व्यवहारसँग जोडिएर प्रयोग हुँदै आएको छ। कतिपयले सामान्य अर्थमा प्रयोग गर्लान्, तर त्यसले शब्दको ऐतिहासिक र सामाजिक भार मेटाउँदैन।
३. ‘आर्यमाता’ बाट बनेको महान् शब्द हो भन्ने तर्कले यसको सामाजिक अर्थ बदलिँदैन।
कुनै शब्दको व्युत्पत्तिलाई जति नै सुन्दर बनाए पनि त्यसको वर्तमान सामाजिक प्रयोग र प्रभावलाई बेवास्ता गर्न मिल्दैन। शब्दको महानता प्रमाणित गर्न संस्कृतको व्युत्पत्ति खोतल्नु सजिलो छ, तर त्यसले सम्बोधित व्यक्तिको अनुभूति र आत्मसम्मानलाई खारेज गर्न मिल्दैन।
४. सम्बोधित व्यक्तिलाई त्यो शब्द मन पर्दैन भने प्रयोग नगर्नुहोस्।
भाषा प्रयोग गर्ने स्वतन्त्रता छ भन्दैमा अरूलाई मन नपर्ने, अपमानबोध गराउने शब्द प्रयोग गरिरहन पाउनुपर्छ भन्ने हुँदैन। भाषा केवल बोल्ने व्यक्तिको सम्पत्ति होइन। त्यसले सम्बोधित व्यक्तिको सम्मान पनि समेट्छ।
५. एउटा सामान्य उदाहरण हेरौँ।
म बाहुन हुँ। कसैले मलाई ‘ए बाहुन्’ भनेर सम्बोधन गर्दा अपमानबोध हुन्छ भने त्यसलाई मेरो व्यक्तिगत संवेदनशीलता भनेर उडाइदिन मिल्छ? त्यसैगरी, कसैलाई ‘ए नेवार्’ वा ‘ए मधिसे’ भन्दा उसलाई कस्तो लाग्छ भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ। सम्बोधित व्यक्तिको असहजतालाई उसको समस्या बनाएर आफूले चाहेको शब्द प्रयोग गरिरहनु कस्तो भाषा संस्कार हो?
६. यो ‘डलरे चेतना’ होइन, सामाजिक चेतना हो।
मधेसी समुदायले ‘मदिसे’ नभनिदिन आग्रह गर्दा ‘मलाई पहाडे भन्दा केही हुँदैन’ भन्ने तर्क गर्नेहरू हामीकहाँ छन्। दलित समुदायले आफूलाई दलित भनेर सम्बोधन गर्दा त्यस शब्दसँग जोडिएको ऐतिहासिक दलन र विभेद सम्झाइरहँदा ‘दलित भन्नै छाडे दलन हट्छ’ भन्नेहरू पनि छन्। महिलाले ‘आइमाई’ नभनिदिन आग्रह गर्दा त्यसको विरोध गर्नेहरू पनि तिनै हुन्।
यी सबैमा एउटा साझा प्रवृत्ति छ: सम्बोधित व्यक्तिको आत्मसम्मानभन्दा आफूले प्रयोग गर्दै आएको भाषिक अधिकारलाई ठूलो ठान्ने अहङ्कार।
७. संसारमा शब्दप्रयोगसम्बन्धी मान्यता र अभ्यास बदलिएका छन्।
कुनै समय सामान्य मानिएका कतिपय शब्द आज अपमानजनक र सामाजिक रूपमा अस्वीकार्य मानिन्छन्। अंग्रेजीका Negro, Eskimo, Gypsy, Red Indian जस्ता शब्दको प्रयोग र स्वीकार्यतामा आएको परिवर्तन यसका उदाहरण हुन्। हामीकहाँ पनि ‘लाटा’, ‘लङ्गडा’ जस्ता शब्दको प्रयोगप्रति सचेतना बढेको छ। यसलाई भाषा बिग्रिएको होइन, समाज सभ्य हुँदै गएको संकेतका रूपमा बुझ्नुपर्छ।
८. शब्दको बचाउ गर्न नसकेपछि विचारलाई ‘डलरे’ भनिन्छ।
कुनै शब्दको विरोध गर्नेबित्तिकै त्यसलाई विदेशी प्रभाव, डलरको खेती वा पश्चिमी संस्कृतिको नक्कल भनेर खारेज गर्नु तर्क होइन। यो आफ्नो भाषिक व्यवहारमाथि प्रश्न उठेपछि त्यसको जवाफ दिन नसक्नेहरूको सजिलो प्रतिरक्षा हो।
९. भाषाको विकास भनेको शब्द जोगाउनु मात्र होइन, शब्दले दिने चोट पनि बुझ्नु हो।
भाषा परम्पराको नाममा जस्ताको तस्तै राखिरहनुपर्ने वस्तु होइन। समाज बदलिन्छ, चेतना बदलिन्छ र शब्दका अर्थ पनि बदलिन्छन्। अरूलाई होच्याउने अर्थमा स्थापित शब्दको प्रयोग छाड्नु भाषिक कमजोरी होइन, सामाजिक र नैतिक परिपक्वता हो।
१०. अन्त्यमा, एउटा सजिलो परीक्षण छ।
तपाईँलाई ‘आइमाई’ शब्द यति नै महान् र सम्मानजनक लाग्छ भने आफ्ना आमा, दिदीबहिनी, श्रीमती र छोरीबुहारीलाई एकपटक सिधै वा घुमाएर ‘आइमाई’ भनेर सम्बोधन गर्नुहोस्। उहाँहरूको प्रतिक्रिया हेर्नुहोस्।
तर एउटा कुरा ख्याल गर्नुहोला: उहाँहरूले आपत्ति जनाउनुभयो भने उहाँहरूको भावनाको सम्मान गर्नुहोला। आफ्नो शब्दको महानता प्रमाणित गर्न उहाँहरूलाई नै गलत साबित गर्न नथाल्नुहोला।
शब्दको व्युत्पत्ति देखाएर कसैको आत्मसम्मानलाई परास्त गर्न सकिँदैन।
महिलाले ‘आइमाई नभन्नुस्’ भनेको आग्रहलाई सम्मान गर्न नसक्ने हामीले आफूलाई सभ्य र शिक्षित समाजको सदस्य कसरी भन्ने?
प्रणेता retweeted
नेपाली भान्सा नै उत्तम औषधालय हो' भनेर कुरा गर्नेहरू त धेरै भेटिन्छन्। तर यो कसरी हो भन्ने कुरा प्रमाणसहित बुझ्न चाहेमा यो १,२२१ पृष्ठको वैज्ञानिक पुस्तक अवश्य पढ्नुहोस्। स्थानीय पुस्तकालयमा यसलाई प्रिन्ट गरेर वा डिजिटल प्रति उपलब्ध गराएर धर्म कमाउने अवसरको सदुपयोग गर्न सक्नुहुन्छ।
Free download link:
dn721806.ca.archive.org/0/it…
हामी आफैँलाई यस्ता पुस्तक पढ्ने खासै जाँगर नचल्ने यथार्थबिच कम्तीमा इच्छुक पाठकको हातसम्म यसलाई निःशुल्क पुर्याएर पुण्य कमाउने सुनौलो अवसर छ भन्न खोजेको हो — तिहारको पावन अवसरमा 'कार्तिक दान' स्वरूप। जय होस्!
प्रणेता retweeted
तिहारको बेला बज्ने यो पूर्वेली भाकामा केही असाध्यै सुन्दर कुराहरू छन्, जसलाई तपाईँले सायद ख्याल गर्नुभएको छैन,
Video editing: Nihit Ray
Proofreading: @lendaai
@subtextwithS
प्रणेता retweeted
हामी त्यति स्वतन्त्रताको 'मात्रै' हकदार हुन्छौँ, जति प्रेस स्वतन्त्रताको रक्षा गर्न सक्छौँ। अघिल्लो पुस्ताले लडेर ल्याएको प्रेस स्वतन्त्रता, नयाँ पुस्ताले त्यति मात्र प्रयोग गर्न पाउनेछन, जति स्वतन्त्रताको रक्षा गर्ने औकात यो पुस्ताले राख्नेछ। प्रधानमन्त्री बालेन शाहको आदेशले पत्रकार छुटे, यो त थाहा पाइयो। अब यो ‘थाहा’ पनि त्यत्तिकै जरुरी छ - कसको आदेशले उनीहरू हिरासतमा लिइएका थिए? कस्को ?
यो प्रश्नको उत्तर खोज्न नसक्ने पुस्ता र समाजको भविष्य RONS हुन्छ। @RONBupdates भनेको होइन नि :) वरिष्ठ पत्रकार शिव गाउँलेले भनेका छन्—‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो।’
@ShahBalen @hamrorabi @thapagk
प्रणेता retweeted
प्रेस-विज्ञप्ति
बृहत नागरीक आन्दोलन सरकारद्वारा संविधानप्रदत्त मौलिक हकअधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तुरुन्त रोक्न र प्रेस स्वतन्त्रता विरोधी निरंकुश शैलीका कदमहरु तत्काल सच्याउन जोडदार माग गर्दछ।
प्रणेता retweeted
युकेमा मंत्रीको सेवामा ११०गाडी र ८० ड्राइभरको पुल रहेछ— सचिवको लागि त अफिसियल काममा मात्रै!
अमेरिका उस्तै। अफिसको गाडी घर लैजान प्रतिबन्ध रहेछ। लानु पर्ने भए ६० दिनमा कंग्रेसलाई जानकारी दिनु पर्ने।
सरकारी गाडीको 'अधिकार' त द. एसियाली कन्सेप्ट पो रैच।
नेपाल त स्वर्गै! 😂
प्रणेता retweeted
वाद मे क्या है ?
वाद मे क्या रख्खा है ?
भन्ने घण्टी खरानी र मिश्रहरुको ज्ञानको दायरा अलिकती बढाउने रैछ यो भिडियो ले !😂😂😂
प्रणेता retweeted
हरेक ज्येष्ठ नागरिकले “म एक्लो छैन, मेरो राज्य मेरो साथमा छ” भन्ने अनुभूति गर्न सकून्।
ज्येष्ठ नागरिकको सम्मान कुनै उपकार होइन—यो राज्य र समाजको दायित्व हो।
#InternationalDayOfOlderPersons2026
#ज्येष्ठनागरिककोसम्मान
#ज्येष्ठनागरिककोसहारा
#AgeingWithDignity
#Nepal
प्रणेता retweeted
यिनी जस्तो ‘नकच्चरो’ मान्छे चाईं मैले अर्को देखेको छैन ! एक थान सांसद पदकै लागि त किन ‘रोएको’ होला उ बेला ? कसैले चिनेको छ भन्दे हुन्छ, के साह्रो गएगुज्रेको जिन्दगी हो दिदी ? बरु सडकमा कचौरा लिएर बस्नेको जिन्दगी इज्जतदार छ यिनको भन्दा त !!
प्रणेता retweeted
🚨 दुःखद खबर: अब हामी गुल्मेली, बागलुङ , पर्वत लगायत धेरै पहाडी बासीहरु आफ्नो घर सम्म जान नपाउने अवस्था भएको छ।
कालीगण्डकी करिडोरको अन्नपूर्ण गाउँपालिका-२ भुरुङ्ग तातोपानीमा बाढीले मुख्य सडक सखाप पारेको छ।
यो दुःखद प्राकृतिक विपत्तिको अवस्थामा सुरक्षित स्थानमा बस्नुस र सहयोग गर्नुस ।
प्रणेता retweeted
🚨 मुस्ताङको लेतेमा ठूलो पहिरो- जोखिम अझै कायमै ‼️
हिजो चारधाम क्षेत्र यात्राका क्रममा एकजना मित्रले लेते नजिकै साँझ करिब ५:३० बजे पहाडको ठूलो भाग खसेको दृश्य भिडियोमा कैद गर्नुभएको छ।
स्थानीय जानकारी अनुसार, पहिरो खस्दा कालीगण्डकी नदी केही समय अवरुद्ध भएको र त्यसपछि नदीले आफ्नो धारबाट पानी कटान गर्दै बगेको बताइएको छ।
यस क्षेत्रमा पछिल्ला दिनको अविरल वर्षाका कारण बाढी, पहिरो र नदी कटानको जोखिम बढेको छ। बेनी–जोमसोम सडकखण्डका विभिन्न स्थानमा पहिरोका कारण यातायातसमेत प्रभावित भएको रिपोर्ट आएको छ।
ठूलो मानवीय विपद् हुनबाट जोगिएको भनिए पनि जोखिम अझै कायम रहेकाले यात्रु तथा स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन अनुरोध छ। पहिरो तथा नदी कटान प्रभावित क्षेत्रमा अनावश्यक यात्रा नगर्नुहोस् र सुरक्षित दूरी कायम राख्नुहोस्।
सतर्क रहौँ, सुरक्षित रहौँ। 🇳🇵🙏
प्रणेता retweeted
रसुवा बाढीका कारण माथिल्लो त्रिशूली ३ए विद्युत् आयोजनाको सुरुङमा फसेको १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्, "मोबिल मिसिएको पानी आफ्नै कपडाले छानेर खाएर बाँचेँ"
अन्तर्वार्ता/भिडिओ : कमल परियार
#BBCNepali #NepalFlood #Disaster
प्रणेता retweeted
मुड्की नबजारी, गाला राता पिरा नपारी, न चिच्याई मिठो तार्किक तरिकाले माओदिले घण्टीनीको येसरी झ्याँको झारेको कहिलेइ देखेको थिएन !😂😂
प्रणेता retweeted
Replying to @mprima_official
@mprima_official भरेको बुलेटिनमा यो भिडियोसहित सरकारको उपलब्धि पढ्न नभुल्नु @ShahBalen @hamrorabi यो भिडियो सरकारी सञ्चारमाध्यममा प्राथमिकतासहित प्रसारण गरियोस्, जनताको दैनिकी सहज बनाएको उदाहरणका रूपमा !



















