Pinned Tweet
०८४ मा एउटा बिद्रोहको भुकम्प ल्याउनै पर्छ कि यी पुराना भ्रष्टहरुलाइ पाखा लगाउनु पर्छ कि जनताले यिनिहरु सङ्गै सति जानुपर्छ !एउटा बिकल्प चुज गर्नैपर्छ!
GEN Z revolution in Nepal retweeted
अख्तियारमा परेको उजुरीमा अनुसन्धान हुँदा आचार्य खोटाङमा गाविस सचिव भई २०५४ माघ २ गते सुरु नियुक्ति पाएयता २०८० मंसिर २१ सम्मको अवधिलाई अनुसन्धानको जाँच अवधि कायम गर्दा भ्रष्टाचार पुष्टि भएको दाबी अदालतसमक्ष लिइएको छ ।
baahrakhari.com/detail/50640…
GEN Z revolution in Nepal retweeted
देशमा बढ्दो भूराजनीतिक चलखेलको पृष्ठभूमिमा सत्ताधारी र प्रतिपक्षी दलहरूभित्रै चर्कदो अन्तरसंघर्ष, राज्यका प्रमुख अंगहरू न्यायालय/प्रशासन/प्रहरी लगायतमा अस्तव्यस्तता,अर्थतन्त्रको निरन्तर ओरालो यात्रा, थपिंदो प्राकृतिक प्रकोपको भार, युवाहरूको निरन्तर विदेश पलायन, सार्वजनिक संचारक्षेत्र र नागरिक वृत्तमा चुलिंदो निराशा, आदिले देश ठुलो संकटतिर उन्मुख भैरहेको संकेत गर्छ!
अब कुनै पनि बहानामा देशले अस्थीरता र उथलपुथल थेग्न सक्दैसक्दैन!
सबै आआफ्नो क्षेत्रबाट गम्भीर बनौं!
सक्छौं, सकारात्मक योगदान गरौं! सक्दैनौं, नकारात्मक काम नगरौं!
GEN Z revolution in Nepal retweeted
नेपालमा यस वर्षकै सबैभन्दा लामो झरी—सम्भवतः पछिल्ला धेरै वर्षयताकै लामो—आज रातभर र भोलि पनि जारी रहने देखिन्छ। लुम्बिनी र गण्डकीका धेरै ठाउँमा भारी तथा केही ठाउँमा अति भारी वर्षा भइरहेको छ। यसको संकेत पूर्वानुमानले १०–१२ दिनअघि नै दिएको थियो। सतर्क र सुरक्षित रहौँ। 🙏
GEN Z revolution in Nepal retweeted
विशेष मौसमी बुलेटिन: मनसुन सम्बन्धी बुलेटिन - ३ (Special Weather Bulletin for Monsoon – 3) जारी मिति: २०८३/०६/०६ गते मगंलबार, साझँ ६:०० बजे)
@MOFENepal
@NDRRMA_Nepal
GEN Z revolution in Nepal retweeted
BJP National President Shri @NitinNabin welcomes a delegation of Rastriya Swatantra Party (RSP), Nepal led by RSP Chairman Shri Ravi Lamichhane at BJP headquarters in New Delhi.
Watch ⏬
GEN Z revolution in Nepal retweeted
A pleasure to meet Nepal's Rastriya Swatantra Party Chairperson Rabi Lamichhane and his delegation today in Delhi.
Our discussions focused on the 🇮🇳🇳🇵development partnership and people-to-people ties. These have a crucial role in promoting growth and prosperity.
@hamrorabi @party_swatantra
सुझाव : धेरै पद आफै सङ्ग नराख्नु जिम्मेवारी धेरै हुदा कार्यसम्पादन गुणस्तरीय हुदैन । तपाइले राम्रो सङ्ग समय दिन सक्नुहुन्न । बिभागिय मन्त्री तोकि हाल्नुस रास्वपामा एक से एक नेता सान्सद छदैछन
@ShahBalen
GEN Z revolution in Nepal retweeted
संसद्मा तोडफोड गरे तोडफोडमा संलग्न सांसदबाटै क्षतिपूर्ति भराइने भएको छ ।
#onlinekhabar
onlinekhabar.com/2026/04/191…
GEN Z revolution in Nepal retweeted
देशद्रो’हको उदाहरणः-
अध्ययन बिदामा गएका करिब ३ सय ९८ प्राध्यापकहरु मध्यः
- १ सय ९१ जना नफर्किएका ।
- २ सय ७ जनाले अध्ययन नै पूरा नगरेका ।
- जसका कारण झण्डै २ अर्ब रुपैयाँ बराबरको क्ष’ति ।
अहिले प्रधानमन्त्रीले चासो देखाएसॅंगै २० जनाबाट करिब ६ करोड रुपैयाँ फिर्ता । ५० भन्दा बढी रकम फिर्ता गर्ने प्रक्रियामा । नबुझाउनेलाई कानुनी कारबाही गर्ने तयारी ।
GEN Z revolution in Nepal retweeted
टिप्पणी–
एमालेले वर्षौंदेखि जुन वर्गको मुक्तिका लागि राजनीति गरेको हो भन्छ, त्यही वर्गको प्रतिनिधित्व गर्ने व्यक्ति थिइन्- रुबीकुमारी ठाकुर । उपसभामुख जस्तो संसद्को सन्तुलित भूमिकाको पदमा निर्वाचित हुँदै गर्दा एमाले उनको पक्षमा उभिन हिच्किचायो । समावेशी, उदार र नयाँ पुस्ताप्रति संवेदनशील दल हो भन्ने सन्देश दिन चुक्यो ।
#onlinekhabar #UML
onlinekhabar.com/2026/04/190…
GEN Z revolution in Nepal retweeted
फेवाताल किनारको (अतिक्रमित) २० रोपनी जग्गा दान दिने त्यागी गृहमन्त्री सुदन गुरुङलाई “महान दानबिर” घोषणा गरेर राष्ट्रिय सम्मान गरियोस्।🙏
GEN Z revolution in Nepal retweeted
दुई दिनमा ३३ ‘गुण्डा’ हिरासतमा, मनाङे छुटेपछि सल्बलाएको प्रहरीको निष्कर्ष ratopati.com/story/555060/33…
GEN Z revolution in Nepal retweeted
अर्थमन्त्री @SwarnimWagle जी,
अर्थतन्त्र सुधारका धेरै पक्ष छन्, तर अहिलेका लागि डिजिटल कारोबारमा लाग्ने समान सेवा शुल्क तुरुन्त सच्याउन जरुरी छ।
२० रुपैयाँ पठाउँदा पनि ८ रुपैयाँ, दुई लाख पठाउँदा पनि उही ८ रुपैयाँ, यो व्यवस्था न्यायोचित देखिँदैन। यसले साना कारोबार गर्ने सर्वसाधारणलाई अनावश्यक भार पारेको छ।
त्यसैले, निश्चित सानो रकमसम्म सेवा शुल्क नलिने र त्यसपछि मात्र शुल्क लागू गर्ने व्यवस्था गर्नुपर्छ।
साना सुधारले नै ठूलो सहजता दिन्छ। कृपया यो नियम पुनर्विचार गरियोस्।
GEN Z revolution in Nepal retweeted
बाबुराम भन्छन्, सातामा दुई दिन बिदा स्थायी रूपमै लागू गरौँ thahakhabar.com/detail/29836…
GEN Z revolution in Nepal retweeted
केही बेर अगाडि देखि मिडियाहरुमा आएको समाचार भ्रामक हुन यसमा कुनै सत्यता छैन । म सांसद कै रुपमा देश र जनता प्रती ईमानदारीपुर्ण रुपमा सेवा गर्नेछु। पार्टी र सरकार सङ को सहकार्यमा सम्पुर्ण नेपाली जनताको पक्षमा काम गर्नेछु।
GEN Z revolution in Nepal retweeted
हालैको आमनिर्वाचनमा अत्यधिक जनमत प्राप्त गरेको रास्वपालाई सवैले आशा, ईर्ष्या र सतर्कतापूर्वक हेर्नु स्वाभाविक छ।यस सन्दर्भमा पार्टी सभापति रवि लामिछानेद्वारा नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण गर्ने क्रममा व्यक्त विचार निकै सकारात्मक छन्।
पहिलो, फलेको हाँगो निहुरिन्छ र निहुरिनुपर्छ भन्ने हाम्रो लोकोक्ति राम्रोसंग झल्केको छ। त्यो कायम रहोस्।
दोश्रो, रास्वपाले पाएको यो प्रचण्ड अभिमत कुनै एउटा पार्टी वा व्यक्तिलाई प्राप्त मत भन्दा समग्र नेपाली राजनीतिको पुनर्संरचना र पुस्तान्तरणको सन्देश हो भन्ने सोंच वस्तुपरक छ । त्यसनिम्ति पुराना दल र नेताप्रति प्रतिक्रियात्मक बन्नु भन्दा उनीहरूले ऐतिहासिक रूपमा निर्वाह गरेको भूमिकाको सम्मान गर्दै र प्राप्त उपलब्धीको रक्षा गर्दै देशको नयाँ भविष्य निर्माण गर्नुपर्छ भन्ने कुरा ज्यादै अर्थपूर्ण छ।
हार्दिक शुभकामना!

























