Ram Kumar Shrestha retweeted
एउटा आस,
एउटा अनुभूति,
मेरो सोच अनि सिर्फ तिमी …
एउटा सवाल,
एउटा मजाल,
तिम्रो ख्याल अनि सिर्फ तिमी ।
एउटा प्रतीक्षा,
एउटा मिठो विश्वास,
निस्स्वार्थ माया अनि सिर्फ तिमी ।
एउटा जून,
एउटा शान्त रात,
मिठो आभास अनि सिर्फ तिमी ।
एउटा धड्कन,
एउटै लय,
निशब्द भावना अनि सिर्फ तिमी ।
एउटा चाहना,
एउटा अधुरो सपना,
मनको महल अनि सिर्फ तिमी ।
एउटा यात्रा,
एउटा अन्तिम गन्तव्य,
मेरो जीवन अनि सिर्फ तिमी ।🤞♥️
Ram Kumar Shrestha retweeted
बिहानको शीतल हावा
जब चुपचाप
झ्यालको कुनाबाट भित्र पस्छ,
मनभित्र कतै
उराठलाग्दो बगैँचा पनि
अकस्मात् मुस्कुराउन थाल्छ ।
न्यानो घाम
आँगनभरि सुनौला किरण छर्छ,
र ओसका थोपाहरू
त्यसको स्पर्शले
मोती बनेर टल्किन थाल्छन् ।
उता
चराको मधुर कलरवले
प्रकृतिलाई ब्युँझाइरहेको बेला,
म भने यता
तिम्रो सम्झनाको तरङ्गमा
तरङ्गित बनेकी हुन्छु।
साहेब,
यो बिहान
कति कोमल...
जस्तै
तिम्रो मस्त-मगन स्पर्श,
जस्तै
तिम्रो प्रेमको मिठो आलिङ्गन ।🤞
Ram Kumar Shrestha retweeted
तिमीलाई प्रेम गर्नु
मेरो निर्णय थिएन,
यो त कुनै शान्त रातमा
आकाशबाट झरेको
एउटा तारा जस्तै थियो,
जुन मेरो मनको अँध्यारोमा ओर्लियो
र उज्यालो भएर बसिरह्यो।
त्यस दिनदेखि
मेरो हृदयमा एउटा अदृश्य प्याला छ...
कुनै धातुले होइन,
विश्वासले कुँदिएको,
आशाले सजिएको,
समर्पणले भरिएको।
जसमा
म हरेक दिन
तिम्रा सम्झनाहरू सँगालिरहेकी छु ।
तिम्रो मधुर स्मितका एक-एक थोपा,
तिम्रो आवाजको एक घुट्की,
तिम्रो उपस्थितिको सुगन्ध,
हाम्रा प्रेमिल अनुभूतिहरूको
अमृतमय मिठास,
अचम्म त के छ भने...
म जति पिउँछु
प्याला उति नै भरिँदै जान्छ।
साहेब !
मायाका प्याला
यस्तै हुन्छन् सायद,
कहिल्यै नरित्तिने
बरु जति प्रेम निस्वार्थ हुन्छ
त्यति नै ती अनन्त हुँदै जान्छन्,
मिठास झन्-झन् बढ्दै जान्छ।
जब संसार
थकित भएर निदाउँछ,
म तिम्रो सम्झनामा जागिरहन्छु,
र मायाका प्यालामा
तिनै सम्झनाका अधर चुमेर
प्रेम पिइरहन्छु।
त्यो स्वादमा
विरह पनि छ,
आशा पनि छ,
आँसु पनि छन्,
अनि एउटा यस्तो मिठास छ
जुन शब्दले कहिल्यै व्यक्त गर्न सक्दैन।
म तिमीलाई
ऋतुझैँ होइन,
जो आएर जान्छ।
म तिमीलाई
आकाशझैँ प्रेम गर्छु,
जो टाढा रहे पनि
मेरो सम्पूर्ण अस्तित्वमाथि
निरन्तर फैलिरहन्छ।
र आफ्नो नीलो विस्तारले
मलाई सधैँ अँगालिरहन्छ।
कुनैदिन
तिमी मसँगै हुँदा
म मेरो हृदयको त्यो प्याला
सामुन्ने राख्नेछु
र,
तिम्रो हात समाउँदै
भन्नेछु...
आऊ,
हामी दुनियाँका सबै कोलाहलहरू
बाहिरै छोडिदिऔँ,
समयलाई पनि
ढोकाबाहिर पर्खाइमा राखिदिऔँ।
एकअर्काको आँखाभित्र बसेर
मायाका यी प्यालाबाट
सँगै प्रेम पिऔँ।
"मायाका प्याला"
Ram Kumar Shrestha retweeted
The classic 16 types only show the surface.
MBTI-64 goes deeper, revealing the hidden variations behind the same personality type.
Same 4 letters.
Different mindset.
Different reactions.
Different version of you.
Maybe you’re not “just an INFP” or “just an INTJ.”
Ram Kumar Shrestha retweeted
म
दिन्छु
स्वीकार गर
यो स्वच्छन्द जगत
जहाँ बादल देखि
गगनमा उत्फुल्ल उड्ने
पन्छीहरुले समेत माया गरेको देश
म
समर्पण गर्छु
कालीगण्डकीको सालिग्राम
म दिन्छु पुर्वको चिया बगान
जुम्लाको मार्सिधान
उत्तरको हिमाल र दक्षिणको
समथर तराइ
आउ
धर्ती तिम्रै हो अगालो हाल
म्वाइ खाउ आफ्नै प्रीय
माटाेलाइ………….✍️
Ram Kumar Shrestha retweeted
समाजको लागि नियमित योगदान दिेएर नथाक्ने एउटा ब्यक्तित्व वुद्ध जन्मस्थल बिषयक विस्व अभियानका मुख्य अभियन्ता 🙏👏💐
सिद्धार्थको पास्नीको उपलक्षमा रु २ लाख २ नेपालमा सामुदायिक कामको लागि प्रदान गरिने - १ लाख १ राधिका दासी फाउन्डेशनका अनाथ र १ लाख १ जीवन बिज्ञानको भवन निर्माणको लागि । सिद्धार्थ ३ महिना पुग्दा नेपालमा दशलाख बृक्षारोपण कार्यक्रमको लागि ३०३ डलर प्रदान गरिएको youtu.be/4iB4EUurAas?si=E64d…
Ram Kumar Shrestha retweeted
अस्ट्रेलियामा लुम्बिनी कपिलवस्तु विस्व अभियानद्धारा मनाइएको २६४६ औं वुद्ध जयन्ती कार्यक्रममा The Great Stupa of Universal Compassion मा वुद्ध भारतमा जन्मनु भएको भनी लेखिएकोमा अभियानद्धारा गरिएको पत्राचारपछि सच्याएर नेपाल भनी उल्लेख गरेकोमा यस्का निर्देशक इयान ग्रिनलाई सम्मान ।🇳🇵
Ram Kumar Shrestha retweeted
कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर - पोखरा अर्चले । आँगनमा वहाँकाे सालिक सहित कालान्तरसम्म यो घर सुरक्षित राखियोस । उनी स्वर्गद्धारी गएपछि स्वर्गद्धारी वावासंग सन्यास बन्ने चाहना ब्यक्त गर्दा वावाले यो जन्ममा उन्को सन्यास हुने योग नभएकोले नेपाली साहित्यमा नै केही गर्न भन्नुभयो ।
Ram Kumar Shrestha retweeted
महाभारत आदिपर्वका अनुसार धृतराष्ट्र र पाण्डु आफैं शुक्रकीट बरोबाट जन्मिएका हुन भने कुन्ती र माद्रीले पनि त्यसरी नै कौरव र पाण्डवलाई जन्म दिए । ऋग्वेदका अनुसार शुक्रकीट मागेर ल्याउने मात्र नभएर आमाको कोख नै मागेर बच्चा पाउने अभ्यास पनि भए । यी कामलाई आधुनिक बिज्ञान ठान्छौं हामी 🙏
Ram Kumar Shrestha retweeted
धन र यौन दुबै आबस्यक कुरा हुन, तर बिस्लेषण गर्दा जति पनि आपराधिक काम हुन्छन यिनै दुई कुरालाई आवश्यकताभन्दा बढी दिमागमा राख्नाले हुने देखिन्छ । मानिसलाई मानवताबाट दानबतातिर घिसारेर लैजाने नै यी दुई कुरा हुन । यी दुई कुरालाई सन्तुलनमा राख्न सकियो भने मात्रै मान्छे मान्छे रहन्छ 🙏💕
Ram Kumar Shrestha retweeted
सांसद सोबिता गौतम @sobita465 Young World Politician of the Year Award 2023 प्राप्त गर्ने विस्वका ५ मा पर्नु भएकोमा हार्दिक बधाई 🇳🇵🌹 यो अवार्ड पाउनेमा World Economic Forum को 2022 Top 100 Most Influential People of African Descent मा पर्ने क्यानडाकी सांसद Arielle Kayabaga पनि छिन
Ram Kumar Shrestha retweeted
चाकडी मानसिकता पराधिनताको द्योतक हो । जताततै चाकडी गर्नेको लर्को लागेको देखेर "स्वाभिमानी नेपाली" शब्दावली सबैभन्दा ठुलो ब्यंग्य बने जस्तो लाग्छ ।🙏💕🙏
Ram Kumar Shrestha retweeted
चेतनाभन्दा उत्तेजना, बिबेकभन्दा आबेगमा रमाउने र त्यस्कै लहै लहैमा लाग्नेको भीड अत्यन्तै ठूलो छ । सत्य कुरा जति भने पनि बेवास्ता गर्ने र नपत्याउने, तर झुटो कुरो छिसिक्क भयो कि त पत्याइहाल्ने समाज छ । यो पनि हो हामीलाई अगाडि बढ्न नदिने एउटा प्रमुख कारणमध्येकै एउटा कारण ।
Ram Kumar Shrestha retweeted
मानिसलाई सास फेर्न पनि जान्दैन भन्दा हास्नेछन, तर यो सत्य हो । इच्छाशक्ति कम र मानसिक समस्या बढी हुनेले स्वास लामो समय रोक्न सक्तैन । बाहिर १५ सेकेण्ड र भित्र ३० सेकेन्ड स्वास रोक्न नसक्नुको अर्थ इच्छाशक्ति अत्यन्तै कम र मानसिक समस्या अत्यन्तै बढी छ भन्ने सन्देश हो । 💞🙏💞
Ram Kumar Shrestha retweeted
#RealHero जहाज दुर्घटनाको समयमा १४-१५ जना नजिकै भएर पनि लाइभ गरेर भाईरल हुन ब्यस्त हुँदा विकास बस्याल भने खाली खुट्टा नै उद्धार गर्न पुगे र ७ जनाको शरीर निकाले । तीमध्ये २ जनाको शरीरमा साँस बाँकी नै थियो । उन्ले डिलबाट ज्युँदै निकाले । अरुलाई पनि निकाल्न आउन बोलाउँदा कोही गएनन
Ram Kumar Shrestha retweeted
सन १९४२ मा जर्मन सेनाले वेलायतमा हमला गर्दा वेलायतले ठूलो क्षति ब्यहोर्नु परेको बेला जुद्ध सम्शेरले वेलायतलाई २५,००० पौण्ड आर्थिक सहयोग गरेका थिए । भारतको बंगालमा १९४४ मा भोकमरी लाग्दा ८८ र ४५ हजार टन गरी कुल १३३ हजार टन धान भारतले नेपालबाट आयात गरेको थियो #RichNepal #PoorNepal
Ram Kumar Shrestha retweeted
चोरी कविता ४:
बाउले नपढेर दु:ख पाए
मैले पढेर दु:ख पाएँ
बाउ गाउँमा हलो जोतिरा'छन
म शहरमा टाउको जोतिरा'छु
बाउसंग गरेर खान संसार छ
भोकभोकै मर्न तयार मसंग अहंकार छ
बाउले नपढेर दु:ख पाए
मैले पढेर दु:ख पाएँ ।
लेखक पता लगाउने जिम्मा तपाईंंको । 💞🙏💞
Ram Kumar Shrestha retweeted
आज हामीले जे भोगिराखेका छौं हर्क गुरुङले भनेको यही नहुनुको परिणाम हो - तुइन काटिदिनु, नेपालभित्रै हतियार सहित भारती नेपालभित्र देखिनु, आदि आदि ।













