Pinned Tweet
युगौं-युगान्तरसम्म सिम्रीक रङ्गले नेपाली पहिचानको बयान गरोस् ,अमर ख्यातिप्राप्त गर्न सकोस्।मन अनि वन दुबै तर्फ डाँफे उडोस्,नेपाली टोपि र सगरमाथा उच्च रहुन,देशले राजनीतिक,सामाजिक,आर्थिक स्थिरता प्राप्त गर्न सकोस् ।हिमाल,पहाड,तराई सबैतिर राष्ट्रिय एकताका लहर एकैस्वर भइ फैलिउन्🤞
कहिलेकाहीँ लाग्छ
तिमीलाई चित्रबाट बाहिर निकालेर
मेरो छेउमा बसालूँ।
केही नभनूँ…
बस्,
तिम्रा सुकुमार हात सुम्सुम्याउदै
त्यो मृदुल मुस्कानलाई
नजिकबाट हेरिरहूँ।
तिम्रा स्निग्ध नयनको गहिराइमा डुब्दै
तिम्रो कोमल हृदयमा
मेरो लागि राखिएको
स्नेहिल ठाउँ खोजूँ।
र त्यस स्नेहिल ठाउँमा
अलिकति म छोडेर आऊ,
र मभित्र
सम्पूर्ण तिमी राखूँ।🍀🤞
साहिबा🌹 retweeted
जनताप्रति उत्तरदायित्व कहिले भएन, अझ गम्भीर प्रश्नमा पनि मजाक गर्छ । अनी देश एमालेले बनाउँछ भनेर फुर्ती? जसको आफ्नो विचार चल्दैन त्यस्तालाई देश चलाउन दिनु? कति मूर्ख थिए जनता ।
साहिबा🌹 retweeted
यहाँ महा विपद्लाई भजायर करोड उठाउने एकलाख बाँडेर ९९लाख कुम्ल्याउने च्याउ उम्रे सरी एन जि ओ छन|यो आपराधिक खेलो बन्द गर्न राहत वितरण एक द्वार प्रणाली मार्फत गरिनु पर्छ र त्यसो गरेको पाईए सख्त कारबाही गरिनु पर्छ||
मानवीयता देखाइदिनुहोस् भन्दै हात फैलाउनुपर्ने, देखावटी मानवताको यो कस्तो जमाना! धिक्कार छ, मानव हो- मानव भएर पनि मानवीयता माग्नुपर्ने अवस्था बनायौ।
त्यति जघन्य अपराधको आरोप लाग्दा पनि अनुहारमा पश्चात्ताप होइन, हाँसो देखिनु झन् घृणास्पद कुरा हो। अपराधको पीडा र गम्भीरतालाई खिल्ली उडाएझैँ प्रस्तुत गर्ने यस्तो निर्लज्ज व्यवहार कुनै पनि हालतमा स्वीकार्य हुनुहुँदैन। यस्ता अपराधमा दोषी प्रमाणित भएकालाई कठोरभन्दा कठोरतम सजाय दिइनुपर्छ- जसले अपराधको गम्भीरता र कुकृत्यको मूल्य केवल अपराधीलाई होइन, जो-कोहीलाई महसुस गराओस्।
साहिबा🌹 retweeted
हल्ला गर्दै आएकाहरु
चुपचाप गए।
हतारिँदै छिरेकाहरु
लुसुक्कै निस्किए।
पुरानो वस्तीझैँ
उजाड छोडेर
उराठ छोडेर..
आवादी बोकेर आएकाहरु
खण्डहर बनेर हराए।
हुन त-
जानु नै थियो एकदिन
अलिकती चाँडै गए
साँझमा अस्ताउनुपर्थ्यो घाम
दिउँसै अस्ताए।
थोरै छिटो अस्ताए!
☺️
साहिबा🌹 retweeted
न राजनीतिक ज्ञान छ न प्रशासनिक न व्यवहारिकै ज्ञान छ अनि हुदैन त मुलुकमा भद्रगोल व्यवस्थापन हुदैन त अस्तव्यस्ता?
साहिबा🌹 retweeted
मान्छे न हो, सधै सबैका लागि कहाँ जाति हुन्छ?
कसैको नजरमा गुण हुन्छ ,त कसैको नजरमा दोष!
#शुभपल_प्रीयमन 🙏☕️💐🤗😍
शब्दहरूको हरेक क्षण
मेरो मनमा
एउटा पहराजस्तै उभिइरहन्छ
जसलाई दुनियाँले मौन भनून्,
तर
त्यो मौन
तिमी मात्र सुन्न सक।
मेरो हरफ–हरफमा
एउटा आकृति बन्छ...
जसलाई दुनियाँले
ऐनासरि नियालून्,
तर
त्यस आकृतिमा
बस् तिमी मात्र आफू देख्न सक।
मेरा कविताहरूको अनुभूति
जब महसुस होस्,
केही स्थिरजस्तो लागोस्...
जसलाई दुनियाँले
वाहवाही गरोस्,
तर
त्यसभित्र लुकेको
मेरो आह
बस् तिमी मात्र बुझ्न सक।
लेख्नु छ मलाई.... साहेब,
केही यति गहिरो
जसलाई दुनियाँले पढोस्,
तर
बस्
बुझ्न तिमी मात्र सक।🍀
तिम्रा आँखाका गहिराइमा म कतै अल्झिन लागेँ,
तिम्रो सम्झनाको मिठो नशामा म बहकिन लागेँ,
हृदयको अनुभूतिमा तिम्रो नाम लेखी, कविता झैँ,
तिम्रो प्रीतको सुवासमा म महकिन लागेँ, बहकिन लागेँ।🍀
साहिबा🌹 retweeted
प्रकर्षित करैकरको गर्भबाट निस्कने ८२को जस्तो अर्को विष्फोटक आँधी क्षितिजमा देखिदैछ;रा.स्व.पा.सरकारको प्रकम्पित कच्चा ब्यारिकेडले रोक्न सक्दैन त्यो विप्लवकारी छाललाई जसरी छेक्न सकेन ओली सरकारलाई!
जब मनमा पीडा मडारिन्छन्,
म आकाशका काला
बादल हेर्छु...
ऊ पनि बेचैन देख्छु
म जस्तै ।
जब आँखामा आँसुहरू थामिन मान्दैनन्,
म बलेसी हेर्छु...
र चुहिरहेका पानीका थोपाहरुसँगै
मनका थुप्रै अव्यक्त कथाहरू बगाइदिन्छु।
जब एक्लोपनले सताउछ,
जब शून्य महसुस गर्छु
म जून हेर्छु...
जहाँ अँध्यारोको विशाल साम्राज्यमा
एउटा मधुरो विश्वास
एक्लै उभिएको देख्छु।
जब मनले साथ र सारथि खोज्छ,
थाकेका आँखाहरुले विश्राम खोज्छन्,
म तिम्रो तस्बिर हेर्छु... साहेब !
तिमीलाई प्रेम गर्नु
मेरो निर्णय थिएन,
यो त कुनै शान्त रातमा
आकाशबाट झरेको
एउटा तारा जस्तै थियो,
जुन मेरो मनको अँध्यारोमा ओर्लियो
र उज्यालो भएर बसिरह्यो।
त्यस दिनदेखि
मेरो हृदयमा एउटा अदृश्य प्याला छ...
कुनै धातुले होइन,
विश्वासले कुँदिएको,
आशाले सजिएको,
समर्पणले भरिएको।
जसमा
म हरेक दिन
तिम्रा सम्झनाहरू सँगालिरहेकी छु ।
तिम्रो मधुर स्मितका एक-एक थोपा,
तिम्रो आवाजको एक घुट्की,
तिम्रो उपस्थितिको सुगन्ध,
हाम्रा प्रेमिल अनुभूतिहरूको
अमृतमय मिठास,
अचम्म त के छ भने...
म जति पिउँछु
प्याला उति नै भरिँदै जान्छ।
साहेब !
मायाका प्याला
यस्तै हुन्छन् सायद,
कहिल्यै नरित्तिने
बरु जति प्रेम निस्वार्थ हुन्छ
त्यति नै ती अनन्त हुँदै जान्छन्,
मिठास झन्-झन् बढ्दै जान्छ।
जब संसार
थकित भएर निदाउँछ,
म तिम्रो सम्झनामा जागिरहन्छु,
र मायाका प्यालामा
तिनै सम्झनाका अधर चुमेर
प्रेम पिइरहन्छु।
त्यो स्वादमा
विरह पनि छ,
आशा पनि छ,
आँसु पनि छन्,
अनि एउटा यस्तो मिठास छ
जुन शब्दले कहिल्यै व्यक्त गर्न सक्दैन।
म तिमीलाई
ऋतुझैँ होइन,
जो आएर जान्छ।
म तिमीलाई
आकाशझैँ प्रेम गर्छु,
जो टाढा रहे पनि
मेरो सम्पूर्ण अस्तित्वमाथि
निरन्तर फैलिरहन्छ।
र आफ्नो नीलो विस्तारले
मलाई सधैँ अँगालिरहन्छ।
कुनैदिन
तिमी मसँगै हुँदा
म मेरो हृदयको त्यो प्याला
सामुन्ने राख्नेछु
र,
तिम्रो हात समाउँदै
भन्नेछु...
आऊ,
हामी दुनियाँका सबै कोलाहलहरू
बाहिरै छोडिदिऔँ,
समयलाई पनि
ढोकाबाहिर पर्खाइमा राखिदिऔँ।
एकअर्काको आँखाभित्र बसेर
मायाका यी प्यालाबाट
सँगै प्रेम पिऔँ।
"मायाका प्याला"
साहिबा🌹 retweeted
एउटा सचेत र विवेकशील नागरिकको पहिचान भनेको कुनै वाद,व्यक्ति वा दलको अन्धभक्त नबन्नु हो|चेतनशील नागरिकले सर्वथा आँखा चिम्लेर पत्याउनुको सट्टा किन कसरी भनेर प्रश्न गर्नु पर्छ|यसमानेमा तारीफ वा समर्थन गर्नु राम्रो कुरो हो तर व्यक्तिपूजा भन्दा माथि उठेर सही र गलत छुट्याएर गर्नु पर्छ|
संवादको वास्तविक कला सही समयमा सही कुरा बोल्नुमा मात्र होइन, प्रतिकूल परिस्थितिमा पनि गलत कुरा नबोल्नुमा निहित हुन्छ। मौनको शक्तिलाई आत्मसात् गरौं र सहनशीलता तथा धैर्यलाई जीवनको आभूषण बनाऔं, किनकि यिनैले व्यक्तित्वलाई परिपक्व र सम्मानित बनाउँछन्। 🍀🤞
















